बिहीबार, वैशाख १३, २०८१

बाइडेनको विजयमा उत्साही नेपाली समुदाय

तारा बराल / अमेरिका२०७७ कार्तिक २२ गते २२:०३

नोभेम्बर ३ बिहान, चीया पिउँदै गर्दा विटुले भनिन् “बाबा मैले त सपनामा निलो फ्रक लगाएर नाचेको देखेँ । बाइडनले चुनाव जित्ने भए ” । सपना साँचो हुन्छ भन्ने मलाई त्यति विश्वास लाग्दैन । तर उनले त्यसो भनिरहँदा मेरो अन्तरमन खुशी भयो । मेरो चाहना पनि योपाली जो बाइडेनले चुनाव जितुन् र ट्रम्पजस्तो अहंकारी र गैरजिम्मेवार नेतॢत्वबाट अमेरिकाले मुक्ति पाओस् भन्ने थियो । मजस्तै हजारौं नेपाली र करोडौं अन्य आप्रवासीले चाहेको त्यहि थियो । र भयो पनि त्यही ।

डेमोक्रेटिक पार्टीका जो बाइडेन विश्वको शक्तिशाली प्रजातान्त्रिका मुलुक अमेरिकाको ४६औं राष्ट्रपतिमा विजयी भए । डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकालमा विश्वसामु अमेरिकी वैभव खस्कियो भने आन्तरिक व्यवस्थापन लथालिंग देखियो । जाति र रंगभेदी दम्भमा रमाउने उनको स्वभावले अमेरिकी समाजलाई द्वेश र घॢणामा विभाजित गर्दै थियो । आप्रवासीलाई “सिटहोल” मुलुकबाट अमेरिकी जनताको भाग खोस्न आएका भनेर आरोपित मात्र गरेनन्, डिभी परेर आउनेलाई “ट्र्यासक्यान” भन्न पनि उनलाई अप्ठ्यारो लागेन । जबकि अमेरिकी विकास र सम्बॢध्दिमा विश्वभरिबाट यहाँ आएर बसेका करोडौं आप्रवासीको योगदान छ । त्यसैले पनि अमेरिकालाई आप्रवासीको मुलुक भनिएको हो ।

डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकालमा विश्वसामु अमेरिकी वैभव खस्कियो भने आन्तरिक व्यवस्थापन लथालिंग देखियो । जाति र रंगभेदी दम्भमा रमाउने उनको स्वभावले अमेरिकी समाजलाई द्वेश र घॢणामा विभाजित गर्दै थियो ।

कोरोना महामारीमा ट्रम्प प्रशासनको व्यवस्थापन पूरै असफल भयो । विज्ञान नमान्ने उनको हठ, आफू बाहेक अरुलाई नगन्ने उनको दम्भकै कारण कोरोनाले अमेरिकी वैभवलाई निरीह बनायो । अमेरिकी राष्ट्रपतिमा हुनुपर्ने बौध्दिकता र शालीन व्यक्तित्व ट्रम्पमा देखिएन । बरु रियलस्टेट कारोवारीको चरित्र र स्वभावले उनलाई अराजनीतिक नेता बनायो । ट्रम्पको स्वेत सर्वोच्चवादी सोच र शैलीकै कारण संयुक्तराज्य अमेरिका विभाजित अमेरिका बन्ने बाटोमा छ । यस्तो खतराको संकेत सामुन्ने भएपछि अमेरिकी जनमत आम सहमति र एकताको मार्गचित्रमा मुलुकलाई नेतॢत्व दिनसक्ने राष्ट्रपतिको खोजिमा थियो । त्यहि खोजीको परिणाम जो बाइडेनको सफलता हो ।

यसपालीको चुनावमा यहाँ नेपाली समुदायको उत्साहप्रद सहभागिता देखियो । यध्यपि ट्रम्प प्रवॢत्तिका केही मसिना छिटाहरु समुदायलाई विभाजन गर्ने कसरतमा देखिएपनि चुनावपछि त्यस्तो प्रवॢत्ति सेलाएर जाला भन्ने विश्वास छ ।

मेरिकाको राष्ट्रपतीय चुनाव प्रक्रियाको प्रारम्भिक चरणदेखि नै नेपालीहरु सक्रिय थिए । “नेप्लिज अमेरिकन फर बाइडेन” चुनावी समूह नै गठन गरेर ठूलो संख्यामा नेपालीहरु प्रचार अभियानमा जुटेको देखियो भने ट्रम्प समर्थनमा पनि नेपालीहरुको सक्रियता थियो । अमेरिकी मूलधारको राजनीतिमा नेपालीहरुको सक्रिय सहभागिता भने मेरो सत्र वर्षको अमेरिका बसाइमा पहिलो पटक यसपाली देखेँ । मैले यस्तो सहभागितालाई सर्वाधिक उल्लेख्य ठान्दछु ।

अहिले राष्ट्रपतिमा जितेका जो बाइडेन शालीन र एकताको पक्षपाती मानिन्छन् । ट्रम्पजस्तो अभद्र र असहिष्णु छैनन् । ३६ वर्ष सिनेटर र आठ वर्ष उपराष्ट्रपति भएर खारिएको राजनीतिक अनुभव बाइडेनसँग छ । अमेरिकी इतिहासमा पहिलोपल्ट सशक्त महिला उपराष्ट्रपति कमला ह्यारिसको साथ छ ।

यसपालीको चुनावमा यहाँ नेपाली समुदायको उत्साहप्रद सहभागिता देखियो । यध्यपि ट्रम्प प्रवॢत्तिका केही मसिना छिटाहरु समुदायलाई विभाजन गर्ने कसरतमा देखिएपनि चुनावपछि त्यस्तो प्रवॢत्ति सेलाएर जाला भन्ने विश्वास छ ।

यस अर्थमा उनको कार्यकाल अपेक्षाकॢत सफल होला भन्ने अनुमान गर्न सकिन्छ । तर चुनौतिका पहाडहरू निक्कै अग्ला छन् । ट्रम्पले भत्काएका संस्थागत मूल्यमान्यता पुनःनिर्माण गर्नुपर्नेछ । कोरोना महामारीले भत्काएको अमेरिकी वैभवलाई पुनर्स्थापित गर्नुपर्नेछ ।

एउटा कुरा चाहिँ पक्का छ – बाइडेन कार्यकाल ट्रम्पकोजस्तो अराजक, अबैज्ञानिक र गतिछाडा हुनेछैन । मूलत: यहाँका नेपाली र आम अमेरिकी समाजले अपेक्षा गरेको पनि त्यहि हो । बाइडेन आउँदैमा यहाँका नेपालीलाई विशेष चिट्ठा हात लाग्ने हैन । तर कम्तिमा पनि आप्रवासी हुनुको पीडामा मल्हम लाग्नेछ । टिपीएस र ग्रीनकार्डको लडाइ सजिलो हुनेछ । अब सिटहोल र ट्र्यासक्यानजस्तो गाली सुन्नु पर्नेछैन । विगत चारवर्षमा धर्मराएको आत्मसम्मान केही बलियो हुनेछ । तर यहाँका नेपालीहरुले पनि हिजोको चुनावी तिक्तता बिर्सेर आफ्नू समुदायलाई सुसंस्कृत र एकताबध्द बनाउन जरुरी छ ।

तपाइँको प्रतिक्रिया