बुधबार, वैशाख १२, २०८१

पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई निलम्बित : आर्थिक हिनामिना र पार्टी पत्रकार बनेको गम्भिर आरोप

नेपालप्लस२०७७ कार्तिक २४ गते ८:०१

केजिन राई

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राइलाई शनिवार महासंघले निलम्बन गरेको छ । उनले शाखाको विधिविधान बिरुद्द काम गरेको र राजनितिक पार्टीको भात्रि संगठनको नेत्रित्व गरेको लगायतका आरोपमा महासंघले निलबन गरेको हो । शनीवार बसेको नेपाल पत्रकार महासंघ युरोप शाखाको बैठकमा बहुमत सदस्यले हस्ताक्षर गर्दै उनलाई निलम्बन गरिएको हो ।

महासंघको युरोप शाखाका तर्फबाट महासचिव योगेन्द्र मिलन छन्त्याल र वरिष्ठ उपाध्यक्ष दिल्लीराम अम्माईले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीका अनुसार संस्थाको नितिनियम र बिधानलाई कुल्चँदै संस्थाको साझा भावना, अस्तित्व र समूदायप्रतिको सामुहिक विस्वासमा समेत आघात पुग्नेगरि राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठन युरोप शाखाको अध्यक्षमा चयन भएपछि संस्थानै विवादमा फसाएका कारण निलम्बन गरिएको हो । पत्रकार महासंघको गत महाधिवेशनबाट निर्वाचित समितिका पदाधिकारी र सदस्यको प्रस्तावमा राईलाई निलम्बन गरिएको बिज्ञप्तीमा उल्लेख छ । यसलाई अनुमोदन गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय समितिलाई सिफारिस गरिएकोपनि बिज्ञप्तीमा उल्लेख छ ।

  निलम्बन गरिएको सिफारिस

राजनितिक संगठनका महासचिव वा सो सरहका ब्यक्तिहरुसमेत महासंघको सिफारिस बिना आफू खुशि शाखामा ल्याउने गरेको आरोपसमेत राईमाथि लागेको छ । बिवादास्पद निर्णय गर्ने, सदस्यताको आव्हान नगरि अबैधानिक तरिकाबाट सदस्य बनाई कार्यसमितिको पदाधिकारीमा ल्याउने, महासंघको सदस्य बनाउँदा न्युनतम योग्यता हुनुपर्ने बैधानिक ब्यवस्थालाई लत्याएको, विवादास्पद र संगठनको गरिमालाई ख्याल गर्न नसक्ने ब्यक्तिहरुबाट बारम्बार स्मारिका वा केन्द्रिय कोषको नाममा चन्दा उठाएका आरोपबारे चित्तबुझ्दो जवाफ नदिएको हुँदा यस विषयमा केन्द्रको ध्यानाकर्षण गराइसकिएको बिज्ञप्तीमा जनाइएको छ ।

पत्रकार महासंघ युरोप शाखामा विधान र प्रक्रिया बिपरित अधिकांश नेकपा निकट प्रवाशी नेपाली एकता मञ्चका पदाधिकारीसमेत युरोप शाखा र प्रेस संगठनमा बस्नुले संस्थाको साझा चरित्र पुरै गुम्ने अवस्था आएकोले धेरै पटक चेतावनी दिएपछि निलम्बन गर्नुपरेको बिज्ञप्तीमा स्पष्ठ पारिएको छ ।

पटक पटक शाखाको बैठक बोलाउन माग गर्दापनि डेढ वर्षमा एकपटक मात्रै बोलाएर मनपरि गरेको आरोपपनि उनीमाथि लागेको छ ।

राईमाथि संगठनको बैधानिक प्रक्रियालाई सम्मान गर्दै तुरुन्त अधिवेशनको मिति तोकियोस भन्ने समितिको मागलाई समेत बेवास्ता गरेको आरोप छ । उनको निलम्बनपछि शाखाका वरिष्ठ उपाध्यक्ष दिल्ली अम्माईलाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको बिज्ञप्तीमार्फत जनाइएको छ ।

निलम्बन गरिएको पत्रमा शाखाका तर्फबाट ककसले हस्ताक्षर गरे भन्ने उल्लेख नभएपनि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको स्रोतले नेपालप्लसलाई दिएको जानकारि अनुसार शाखाका वरिष्ठ उपाध्यक्ष दिल्ली अम्माइ, महासचिव योगेन्द्रमिलन छन्त्याल, सल्लाहकार ओम शर्मा, सचिव पेम्बागेलु शेर्पा, सदस्य निलम घिमिरे, गणेश पाण्डे, भोला लामिछाने, विष्णु पौडेल, शेर बहादुर छन्त्याललगायतले हस्ताक्षर गरेका छन् ।

नाम फेरेर पार्टी पत्रकार

नाम बदलेर खिमसुहॉग चाम्लिंग बनेका केजिन राई

यता नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्ष हुँदा हुँदै केजिन राईले आफ्नै नाम फेरेर नेकपा पार्टी सार्थित पत्रकारको अध्यक्ष हुन पुगेको तथ्यसमेत खुलेको छ । राइले गत साता गठित नेकपा समर्थित प्रेस संगठन नेपालको युरोप शाखा गठन गर्दै आफैं अध्यक्ष बनेको घोषणा गरेका थिए । सोहि बेला नेपाल पत्रकार महासंघ युरोपको अध्यक्ष हुँदाहुँदै राजनितिक पार्टीको पत्रकार नामको संस्थामा किन अध्यक्ष बन्न पुगेका होलान् भन्ने सर्वत्र चर्चा भएको थियो । अध्यक्षका रुपमा आफैंले पहिले केजिन राई लेखेर न्युज पठाएका थिए ।

त्यसको केहिबेरपछि केजिन राईले आफ्नै नाम बदलेर अध्यक्ष खिमसुहॉग चाम्लिंग राखेका थिए ।  समाचारको शिर्षकमा केजिन राई हुनु र लिंक क्लिक गर्दा भित्र खिमसुहॉग चाम्लिंग हुनुले पुष्टि गर्छ । आफ्नो सर्वत्र बिरोध भएको देखेपछि अनलाईनमा प्रकाशित आफ्नो नाम केजिन राई हटाएर खिमसुहॉग चाम्लिंग राखिदिन केहि अनलाईन सन्चालकहरुलाई फोन गरेर उनले दबाब दिएपछि सच्याइएको थियो ।

केहि महिना अघि पत्रकारहरुको अन्य संस्थामा आबद्द हुन गएका पत्रकार महासंघ युरोप शाखाका केहि सदस्यलाई ‘किन अर्को संस्थामा गइस ? उता जाने भए युरोप शाखामा बस्न पाइन्न’ भन्दै उनले कारवाहि गरेको सूचना एकतर्फिरुपमा राईले जारि गरेका थिए । तर पत्रकारकै संस्थामा बस्दा त्यसरि कारवाहि गर्ने हो भने अहिले युरोप शाखाको अध्यक्षनै पार्टी समर्थित संस्थाको अध्यक्ष बन्न किन गएको भन्ने प्रश्न उनी नेकपा समर्थित प्रेस संगठन नेपालको युरोप शाखा अध्यक्ष भएदेखिनै बिरोध भैरहेको थियो ।

त्यसो त, अध्यक्ष भएदेखिनै केजिन राईले राजनितिक पार्टीका सदस्यहरुलाई पत्रकार महासंघ युरोप शाखामा भर्ति गर्ने र आफ्नो पक्षमा बहुमत पुर्‍याएर राजनितिक स्वार्थले शाखा मनपरि चलाउँदै आएको आरोप लाग्दै आएको थियो । आफूलाई मन नपर्ने पत्रकारहरुका बिरुद्द सार्वजनिक रुपमा प्रस्तुत हुने, अनलाईन कार्यक्रम चलाएर पत्रकारहरुकै उछित्तो खन्ने र उल्टो पत्रकारहरुलाइनै सताउने गर्दै आएको गुनासो गरिँदै आएको थियो । एन आर एन ए युरोपको गत महिना सम्पन्न युरोपेली अनलाईन भेलाका क्रममापनि उनले बखेडा झिकेका थिए । त्यहाँ आफूखुशि निर्णय गराउन नपाएपछि पहिले भेला बहिस्कार भन्दै हिँडेका उनी पछि फेरि भेलामा सहभागि भएका थिए ।

तपाइँको प्रतिक्रिया