बिहीबार, वैशाख १३, २०८१

फ्रान्समा कोरोना संक्रमित बढेको बढ्यै, एकै दिन ६० हजार बढि

नेपाल प्लस२०७७ कार्तिक २३ गते ११:०३

फ्रान्समा कोरोना संक्रमितको संख्या पछिल्लो समयमा बढिरहेको छ । एकै दिन ६० हजार नाघेको छ ।

शुक्रवार फ्रान्समा एकै दिन ६० हजार चार सय ८६ पुगेको छ । विहिवार ५८ हजार ४५ जना थिए । फ्रान्समा कोरोना भाईरसको परिक्षणलाई तिब्र पारेकालेपनि कोरोनाका संक्रमितको संख्या उच्च देखिन थालेको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामै कोरोना संक्रमणले गर्दा ३९८ जनाले अस्पत्तालमा ज्यान गुमाएका छन् । त्यस्तै ४३० जनाले विद्दाश्रमा ज्यान गुमाउनुपरेको छ । विहिवारपनि अस्पताला ३६३ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।

साता अघि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या प्रतिदिन ४० भएकोमा पछिल्लो साता बढेर ४७१ पुगेको छ ।

तपाइँको प्रतिक्रिया