मंगलबार, वैशाख ४, २०८१

अमेरिकी र जर्मन संयुक्त कोरोना खोप : प्राविधिक अप्ठेरा, ट्रम्प र वाईडेनद्वारा स्वागत, शेयरबजारमा बृद्दी

नेपालप्लस न्युज डेस्क२०७७ कार्तिक २४ गते १९:४०

कोरोना भाईरस विरुद्धको खोप बनाउन अमेरिकी कम्पनी पिफाईजर र जर्मन कम्पनी वायोएनटेक सफल भएको दाबी गरेलगत्तै त्यसका विभिन्न प्रभावहरु देखा परेका छन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त खोप कोरोना संक्रमितहरुमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको उनीहरुले दाबी गरेपछि विश्वभरिनै यसको प्रभाव देखापरेको हो । खोप सफल रहेको समाचार बाहिरिए लगत्तै युरोप र अमेरिकामा शेयर बजारमा ब्रिद्दि भएको छ । खोपलाई अमेरिकी नवनिर्वाचित राष्ट्रपती जे वाईडेन र राष्ट्रपती डोनाल्ड ट्रम्प स्वागत गरेका छन् ।

यो खोपको परिक्षणपछि ९० प्रतिशतसम्म सफल भएको दाबी निर्माण कम्पनीको छ । उनीहरुले तेस्रो चरणको परिक्षणपछि ९० प्रतिशत सफल रहेको दाबी गरेका हुन् ।

तर जर्मनीको बर्लिनस्थित सारिटे मेडिकल विश्वविध्यालय अस्पतालमा कार्यरत डा. सरोज चुडालले नेपालप्लसलाई जानकारि दिएअनुसार यो खोपका केहि लज्स्टिक समस्या छन् । “यो खोपलाई ८० डिग्रीमा वसारपसार गर्नुपर्ने हुनाले यसका प्राविधिक चुनौति छन्” चुडालले नेपालप्लससित भने ।

कम्पनीहरुको दाबी अनुसार कोरोना भाईरस बिरुद्दको खोप ठूलो संख्यामा परिक्षण गरेर बाहिर ल्याएको यो नै पहिलो खोप हो ।

यसको प्रभाव कम्तिमा एक वर्षसम्म रहने पनि कम्पनीले दाबि गरेको छ । वायोएनटेक कम्पनीका प्रमुख कार्यकारी निर्देशक उगर सहिनले भनेका छन् “हामी के कुरामा बढि आशावादी हुन सक्छौं भने यसले एक वर्षसम्म रोग प्रतिरोधात्मक क्षमता कायम राख्ने छ ।”

आकस्मिक सेवाका रुपमा प्रयोगकोलागि सिफारिस गर्नु अघि अधिकांश परिक्षणकर्ताको क्षमताको प्रमाण, सुरक्षा डेटा र नियमित उत्पादन यि तिन प्रमुख आवस्यकताहरु महत्वपूर्ण भएको पिफाइजर इन्क कम्पनीले आफ्नो ट्विटरमा उल्लेख गरेको छ । कम्पनीका अनुसार यो खोप यहि वर्षको अन्त्य वा नयाँ वर्षको शुरुमै उपलब्ध हुने छ ।

वाइडेन र ट्रम्पद्वारा खोपको स्वागत

अमेरिकी कम्पनी पिफाइजर र जर्मनीको वायोएनटेकले संयुक्त रुपमा निकालेको खोपको हालै राष्ट्रपती पदमा बिजयी जो वाईडेन र राष्ट्रपती डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् । वाईडेनले खोप परिक्षणको स्वागत गर्दै यो खोप उपलब्ध हुन महिनौं लाग्न सक्ने भएकोले आफ्ना नागरिकहरुलाई मास्क नियमित लगाइरहन र सामाजिक दूरी कायम राख्नपनि आव्हान गरेका छन् । त्यस्तै राष्ट्रपती डोनाल्ड ट्रम्पले खोपको प्रशंसा गर्दै आफ्नो ट्विटरमा “कति महान समाचार” भन्दै उल्लेख गरेका छन् ।

अमेरिकी र जर्मन कम्पनीको खोप बजारमा आएको समाचार बाहिरिने बित्तिकै युरोपेली र अमेरिकी शेयर बजारमासमेत प्रभाव परेको छ । युरोपी शेयरबजारमा छ प्रतिशत र अमेरिकी शेयर बजारमा त झन १८ प्रतिशतले ब्रिद्दि भएको छ ।

तपाइँको प्रतिक्रिया