शनिबार, वैशाख ८, २०८१

व्हाईट हाउसका दुई वरिष्ठ अधिकारीमा कोरोना संक्रमण

नेपालप्लस२०७७ कार्तिक २५ गते १५:२६

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रपका दुई वरिष्ठ अधिकारीमा कोरोना संक्रमण भएको छ । ति दुबैले अमेरिकी राष्ट्रपतीय निर्वाचनका दिन व्हाईट हाउसमै बिताएका थिए । आवाश तथा शहरी विकास मन्त्री बेन कार्सोन दुई मध्ये एक हुन् जसमा कोरोना संक्रमित भएको छ ।

कार्सोनका कर्मचारी सहायक प्रमुख कोआल्टर वाकेरले एन पि आर पब्लिक रेडियोसित कुराकानी गर्दै पुष्टि गरेको कोरोना भाईरस इन स्विस डट सिचले आजै मध्यान्ह सार्वजनिक गरेको हो । “उनको स्वास्थ्य राम्रो छ र हाल उनले थेरापी गरिरहेका छन्। थेरापीले उनको स्वास्थ्य सुधार्न काम गरिरहेको छ” रेडियोलाई उल्लेख गर्दै बाकेरको भनाई सार्वजनिक भएको हो ।

समाचारमा जनाइए अनुसार ६९ वर्षिय बेन कार्सनको हाल वासिङटनस्थित वाल्टर रिड सैनिक अस्पतालमा उपचार भरहेको छ ।

राष्ट्रपती ट्रम्पका अर्का सहयोगि ५५ वर्षिय डेभिड बोसीपनि कोरोना संक्रमित भएका छन् । उनीपनि राष्ट्रपतीय निर्वाचनको रात व्हाईट हाउसमै थिए । उनी हाल आफ्नै घरमा आइसोलेनमा बसेको उल्लेख छ । बोसी तिनै ब्यक्ति हुन् जसले गत साता अमेरिकी राष्ट्रपती निर्वाचनमा मतहरु धाँधली गरेको भन्दै ट्रम्पका पक्षमा अमेरिकी केहि प्रान्तमा कानुनी बाटोको नेत्रित्व गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक