बिहीबार, चैत १५, २०८०

आप्रवाशी मूलका एक दम्पती जसले कोरोनाबिरुद्दको जर्मन-अमेरिकी खोप बनाए

नेपालप्लस न्युज डेस्क२०७७ कार्तिक २५ गते १९:११

कोरोना भाईरस विरुद्धको खोप बनाउन अमेरिकी कम्पनी पिफाईजर र जर्मन कम्पनी वायोएनटेक सफल भएको खबर विश्वभरि फैलियो । तर साँच्चै यो खोप कसले बनायो ? यो खोप बनाउन पर्दा पछाडी बसेर प्रमुख खेल खेल्ने को हो भन्ने सार्वजनिक भएन । पस्चिमी मुलुकहरुमा अझैपनि आप्रवाशीहरु समाजका महत्वपूर्ण ओहदा, ठाउँ र काममा पुग्नसकेका छैनन् भन्ने गरिन्छ । कतिपय देशमा तिनलाई हेर्ने द्रिष्टिकोणपनि पछौटे छ । तर संचार जगतमा विश्व हल्लाउने यो खोपको अनुसन्धान गर्ने एक आप्रवाशी दम्पती हुन् भन्ने हेक्का धेरैलाई छैन । हो, जर्मनीको वायोएनटेक कम्पनीमा बसेर यो खोप बनाउने दम्पत्ती ५५ वर्षिय युगुर सहिन र उनकि पत्नी ५३ वर्षिया ओेजलेम तुएरेसी हुन् ।

जर्मनीको कोलोनस्थित फोर्ड कारखानामा काम गर्ने टर्की आप्रवासीका छोरा हुन् सहिन । उनका बाबु टर्कीबाट जर्मनी आप्रवाशीका रुपमा भित्रिएका थिए । बाबुको दुख, मेहनत र प्रतिफलबाट सहिन अहिले जर्मनीको बायोएनटेकका प्रमुख कार्यकारी निर्देशक बन्न सफल भएका हुन् । उनले यति प्रगति गरे कि उनी हाल जर्मनीका सय धनाढ्य मध्ये एक पर्छन् । यो खोप घोषणा भएलगत्तै उनको भजार भाउ बढेको बढ्यै छ । उनकी श्रीमती ओजलेम त्यहि कम्पनीको बोर्ड सदस्य छन् । सहिन पत्नी ओजलेम टर्किस फिजिसियनकि छोरी हुन् । उनीपनि आफ्ना बाबुसित जर्मनी आएकि थिईन् । जर्मनीको वेल्ट अम सोनटागले यि दम्पतीको सफलता र यो खोपको सफलताबारे प्रकाशित गरिदिएको छ ।

बायोटेक र अमेरिकी पार्टनर पिफाइजर इंकको कोविड्-१९ खोप सम्बन्धी सकारात्मक तथ्यांकले बताउँछ, जर्मन बायोटेक फर्मको पछाडि यो विवाहित जोडी नभएको भए संभव हुने थिएन । यसको प्रयोगात्मक खोप एक ठूलो अध्ययनबाट प्रारम्भिक तथ्यांकमा आधारित छ । कोरोनाका भाईरसलाई रोक्न ९० प्रतिशत भन्दा बढी प्रभावकारी रहेको दाबी गरिएको छ । यस्तो खोप ५० प्रतिशतसम्म प्रभावकारि भएपनि बैज्ञानिक जगतमा सफल मानिन्छ ।

बायोएनटेक कम्पनीको बजारमूल्य २१ अर्ब अमेरिकी डलर बराबर छ । ब्यापक रुपमा खोपको चर्चा र माग बढे लगत्तै उनीहरुको नास्दाकमा दर्ता गरिएको बायोएनटेकको बजार भाउ चार अर्ब ६० करोडबाट बढेर आकाशिएको हो ।

आर्थिक र अनुसन्धानका क्षेत्रमा यतिबिघ्न सफलता हात पार्दापनि सहिन अत्यन्त नम्र र असल ब्यक्तित्वका रुपमा प्रस्तुत हुन कहिल्यै नछोचोडेको भनाई बायोएनटेक कम्पनीमा सन् २००८ देखि साझेदार बनेको एमआइजीए जी कपनीका बोर्ड सदस्य माथियास क्रोमायरले बताएका छन् ।

अचम्म लाग्न सक्छ, सहिन ब्यापारिक बैठकहरुमा जिन्सको पेन्ट लगाएर पुग्छन् । टाउकोमा हेल्मेट लगाएर सिग्नेचर साईकल चलाउँदै पुगेका हुन्छन् । ढाडमा उनको सानो भिर्ने झोला (ब्याकप्याक) हुन्छ ।

वाल्यकालमा चिकित्शा अध्ययन गरेर फिजिसियन बन्ने उनको सपना थियो । उनले जर्मनीको कोलोनस्थित् टिचिङ अस्पतालमा काम गरे । अध्ययनकै क्रमा उनले टुयर्सीलाई भेटेका थिए ।

उनीहरु आफ्नो कामा कति प्रतिबद्द थिए भने यि दुईको विहेकै दिनपनि तिनले प्रयोगशालामा काम गर्ने समय छुट्ट्याएका थिए ।

उनीहरु दुबैले क्यान्सर बिरूद्ध लड्ने औषधी बनाउन एक सम्भावित सहयोगीको खोजिमा थिए । प्रतिरक्षा प्रणालीमा सम्मान र प्रत्येक ट्यूमरको अनौंठो आनुवंशिक रचनालाई सम्बोधन गर्ने कोसिस गरे दुबैले ।

सन् २००१ मा क्यान्सरसँग लड्ने एन्टिबडीहरू विकास गर्न गानीमेड फार्मास्यूटिकल्स स्थापना गरेर उनीहरुकोको जिवन उद्यमीहरूको रूपमा सुरु भयो । तर सहिन त्यतिबेला मेन्ज विश्वविद्यालयका प्राध्यापक थिए । प्राध्यापनको सँगै उनले शैक्षिक अनुसन्धान कहिल्यै छोडेनन् ।

उनीहरूले एमआईजीएजी र थोमस एण्ड आन्ड्रियास स्ट्रुएनम्यानबाट रकम प्राप्त गरे जसले सन् २००० मा उनीहरूले जेनेरिक औषधि व्यवसाय गर्ने हेक्साल नोवार्टिससित साझेदारी गरे ।

उनीहरुको साझेदारी कम्पनी सन् २०१६ मा एक अरब ४० करोडमा जापानको आस्टेलास कम्पनीलाई बिक्रि गरियो । त्यसपछि गेनीएडले सन् २००८ मा बायोएनटेक खडागर्‍यो । यसपछि यो संस्था क्यान्सरको इम्योनोथेरापी उपकरणहरु अधिक उत्पादन र खोजमा लाग्यो ।

उनीहरुले विकास गरेको इम्योनोथेरापी उपकरणमा एमआरएनए भनिने कोषहरूमा आनुवंशिक निर्देशनहरू पठाउन एक बहुमुखी सन्देशवाहक पदार्थ समावेश थियो ।

बायोटेकको कथाले नयाँ मोड त्यो बेला लियो जब जनवरीमा सहिन चिनियाँ शहर वुहानमा नयाँ कोरोनाभाइरस प्रकोपको बारेमा वैज्ञानिक कागज लिएर गए । एन्टी क्यान्सर एमआरएनए ड्रग्सबाट एमआरएनए-आधारित भाइरल खोपहरू अति सानो लागेपछि उनलाई झड्का दियो ।

त्यहाँबाट फर्केलगत्तै बायोएनटेकमा करिब ५०० कर्मचारी नियुक्त गरेर तिब्रताकासाथ काम गर्न लगाए । उनले थप मिश्रणहरुको खोजि गरेर मार्चबाट पिफाइजर र चिनियाँ औषधि निर्माता फोसुनलाई मार्चमा साझेदारका रूपमा लिन सफल भए । त्यसपछि उनको बायोएनटेकले अनुसन्धानको क्षेत्रमा ह्वात्तै फड्को मार्न थाल्यो ।

“उनी एकदम भद्र र विनम्र व्यक्ति भएको उनीसित काम गर्नेहरुले बताउने गरेका छन् । आफूले सोचेका संरचनाहरू निर्माण गर्न चाहने ब्यक्ति हुन् सहिन । आफ्नो दर्शनहरू अरुलाई महसुस गर्न दिनेगरि काम लगाउने उनको बानी छ ।

“यो असाधारण सफलता दर हो । तर यो काम कत्ति गाह्रो हुन्छ भन्ने कुरा मलाईनै थाह थिएन ।” सहिनले सोमबार रोयटर्सलाई भने “यो सजिलैसित गम्भीर वैज्ञानिकको रूपमा आफूलाई प्रस्तुत गरेर बोल्नसक्ने चिज होइन । तर यो शुरुदेखि नै सम्भावनाको क्षेत्र हो भन्ने थियो।”

(फोटो-NATIONAL POST)

तपाइँको प्रतिक्रिया

फेसबुक