शनिबार, वैशाख ८, २०८१

फ्रान्समा डाक्टर र नर्सको अभाव : स्वयंसेवा गरिदिन स्वास्थकर्मीलाई आव्हान

नेपाल प्लस२०७७ कार्तिक २५ गते २२:०९

कोरोना भाईरसको दोस्रो तरंग फैलिएसँगै फ्रान्सका सरकारी अस्पतालमा डाक्टर, नर्स, स्वास्थ्य सहयोगि, वृद्दवृद्दाका सुसारेहरुको ब्यापक अभाव खड्किएको छ । अस्पतालमा बढ्दो विरामीको चाप धान्न पुग्ने स्वास्थ्यकर्मी नपुगेपछि फ्रान्सभरिको सरकारी अस्पतालको केन्द्रिय निकाय एपिएचपीले स्वास्थ्य क्षेत्रका अनुभवीलाई स्वयंसेवा गरिदिन आव्हान गरेको हो । पेन्सनमा बसेका, स्वास्थ्य क्षेत्रको ज्ञान भएरपनि अनेक कारणले यो पेशाबाहिर रहेका, स्वास्थ्य क्षेत्रमा अध्ययन गर्दै गरेकाहरुलाई स्वास्थ्य सेवामा फर्केर केहि समयकालागि भएपनि समाजसेवा गरिदिन आव्हान गरेको छ ।

सोचिएको भन्दा धेरै छिटो र कोरोना भाईरसको संक्रमण अझै क्रुररुपमा फैलिएकाले अस्पतालका वार्डहरुमा स्वास्थ्यकर्मीको संकट परेको भन्दै अस्पतालको संजालले यस्तो आव्हान गरेको जनाएको छ ।

कोभिडका बिरामीहरुको चाप बढेपछि थुप्रै अस्पतालले अति आपतकालिन, गम्भिर अवस्थाका विरामीको बाहेक अन्य विरामीको शल्यक्रिया पछि सारेका छन् । यति गर्दापनि बढ्दो विरामीको चापलाई धान्नै नसक्ने भएको एपिएचपीको आधिकारिक वेभ साईटमा उल्लेख छ ।

कोरोना भाइरस लगायत अन्य संक्रमित रोगका बारेमा खासै अनुभव नभएका फूर्सदिला स्वास्थ्यकर्मीहरुपनि अस्पताल सन्जालले यस्तो आव्हान गरेपछि स्वयंसेवामा खटिएको समाचारमा उल्लेख छ । अस्पताललाई कति संख्याको जरुरत भएको हो र यो आव्हानपछि कति स्वेच्छाले स्वयंसेवा गर्न आए भन्ने चाहिँ उल्लेख छैन । संक्रमण रोगका बारेमा अनुभवहिन त्यस्ता स्वास्थ्यकर्मीलाई छोटो समयको द्रुत तालिम दिएर कोरोना भाइरसका विरामीको उपचारमा खटाउने गरिएको छ ।

यसरि आव्हान गर्दापनि स्वास्थकर्मीहरुको अभाव खट्किएकाले एपी एच पीले आफ्नो साईटमा फारम भरेर स्वयंसेवा गरिदिन भन्दै आव्हान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक