शनिबार, मंसिर १३, २०७७

कांग्रेस : सुध्रने कहिले ? सुधार्ने कसले ?

निल बिक्रम थापा २०७७ कार्तिक २६ गते ११:००

शुक्रनीतिमा भनिएको छ “कलहे न सहाय: स्यात् संरक्षत् वहुनायकम्” । अर्थात् धेरै नेता भए भने झगडा मिलाउन कसैले मद्दत गर्दैनन् …… नेपालका ठूला दलहरुमा देखिएको समस्या यहि हो । र यससँग सम्बन्धित भातृ तथा शुभेच्छुक संघ संस्था लगायत सबैको समस्या यहि हो । नेपाली कांग्रेस पार्टिको मूल समस्या झन यहि नै हो ।

श्री ३ चन्द्र शमशेरको बक्रदृष्टिबाट जोगिन कृष्ण प्रसाद कोईराला आफ्नो देश छाडि सपरिवार भारत पलायन हुनुपर्यो । त्यो बेला उनले धेरै दु:खको सामना गर्नुपर्यो । परिवारका साथमा भारतमै बिपिको पनि बाल्यकाल बित्यो । दु:खमा बाल्यकाल बिताए पनि बिपि सार्है मेहनति, अदम्य उत्साहि र अठोटका थिए । शिक्षामा राम्रो पकड थियो । वौद्दिक र दुरदर्शि थिए । विभिन्न भाषाका ज्ञाता थिए । यी नै विशेष गुणका कारण उनले आफूलाई सफल राजनितीज्ञ र सफल साहित्यकारको रुपमा उभ्याउन सफल रहे ।

भारतमै जन्माईएको “अखिल भारतीय- नेपाली कांग्रेस” नाम बदलिएर पछि नेपाली कांग्रेस भयो । मातृका प्रसाद कोईरालालाई “सुप्रिम कमान्डर” बनाएर नेपाली कांग्रेस सक्रिय भएपछि मात्र नेपालमा नेपालीले कांग्रेसलाई चिनेका हुन् ।

सैद्दान्तिक बहस आवश्यक ठानिए पनि २०४६ को जनआन्दोलन पश्चात कांग्रेसले क्रमश: मूलबाटो र मूलसिद्दान्त भुल्दै गयो । नेतृत्वमा वैचारिकता भन्दा व्यक्तिवादी सोच हावी हुँदै गयो । पार्टि गुट – उपगुटमा फस्दै गयो ।

शुरुवाती कालदेखि मातृका प्रसाद कोईराला,बिपी कोईराला, सुवर्णशमशेर, गणेशमानसिंह, सुन्दरराज चालिसे, राममनोहर लोहिया, ढुण्डीराज शास्त्री, काशीनाथ गौतम, परशुनारायण चौधरी, रामप्रसाद राई, राधाकृष्ण थारु, नारदमुनि थुलुङ, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधी लगायतका नेताहरुले कांग्रेसमा ठूलो योगदान गरेका थिए । त्यो बेलाका यी नेताहरुमा एक अर्का प्रति सम्मान गर्थे । निष्ठावान थिए भन्ने कुरा आजका धेरै कांग्रेसीजनलाई ज्ञान छ कि छैन ?

२००७ देखि प्रथम जनआन्दोलन २०४६ सम्म आईपुग्दा नेपाली कांग्रेस भित्र विभिन्न वाधा, अडचन आउनुका साथै आपसि कलह र केही वैचारिक मत मतान्तर देखियो । सैद्दान्तिक बहस आवश्यक ठानिए पनि २०४६ को जनआन्दोलन पश्चात कांग्रेसले क्रमश: मूलबाटो र मूलसिद्दान्त भुल्दै गयो । नेतृत्वमा वैचारिकता भन्दा व्यक्तिवादी सोच हावी हुँदै गयो । पार्टि गुट – उपगुटमा फस्दै गयो । पार्टिमा आफ्नो सल्लाह सुझाव सुनुवाई हुन छाडेपछि गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताले कांग्रेसबाट अलग हुनुपर्‍यो । क्रमश: पार्टी नेतृत्वले एकतन्त्रीय र अप्रजातान्त्रिक शैलीमा पार्टि चलाउदै गयो । धेरैजसो नेता कार्यकर्ता रुष्ट हुनुको साथै हजारौ नेता- कार्यकर्ता दुई पक्षमा बाँडिए । सबैले बिपिको सिद्दान्त र मुल बाटो बिर्सिनुले पार्टि चरम संकटमा फस्यो ।

केही वर्षपछि पार्टिको विभाजित दुई पक्ष बिच एकता अथवा तालमेल त देखियो । तर पनि कांग्रेस भित्र जोडिएको दुई पक्षका कांग्रेसी नेता र कार्यकर्ता एक अर्कामा तील र चामलझै रंगले नै चिनिने भए । फलस्वरुप बिस्तारै आजको कांग्रेस पचासौं जातको पशुपक्षींको मासुसहितका परिकार बेचेर धनी हुन चाहने मांसाहारी भोजनालयको मालिक जस्तो भएको छ । भक्ष- अभक्ष, कर्तव्य-अकर्तव्य, गलत र सहि, प्रजातन्त्र र निरंकुशतन्त्र सबैसँग सम्झौता गर्दै चुनाव जित्ने मिसन र व्यक्ति आफू बन्न मात्र केन्द्रित छ ।

बिपीको अवसान पछि कांग्रेसका कतिपय नेताले पार्टी कार्यकर्ताहरुलाई गधा तथा आफूलाई मालिक ठान्न थाले । विचारको ठाउँमा कुविचार, सिद्धान्तको ठाउँमा सम्पति र ईमान्दार बस्ने पदमा बेईमानहरुको लडाई हुन थाल्यो ।

भारतमा प्रधानमन्त्री ईन्दिरा गान्धीले १९७५ (२०३२साल) मा संकटकाल लगाईन् भने बिपीलाई भारतमा बस्ने हो भने राजनीति गर्न नपाउने आदेश दिएपछि बिपी धर्म संकटमा परे । सो पश्चात् नेपालमा राजा र प्रजातन्त्र बिच एकता भएन भने कम्युनिस्टहरूलाई विदेशीले प्रयोग गर्छन् र राजतन्त्र र प्रजातन्त्र मासिन्छ भन्ने कुरा महशुस गरि राष्ट्रिय एकता र मेलमिलापको नीति लिई २०३३ सालमा नेपाल फिर्ता आए । घर समाज, दल (पार्टी) र राष्ट्र चलाउन प्रबल एकता र स्पष्ट नीति चाहिन्छ नत्र संकट उत्पन्न हुन्छ भन्ने गर्थे । तर तीनै बिपीको अवसान पछि कांग्रेसका कतिपय नेताले पार्टी कार्यकर्ताहरुलाई गधा तथा आफूलाई मालिक ठान्न थाले । विचारको ठाउँमा कुविचार, सिद्धान्तको ठाउँमा सम्पति र ईमान्दार बस्ने पदमा बेईमानहरुको लडाई हुन थाल्यो । २०४६ र २०६२६३ को जनआन्दोलन पश्चात् महान् उपलब्धि हात पार्ने अवस्था सृजना हुँदाहुँदैपनि काँग्रेस घर जलाएर खरानी बेच्दै छ । र यसलाई नै उपलब्धि भनिरहेको छ ।

२०४६ सालको जन आन्दोलन पश्चात् स्थापित नेपाली कांग्रेसको सरकारले अपेक्षित गति लिन नसकेपछि सर्वमान्य नेता गणेशमानसिंहले भन्नू भएको थियो – “बूढो गोरुले बाँझो खेत फाँड्न सक्तैन” । यो कुरा क्रमवद्द रुपमा त्यहि बेलादेखि पार्टि नेतृत्वभित्रै प्रमाणित हुँदै गएको छ । कांग्रेस पार्टीले सरकारको जिम्मेवारी प्राप्त गर्दा भने गणेशमानका उक्त कुरा प्रमाणित गर्न थप बल पुग्यो ।

बिगतका दिनमा राणा शासन विरुद्द आवज उठाउँदा जेल परेका बिपि कोईरालाका बारेमा राणाहरु समेतले बिपीले हाम्रो विरोध गरेको नभई हाम्रो प्रवृतिको विरोध गरेको हो । जनताको अधिकारको लागि लडेको हो भन्ने आशय दिए । त्यो बेला पनि उनलाई जेलमा बस्दा एउटा ठूलो कम्बल, डेडमाना चामल, १ पैसा, ३ वटा रातो खुर्सानी, २ मुठा दाउरा र अलिकति नुन दिएर जेलमा पनि अरु भन्दा सम्मान साथ राखिएको थियो । बिपीले पनि राणा शासनको बारेमा मेरो क्रान्ति राणाको विरोधमा भन्दा पनि जनताको प्रजातान्त्रिक अधिकारका लागि हो भनेका थिए ।

त्यसैगरी महेन्द्र सरकारले २०१७ सालदेखि बिपिलाई आठ बर्ष जेलमा थुन्दापनि बिपिले महेन्द्र प्रति द्वेष भाव राखेनन् । तर आज आएर देशकै पुरानो प्रजातान्त्रिक पुरानो पार्टीमा आफैसँग फरक मत राख्ने आफ्नै व्यक्तिलाई भित्तामा पुर्याउने चलनले काँग्रेसको विचारमा असहत हुनेले राम्रै मुल्य चुकाउनुपर्ने स्थिति छ । कार्यकर्ताहरुपनि विचार, सिद्धान्त, नीति र निष्ठाभन्दा पनि व्यक्तिको पछाडि दौडिन थालेका छन्ब्। चाकरिले राम्रो बजार मूल्य पाउन थालेको छब्। कार्यकर्तामा दास मनोवृतिले घर गरेको छ ।

नेपाली कांग्रेस देशकै पुरानो प्रजातान्त्रिक पार्टि भएपनि व्यबहारत: प्रजातान्तिक प्रमाणित गर्न नसक्नु कांग्रेसको ठूलो कमजोरी रह्यो । लामो समय देखि पार्टि केन्द्रमा भएको विवाद विभिन्न भातृ तथा सुभेच्छुकसंस्थाहरुको विवाद र गुट-उपगुट, विदेश स्थित जनसम्पर्क समितिहरुको विवाद गुट- उपगुट र ती विभिन्न तहमा नेतृत्वमा रहने व्यक्तिको सोच हेर्दा संघ, संगठनलाई माथि पुर्याउने भन्दा पनि नातावाद, कृपावाद र चाकडिवाजमा बढि अल्झिएको प्रष्ट छ । हरेक तहमा रहेका नेतृत्व पंक्तिले प्रजातन्त्र बहुमतको होईन, विधिको शासन हो भन्ने कुरा भुलिसकेको देखिन्छ ।

नेता भनेको क्षमता र संकल्प शक्तिले भरिएको एउटा चरित्र हो । उसले सार्वजनिक उदेश्यका लागि महिला र पुरुषलाई एकत्रित तथा प्रेरित गर्न र उनीहरुको विश्वास जित्न सक्छ । यो कुरा पार्टी पंङ्तिमा देखिँदैन । र त्यो वातावरण सृजना पनि गर्न सकेन ।

अब आगामि परिवर्तन तपाई हामी कार्यकर्ताको वर्तमान सोचमा चाहिन्छ । अग्रजमा या नेतृत्वमा होईन भन्ने महशुस गर्दै आजैबाट कार्यकर्ताहरुले सहिलाई सहि र गलतलाई गलत भन्ने साहस र चाकडीबाज, नातावाद, कृपावाद त्याग्नु जरुरी देखिन्छ ।

लामो समय देखि पार्टि केन्द्रमा भएको विवाद विभिन्न भातृ तथा सुभेच्छुकसंस्थाहरुको विवाद र गुट-उपगुट, विदेश स्थित जनसम्पर्क समितिहरुको विवाद गुट- उपगुट र ती विभिन्न तहमा नेतृत्वमा रहने व्यक्तिको सोच हेर्दा संघ, संगठनलाई माथि पुर्याउने भन्दा पनि नातावाद, कृपावाद र चाकडिवाजमा बढि अल्झिएको प्रष्ट छ ।

आफ्नै नेताको लात्ती त हो नि भनेर ढाँड थापिरहने कार्यकर्ता भईरहे पार्टी तथा संगठनको विकासको वृक्ष सुक्छ र विनास मौलाउँछ । सत्तरी साल पुरानो पार्टिले मूल्य मान्यता, धर्म, धरातल र आदर्श बिर्सेर चरम गुटबन्दी, प्रलोभन तथा सिद्धान्तहीन बाटो हिँडेपछि कांग्रेस कहाँ छ भनेर लाल्टिन बालेर खोज्नुपर्ने दिन नजिकिँदै छ । कांग्रेसमा जात, थर, समिति, बिभागका नाममा हाँगाबिँगा फैलिएका छन् तर मूल वृक्ष सुकिरहेको छ ।

अब दाइ कांग्रेस वा भाइ काँग्रेस नभनि कम्तिमा पाँच वर्षको लागि हामी आफूहरु सैद्धान्तिक रुपमा असली कांग्रेसी भएर हेरौं । परिवर्तनको परिणाम भोग्ने पनि हामी नै हुनेछौं ।

आफ्नो दल चिनौं ।सिद्धान्त चिनौं । नेता चिनौ । नेतृत्व चिनौं । र सबभन्दा ठूलो कूरा देश चिनौं । पुर्खाले जानेनन् । देखेनन् । एक दुई पुस्ताले दुःख पायो । हामीले धेरै जान्यौं । देख्यौं । दश पुस्ताले दुःख पाउने बनाउदै छौं ।

कांग्रेसले र नेतृत्वमा रहने नेताहरुले क्रमश: बाटो बिराएको पक्कै हो । तर, अझैपनि हजारौं कार्यकर्ता र लाखौ समर्थकले बाटो बिराएका छैनन् । यसैले राष्ट्र बचाउने स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्यो र तमाम नेता कार्यकर्ता निष्ठा र ईमान्दारीका साथ पार्टी र देशप्रति वफादार रहे भने कांग्रेसले गुमेको विश्वास र शक्ति आर्जन गर्न सक्छ । पदीय रुपमा लिप्त नभई, प्रलोभनमा नपरि, विदेशिको स्वार्थ त्यागेर राष्ट्र र जनताको हितमा पार्टीले कठोर निर्णय र नेतृत्व तथा कार्यकर्ताको सोचमा परिवर्तन गर्न सक्नुपर्छ । अन्य दलले हिँडेकै बाटो सहि ठानेर पछ्याईरहेमा कांग्रेस धुलोपिठो हुने कुरालाई शंका नगरि बस्ने ठाउँ देखिएन । कांग्रेसलाई गुटको होइन इमान्दार कार्यकर्ता र त्याग गर्न सक्ने नेतृत्वको खाँचो छ ।

(लेखक नेपाली जनसम्पर्क समिति डेनमार्कका उपसभापति हुन् )

तपाइँको प्रतिक्रिया

फेसबुक