बुधबार, वैशाख १२, २०८१

युरोपेली युनियनले कृषकहरुलाई आठ अर्ब सहयोग दिने

नेपाल प्लस२०७७ कार्तिक २६ गते १४:५६

                   photo- EURACTIV-com

युरोपेली संसदको बुलिटिन न्युज युरोपियन पार्लियामेन्टमा उल्लेख भए अनुसार कोरोना भाईरसको संक्रमणले किसानहरु मारमा परेपछि युरोपेली युनियनले आठ अर्ब युरो सहयोग दिने भएको छ । कृषकहरुलाई आर्थिक सहयोग नगरे युरोपभरिकै कृषी क्षेत्रले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै यो रकम सकेसम्म छिटो बितरण गर्न युरोपेली युनियनले यस्तो योजना अगाडि सारेको हो ।

यो रकम सन् २०२१ र सन् २०२२ भित्रै बितरण गरिने भएको हो । यो कोषको रकम मध्ये ३७ प्रतिशत वातावरण र मौसम संवन्धि कार्यहरुमा सहयोग दिईने छ । रकम मध्ये ५५ प्रतिशत युवा किसानहरुलाई सहयोग पुर्‍याउन लचिलो बन्ने, दिगो कृषीका लागि ध्यान दिने र डिजिटल रिकभरि निर्माण गर्ने उल्लेख छ ।

किसान र ग्रामीण क्षेत्रका लागि ईयू रिकभरी प्याकेजमा सम्झौता भएपछि संसद, परिषद र आयोग वार्ताकारहरुले सहजकर्ता मार्फत यो रकम बितरण गर्ने छन् । युरोपेली संसद, युरोपेली परिषद, खाद्य उत्पादक र ग्रामिण क्षेत्रहरुका बिचमा रिकभरि प्याकेजकालागि मंगलवार अस्थायी संझौता भएको छ । उनीहरुले यो कोष बितरणमा लचिलोपन अपनाउनुपर्ने सहमति गरेका छन् ।

युरोपेली संसद र परिषदकाबिचमा राजनितिक संझौता हुन भने बाँकि छ । तर यि दुबै क्षेत्रका अधिकारीहरुले यो संझौता छिट्टै लागू हुने संकेतहरु दिएका छन् । किनभने युरोपमा लगभग सबै देशका कृषकहरु कोरोना संक्रमणले आर्थिक संकटमा परेका छन् ।

तपाइँको प्रतिक्रिया