बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमितले भरिए जेनेभाका अस्पताल : कोरोना संक्रमित स्वास्थ्यकर्मी समेत सेवामा

नेपालप्लस संवाददाता / जेनेभा२०७७ कार्तिक २६ गते १८:५१

स्विजरल्याण्ड, कोरोना संक्रमितहरुको चाप बढ्दै गएर जेनेभा अस्पतालहरु भरिभराउ हुन थालेपछि कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई समेत सेवामा फर्कन जेनेभा अस्पतालले विवादास्पद आव्हान गरेको छ । कोरोनाको संक्रमण देखिएपछि घरमै आइसोलेशनमा बसेर उपचार गर्दै आइरहेका १२ सय जेनेभा विश्वविद्यालयको अस्पतालसँग आवद्ध स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले स्वास्थ्यकर्मीको अभाव देखाउँदै सेवामा बोलाएको हो ।

अस्पतालका निर्देशकले सार्वजनिक संचारमाध्यममै भनेका छन् “हामीहरुले स्वास्थ्यकर्मीलाई स्वेच्छिक रुपमा आउन आव्हान गरेका छौं । उनीहरुलाई विशेष व्यवस्था गरिएको छ, खाने बस्ने र उपचारमा सुरक्षित तरीकाले संलग्न
हुने सबै हिसाबले । आउन नचाहने र नसक्नेका हकमा हाम्रो आव्हान लागू नहुन पनि सक्दछ ।”

यसरी संक्रमितलाई समेत स्वास्थ्य सेवामा लगाउने अस्पतालको निर्णय गलत भएको बताउँदै पाका र अनुभवी डाक्टरले विरोध गरेका छन् ।

कोरोनाको दोश्रो लहरले सबैभन्दा प्रभावित युरोपका शहरहरुमा स्विजरल्याण्डको कुटनीतिक शहर जेनेभा पनि परेको छ । गत साता स्विसभरी ३७० जनाको ज्यान गएपछि स्थानीय प्रशासन, स्विस फेडेरल सरकार निकै सक्रियतापूर्वक आंशिक लकडाउन गरेरै पनि कोरोना विरुद्ध सक्रियतापूर्वक लागेको छ । मर्नेहरुमा जेनेभा शहरका धेरै थिए । जेनेभामा अस्पताल भरिएपछि बिरामीहरुलाई बर्न र ज्यूरिखका अस्पतालमा लैजान थालिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक