बिहीबार, वैशाख १३, २०८१

चीनको वुहान : कोरोना नियन्त्रणमा चीनियाँ जनताको विश्वलाई शिक्षा

अनुराधा पौडेल / पेरिस२०७७ कार्तिक २६ गते २०:०७

यतिबेला यूरोप दोस्रो चरणको कोरोना संक्रमणले आक्रान्त छ । अहिलेसम्म यूरोपमा १२ लाख ७५ हजार नागरिकहरु कोरोना संक्रमणले मरिसकेका छन् । अमेरिका र भारतमा पनि कोरोना संक्रमण सरकारको हात भन्दा बाहिर गइसकेको छ । मानिसहरु खोपका लागि अधैर्य छन् । तर कोरोनाको उत्पत्तिस्थल चीनको वुवान झन्डै पहिलेको लयमा फर्किसकेको छ ।

२२ मे देखि कोरोनाको इपिसेन्टर वुहानमा एउटा पनि कोरोना संक्रमित भेटिएको छैन । अर्थात ६ महिना भयो वुहानबासीहरु निर्धक्क आफ्नो लयमा हिँड्न थालेको । अरु देशहरुमा दैनिकै मृतकहरु अन्तिम संस्कारका लागि पालो कुरिरहेछन् । तर चीनले जम्मा जम्मी चार हजार ६ शय ३४ नागरिक गुमाएर कोरोनालाई आफ्नो नियन्त्रणमा ल्याएको छ । चीनमा कोरोना हुँदै नभएको होइन । नोभेम्बर तीन तारिखका दिन चीनभरमा जम्मा ४९ वटा कोरोना संक्रमित भेटिएका थिए जसमा ४४ जना त बिदेशबाट आएका मानिसहरु थिए ।

त्यसैले चीनमा अझैपनि मास्क अनिवार्य छ । पसलहरुमा छिर्दा तापक्रम अनिवार्य लिइन्छ । बिदेशबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिन्छ । वुहानमा चल्ने १० वटा मेट्रो लाइनमा मास्क अनिवार्य छ ।

कोरोना भाइरसको बढ्दो प्रभावका कारण फ्रान्स, बेल्जियम, बेलायत, फिलीपिन्स र भारतिय नागरिकहरुलाई अहिले चीन छिर्न प्रतिबन्ध लगाइएको जानकारी फ्रान्स स्थित चीनियाँ दुतावासको वेभसाइटमा भेटिन्छ । जुन देशबाट फैलिएको कोरोनाले संसारलाई नतमस्तक पारेको छ त्यहि देशले अहिले अरुलाई प्रतिबन्ध लगाएको छ ।

फ्रान्सको एक प्रसिद्द अनलाईन ल फीगारो नोभेम्बर ५ को अंकमा लेख्छ, ‘चीनले कोरोनामाथि बिजय पाउनुमा दुइ कारण मात्र छन् । पहिलो हो, त्यहाँको सरकार बिज्ञानमा बिश्वास राख्छ । दोस्रो हो, त्यहाँका जनता सरकारमा बिश्वास राख्नछन् ।’

२२ मे देखि कोरोनाको इपिसेन्टर हुवानमा एउटा पनि कोरोना संक्रमित भेटिएको छैन । अर्थात ६ महिना भयो वुहानबासीहरु निर्धक्क आफ्नो लयमा हिँड्न थालेको ।

   वुहानबारे बुझौं :

सेप्टेम्बर महिनाको अन्त्य तिर शोसो भन्ने वुहानको रात्रीकालिन क्लबमा नाचगान थियो । तीन शय युरो शुल्क लाग्ने उक्त रात्रीकालिन डिस्को क्लबमा अमेरिकाबाट झिकाइएका डिजेहरुले युवा युवतीहरुलाई नचाउनुसम्म नचाए । मानिसहरु विना मास्क एक अर्कासँग हातमा हात समातेर नाचिरहेका देखिन्थे ।

न्यूयोर्क शहरका भन्दापनि अग्ला गगनचुम्बी भवनहरु र वुहानमा बग्ने यांग्जे नदी किनारमा जून महिना देखिनै कोरोनाबिहिन स्वतन्त्र हावा बहन थालेको महशुस गरिएको थियो । करिव १ करोड १० लाख नागरिकहरुको पिसीआर टेस्ट भर्खरै सकिएको थियो । जसमा जम्माजम्मी ६ शय कोरोना पोजेटिभहरु भेटिएका थिए । यद्दपी नागरिकहरुमा कतै त्रास, कतै उत्साह त कतै दुविधा बाँकी नै थियो । संसारभरबाट चीन सरकाको तिब्र आलोचना हुनुका साथ साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्प कोरोना भाइरसलाई चाइनीज भाइरसको उपनाम दिएर हरेक सभा समारोहमा चीनको खोइरो खन्थे ।

वुहानमा चार शय भन्दा बढी पर्यटक आकर्षण केन्द्रहरु छन् । चीनमा एक प्रान्तबाट अर्को प्रान्त सजिलै जान पाइन्न । बन्दाबन्दी पनि केहि क्षेत्रमा बाँकी राखेपनि हुवानको प्रसिद्द बोटानिकल गार्डेन, इस्ट ल्याकदेखि अरु रमणिय क्षेत्रहरु निशुल्क घुम्न पाइने बनाइएको छ ।

यहाँको प्रसिद्द आकर्षणको केन्द्र हो, यलो टावर । दैनिक १५ हजार मानिसले हेर्न जाने यो ठाउँमा अहिलेपनि भित्र छिर्दा ज्वारो नापिन्छ । टीकट काट्नुपर्ने ठाउँहरुमा चीनमा जताजतै मोबाइलबाट क्वु आर कोड स्क्यानिङ गर्नुपर्छ । पैसा तिर्न सजिलो मात्र होइन यसले रेलको यात्रा गर्दा “तिमी फलानो डिब्बामा बस” भनेर बाटो र सीट समेत देखाउँछ ताकी पुन: कोरोना संक्रमण देखिएमा उसको ट्राभल हिस्ट्रि सजिलै जान्न पाइयोस् ।

हुवानमा कोरोना संक्रमणलाई यो अवस्थाको नियन्त्रणमा ल्याउन चीनको सरकारले अपनाएका कडा नीतिहरु कारक छन् । २०२० को जनावरी २३ देखि अप्रिल ८ सम्मको बन्दाबन्दीले त्यहाँका सडकहरुमा एकाएक सन्नाटा छायो । सडकमा केहि देखिए भने एम्बुलेन्स, सेना अनि प्रहरीका गाडी लगायत नागरिकलाई दैलादैलै खाना पुर्याइरहेका सुरक्षाकर्मीहरु देखिए । यो साँढे दुइ महिनाको अवधिमा नागरिकहरुले घरभित्रै थुनिएर देखाएको आफ्नो धैर्यता संसारकालागि उदाहरणिय समेत बन्यो ।

वुहानको मध्य शहरमा बस्ने एमिली झाओ भन्छिन्, ‘बन्दाबन्दीमा मैले मेरो पूर्ण स्वतन्त्रता गुमाएँ । हामीले झ्यालबाटै सूर्योदय र सूर्यास्त देख्यौँ ।‘

दिउँसोको वुहान अति व्यस्त देखिन्छ । तर रात्रीकालिन वुहान बिजुलीका अनेक रंगिन बत्तीहरुमा झलमल्ल देखिन्छ । अग्ला गगनचुम्बी भवनहरुका भित्ता र यांग्जे नदीमा पर्ने प्रकाश बिभिन्न रंग र लयमा नाचिरहेको देखिन्छ । बेलुका साइकलमा बिना मास्क सरर गुड्दा अनुशासित चीनियाँ नागरिकसँग जम्काभेट हुन्छ । जसलाई अचेल एक मिटर दूरी कायम गर्नुपर्दैन ।

टीकट काट्नुपर्ने ठाउँहरुमा चीनमा जताजतै मोबाइलबाट क्वु आर कोड स्क्यानिङ गर्नुपर्छ । पैसा तिर्न सजिलो मात्र होइन यसले रेलको यात्रा गर्दा “तिमी फलानो डिब्बामा बस” भनेर बाटो र सीट समेत देखाउँछ ताकी पुन: कोरोना संक्रमण देखिएमा उसको यात्राको ईतिहास सजिलै जान्न पाइयोस् ।

प्राय मौन बस्ने, वरपरको वातावरणसँग परिचित भएपनि खुलेर कुरा नगर्ने चीनियाँहरुको बानी हो । तर वुहानको हाट बजारमा उनीहरु बिच खुलेर संवाद हुन्छ । वुहानको हाट बजारमा एकताका जिउँदो सालक देखि जिउँदा कुकुर, चमेरा, हाँस, बिराला, सर्प आदिको किनबेच हुन्थ्यो । सुरु सुरुमा चमेरा र पछि बिचरा सुधा सालकहरुलाई कोरोना सार्ने जनावर भनेर बिश्वभर प्रचार भएपछि वुहानको हाटले कुख्याती कमायो । तर, अहिले परिस्थिति फरक छ; यि जनावरहरु बिक्री हुने सडक किनाराका गल्लीहरुमा अचेल नीला टिनहरु ठोकेर पर्खाल हालिएको छ । जिउँदा जनावर किनबेचमा प्रतिबन्ध लगाएर हिजोको कुख्यातीलाई पूर्ण रुपले छोपिएको छ । जनावरको किनबेच हुने सडक अहिले शान्त छ ।

बिश्वभर कोरोना प्रोप्रोगान्डाको थलो भनेर चिनिने वुहानको छवि अझै सुधारिएको छैन । तर चिन भित्र भने वुहानका हिरोहरु या कोरोनाका बिरुद्द हिरोहरु भनेर चिनिएका बहादुर चिनियाँहरु छन् । चार हिरोहरुलाई ८ अगष्टका दिन राष्ट्रपति शि जिनपिङले चीनको सर्वोच्च ‘गणतन्त्र पदक’ लगाइदिएका थिए । तियानमेन चोकमा रहेको पिपल्स हाउसमा आयोजित कार्यक्रममा मास्क लगाएका दर्शकहरु बिच राष्ट्रपतिले पदक लगाइदिँदै वुहान कोरोनामुक्त रहेको घोषणा गरेका थिए जुन कुरालाई पश्चिमाहरुले अविश्वसनिय भन्थे । किनभने ठिक यहि समयमा संसारभर कोरोना संक्रमण आगोको मुस्लोझैं फैलिरहेको थियो ।

कोरोना माहामारीको सपनालाई विपनामा परिणत गर्न सफल भएकोमा यतिबेला वुहानबासीहरु आफू वुहानको नागरिक बन्न पाएकोमा गर्वको महशुस गर्छन् ।

सन् १९५० को माओकालीन कम्यूनिष्ट सत्ताको निरन्तरता हो, अहिलेको बर्तमान चीनको सरकार । त्यहाँका नागरिकहरुले सरकारले ब्यवस्था गरेको नागरिक कोड अनुसार असल नागरिकको नम्बर प्राप्त गर्छन् । सरकारको कुरा अक्षरस पालना गर्नु, आपद विपदमा एक अर्कासँग अभिन्न भएर रहनु त्यहाँका नागरिकहरुको धर्म हो ।

बिश्वभर कोरोना प्रोप्रोगान्डाको थलो भनेर चिनिने वुहानको छवि अझै सुधारिएको छैन । तर चिन भित्र भने वुहानका हिरोहरु या कोरोनाका बिरुद्द हिरोहरु भनेर चिनिएका बहादुर चिनियाँहरु छन् । चार हिरोहरुलाई ८ अगष्टका दिन राष्ट्रपति शि जिनपिङले चीनको सर्वोच्च ‘गणतन्त्र पदक’ लगाइदिएका थिए ।

बन्दाबन्दी कालमा न यूरोपमा जस्तो बिरोध त्यहाँ देखियो न अमेरिकामा जस्तो मानिसहरु बन्दाबन्दीको बिरोधका सडकमा उत्रे । बरु नागरिक अनुशासनकै कारण सेनाले १० दिनैमै तयार पारेको एक हजार शैयाको कोरोना उपचार अस्थाइ अस्पताल मार्फत् छिटो र छरितो सेवा नागरिकहरुले प्राप्त गरे । पर्वतका अग्नि देव नामको यो १० दिनमै बनेको अस्पताल संसारका अरु देशका लागि आकर्षणको केन्द्र पनि बन्यो । चीनियाँहरुसँग रहेको श्रोत साधन र इमान्दारिताको प्रशंसा बाँकि बिश्वले नगरिरहन सकेन ।

चीनसँग विश्वका कयौँ मुलुकको दौत्य सम्बन्ध छ । तर हुवाइ प्रान्तको राजधानी हुवानसँग फ्रान्सेलीहरुको विशेष मित्रता छ । वुहानका कतिपय अस्पतालहरुमा फ्रान्सबाट तालिम लिएका चिकित्सकहरुले काम गरिरहेका छन् । बन्दाबन्दीका बेला त्यहाँका अस्पतालबारे प्रोफेशर झावो भन्छन्, ‘ज्वरो आएका बिरामीहरुको लाइन र अरु खालका बिरामीहरुको लाइन अलग्गै थियो । कोही इमरजेन्सीमा सिकिस्त भएर आएको छ भने उसलाई तुरुन्तै छुट्टाइन्थ्यो । अस्पताल आइपुगेका अरुले पिसिआर टेस्टको नतिजा नलिइकन घर जान पाउँदैनथे । नतिजा चार घन्टामा दिइन्थ्यो । विरामीको चाप यति थियो कि एमआरआइ मेशिनहरु राख्ने ठाउँ नभएर कतिपय ट्रकका कन्टेनरमा एमआरआइ राखेर काम गरियो ।

उनी थप्छन्, ‘चीनियाँहरु अनुशासित छन् । तर अनुशासित हुन नचाहनेकालागि सरकारले जवरजस्त जिम्मेवार बोध गर्ने नागरिक बनायो । उनीहरु घरबाट बाहिर निस्केनन ।‘ देशभरिबाट ऐक्यवद्दता जारी भयो । स्वास्थ्य क्षेत्रकालागि मेशिन र मास्क तथा उपकरणहरु उत्पान गर्ने कम्पनीहरुले नि:शुल्क सामान उपलब्ध गराइदिए ।

चारैतिर ठप्प भएका बेला उद्योग कलकारखानाहरु पनि ठप्प भए । बिदेशी नागरिकहरु एक पछि अर्को गर्दे चीन छाड्न लागे । तर, एम्बुलेन्सका लागि चाहिने तारहरु उत्पादन गर्ने फ्रान्सेली कम्पनीका निर्देशक फ्रेदेरिक ब्रियँ भने चीनमै रोकिए । उनी भन्छन्, ‘हामीले बन्दाबन्दीमा पनि काम गर्ने अनुमति मुस्किलले पायौँ । केहि कामदारहरु लिएर हामीले एम्बुलेन्सका लागि तारहरु उत्पादन गर्यौँ । हाम्रा कामदारहरु चिसो भूइँमा सुते । उनीहरुलाई बाहिर जाने अनुमति थिएन । उनीहरुले समयमा खान र समयमा चर्पी प्रयोग गर्न समेत पाएनन् ।‘

मैले माथि नै उल्लेख भैसकेको छ, वुहानसँग फ्रान्सको बिशेष नाता छ । यहाँ थुप्रै फ्रान्सेली कम्पनीहरु छन् । र यहाँका बिश्वबिद्यालयहरुले फ्रान्सका बिभिन्न बिश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेका छन् । यि मध्येमा पनि गहिरो नाता छ त्यहाँको एक अनुसन्धानकेन्द्र र प्रयोगशालाको जसको नाम हो पि फोर । फ्रान्सको लुइ पास्टर अनुसन्धान केन्द्रसँग मिलेर काम गर्छ । यो अनुसन्धानशालामा संसारभरका भाइरस संग्रहित त छन् नै, बिभिन्न भाइरसको उत्परिवर्तन प्रकृया (म्युटेसन) हेरिन्छ । यहि प्रयोगशालाले नै सन् २००३ को सार्स भाइरसबारे गहन अध्ययन गरेको थियो । त्यो अहिलेको कोरोना भाइरस संग ८० प्रतिशत मिल्दो जुल्दो छ ।

फोन बिन एक साधारण नागरिक हुन् र चेन चि श्यो पत्रकार हुन् जसले अस्पतालहरुमा बिरामीको ओइरो लागेको खबर सामाजिक सन्जालमा दिएका थिए । चीनियाँ प्रशासनले उनीलाई पक्रेको खबर आएपनि उनीहरु २०२० को फेब्रुअरी महिना देखि सार्वजनिक रुपमा देखिएका छैनन् ।

हालैका दिनमा फ्रान्समा नयाँ रिपोर्ट के आएको छ भने कोरोना भाइरस त्यहि सार्स भाइरसको उत्परिवर्तित रुप हो जुन यहि अनुसन्धानशालाबाट बाहिरिएको हो । तर यो आशंकालाई पुष्टि गर्ने आधारहरु भने भेटिएका छैनन् ।

हो निश्चयनै वुहानको कोरोना भाइरस अहिले नियन्त्रणमा आएको छ । तर वुहानले शुरुमै पर्याप्त सतर्कता नअपनाइदिंदा अहिले बिश्व आक्रान्त छ । यो कुरा चीनले मुख खोलेर बोल्दैन । फोन बिन एक साधारण नागरिक हुन् र चेन चि श्यो पत्रकार हुन् जसले अस्पतालहरुमा बिरामीको ओइरो लागेको खबर सामाजिक सन्जालमा दिएका थिए । चीनियाँ प्रशासनले उनीलाई पक्रेको खबर आएपनि उनीहरु २०२० को फेब्रुअरी महिना देखि सार्वजनिक रुपमा देखिएका छैनन् । पेशाले वकिल चेन बन्दाबन्दी शुरु हुन केहि दिन अघि अस्पताल पुगेका थिए । चिकित्सकहरुले भ्याइनभ्याई सेवा दिएको आफ्नै आँखाले देखेका उनले केहि दृश्य खिचेर सामाजिक सन्जानलमा हालिदिए । उनी र उनका परिवारलाई पनि घरमै बन्दी बनाइयो ।

डा लि विलियांग त तपाइ हामी सबैले सुनेकै नाम हो । ३० डिसेम्बरका दिन आफ्नै अस्पतालमा सार्स भारइरस देखिएको भन्ने खबर आफ्नै साथीभाइका बिच ह्वाट्स एप मार्फत बाँडेका उनलाई त्यहाँको प्रहरीले सामाजिक नियममा गतिरोध पुर्याएको आरोपमा पक्रियो । उनी माथि मुद्दा चलायो । तर अदालतले उनले भनेका कुरा गलत नभएको भनि राहत दिएपनि जनावरीको ८ तारिख कोरोना संक्रमित बिरामी हेर्दा हेर्दै उनी पनि संक्रमित भए र ७ फेब्रुअरिका दिन उनको मृत्यू भयो ।

स्रोत :

https://fr.wikipedia.org/wiki/Li_Wenliang

https://fr.wikipedia.org/wiki/Wuhan

https://www.franceinter.fr/emissions/geopolitique/geopolitique-29-octobre-2020

https://www.rtl.fr/actu/international/coronavirus-comment-la-chine-est-elle-parvenue-a-controler-l-epidemie-7800912438

https://fr.wikipedia.org/wiki/Pandémie_de_Covid-19_en_Chine

https://www.arte.tv/fr/videos/099397-000-A/chine-le-paradoxe-de-wuhan/

तपाइँको प्रतिक्रिया