बुधबार, वैशाख १२, २०८१

सरसफाइ तथा स्वच्छता कोष मंसीर २ देखि सुचारु

नेपालप्लस२०७७ कार्तिक २७ गते १२:१३

राष्ट्रसंघका उपमहासचिव अमिना जे. मोहम्मद

सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यमा दशकौ देखिको सकंटलाइ समाधान गर्न पाँँच वर्षको लागि २ अर्व अमेरिकी डलरको अपेक्षा गरीएको सरसफाइ तथा स्वच्छता कोष आगामी साताबाट संचालनमा आउने भएको छ । संयुक्त राष्ट्र संघको यो नयाँँ कार्यक्रम हो । यसले तेस्रो विश्वका त्यस्ता मानिसहरुले फाईदा पाउने छन् जो यस कार्यक्रमका हकदार छन् ।

सरसफाइ तथा स्वच्छता कोष द्धारा जारी गरेको बिज्ञप्ती अनुसार यो कोषको औपचारिक उद्घाटन मंसीर २ मा अनलाइन मार्फत् गरिने छ ।

हाल संसारभरका ४ अर्व मानिस स्वच्छता तथा सरसफाइको आधारभूत अधिकारबाट बन्चित छन् । ३ अर्व मानिस हात धुने सुविधाबाट वन्चित छन् भने कुल जनसंख्यामा १० प्रतिशत मानिस अझै पनि खुला सौचालयको प्रयोगमा अभ्यस्त छन् ।

विश्वमा जटिल रोगहरु र बाल मृत्युदरसँग जोडिएका अधिकांश रोगहरु सरसफाइ तथा स्वच्छतासँग जोडिएका छन् । तैपनि यो सरोकारको मुख्य क्षेत्रमा अझैसम्म पर्याप्त लगानी प्रवाह हुन सकेको छैन । यसले हरेक मुलुकको दिगो विकास लक्ष्यलाई पनि प्रभावित गरिरहेको छ ।

आज कोभिड–१९ को सन्दर्भमा समेत सबैलाई मास्क सहजै उपलब्ध हुनु जति मुश्किलको कुरा हो, उति नै जोखिममा रहेका समुदायमा तोकिएको सामाजिक दूरी कायम गर्नु आफैंमा मुश्किलको विषय हो । सरसफाइ तथा स्वच्छताको भरपुर पहुँच पाउन नसकिरहेको जोखिमयुक्त वर्गकै कारण आर्थिक र स्वास्थ्य सुरक्षाका क्षेत्रमा चुनौती बढेको देखिने बताउँदै सरसफाइ तथा स्वच्छताका क्षेत्रमा लगानी अभिबृद्धि हुनुपर्ने राष्ट्रसंघका उपमहासचिव अमिना जे।मोहम्मदले बताएकी छिन् ।

आगामी साताबाट संचालनमा आउने कोष कार्यक्रममा नाइजेरियाका उपराष्ट्रपति येमी ओसिनबाजो, युनिसेफ कार्यकारी निर्देशक हेनरिता फोर, राष्ट्रसंघीय प्रोजेक्ट सर्भिसकी कार्यकारी निर्देशक गैट फरेमो, युएन–वाटर अध्यक्ष तथा कृषि विकास अन्तर्राष्ट्रिय कोषका सभापति गिल्बर्ट होउंग्बो, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा।सुजाना जाकब र सरसफाइ तथा स्वच्छता कोषका महानिर्देशक डोमिनिक ओ’निल समेत सहभागी हुनेछन् ।

सरसफाइ तथा स्वच्छता कोषले आज जारी गरेको बिज्ञप्तिअनुसार, इन्टरनेसनल ब्रोडकास्टर जेइनाब बड्वाइले यो अनलाइन कार्यक्रमलाई संचालन गर्नेछिन् जुन नभेम्भर १७ को सेन्ट्रल युरोप समयमा ४ बजे अपरान्ह र इष्ट्रन स्टान्डर्डमा विहान १० बजे कार्यक्रम सुरु हुनेछ । कार्यक्रम एसएचएफ वेवसाइट एसएचएफ र यसैको युट्युब च्यानलमा प्रसारित हुनेछ ।

कोषले उल्लेख्य परिणाम प्राप्तिका लागि बृहत रुपमा लगानी प्रवाह गर्नेछ र, आधारभुत समाजिक तथा मानव अधिकार गतिबिधिमा परिवर्तन ल्याउन मद्धत पुर्याउनेछ ।

तपाइँको प्रतिक्रिया