शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा कोरोना संक्रमितको संख्या घटेपनि मृतकको संख्या बढ्दो, दोस्रो उच्च तरंग आउनै बाँकी

नेपालप्लस२०७७ कार्तिक २७ गते १६:२८

फ्रान्समा यो हप्ता कोरोना संक्रमितको संख्या सरकारी अस्पतालमा घटेपनि मृतकको संख्या बढेको  छ । अझै उच्च तरंग भने आउनै बाँकि रहेको बताएका छन् । फ्रान्सको स्वास्थ्य सेवा विभागका प्रमुख जेरोम सालोमोनले फ्रान्सेली मेडियाहरुलाई जानकारि दिए अनुसार कोरोना संक्रमितको संख्या यो साता घटेका छन् । तर सरकारी अस्पतालहरुमा मृत्यु हुनेको संख्या बढेको छ र चामलको ह्रास जस्तै कोरोनाका विरामीको थुप्रो आउन बाँकि छ ।

उनका अनुसार संक्रमितको संख्या घटेपनि अस्पताल भर्ना हुनेको संख्या भने बढेको छ । अक्टोबर महिनाको मध्येदेखि फ्रान्सका प्रमुख शहरमा कर्फ्यु लागू गरिएकाले संक्रमण कम फैलिएकाले संक्रमितको संख्या घटेको हो । तर उनले “कोरोना संक्रमणको उच्च तरंग आउनै बाँकि रहेको” भन्दै सतर्क रहन जोड दिएका छन् ।

“हामी एउटा महत्त्वपूर्ण घडीमा छौं,  रोम सालोमोनले एउटा पत्रकार सम्मेलनमा भने “फ्रान्सले भाइरसलाई नियन्त्रणमा राख्ने दोस्रो राष्ट्रिय तालाबन्दीमा १० दिन भन्दा बढी समय बिताइसकेको छ । त्यसैले कोरोना संक्रमितको संख्या घटेको हो । तर कोरोना भाईरसको उच्च तरंग अझै आउन बाँकि छ । चामलको थुप्रो जस्तै विरामीको संख्या थुप्रिन सक्छ ।”

शविवार ८६ हजार आठ सय ५२ संक्रमित भएकोमा त्यसपछि दैनिक २० हजार तिन सयको हाराहारीमा मात्रै संक्रमित भएको उल्लेख गरेका छन् ।

फ्रान्समा कोरोना भाइरस संक्रमण फैलिएपछि हालसम्म १८ लाख सात हजार चार सय ७९ जनामा कोरोना संक्रमितको तथ्यांक छ । विश्वमा सबैभन्दा बढि कोरोना संक्रमित हुने देश मध्ये फ्रान्स चौथो स्थानमा छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक