बिहीबार, वैशाख १३, २०८१

फ्रान्सेली सैनिकद्वारा अलकाईदाका वरिष्ठ सैन्य अधिकारीको मालीमा हत्या

नेपाल प्लस२०७७ कार्तिक २८ गते १५:२३

आतंककारि समूह अलकाइदाका वरिष्ठ सैन्य प्रमुख बाह आग मुसालाई फ्रान्सेली सनिकहरुले अफ्रिकाको मालीमा गोलीहानी हत्या गरिदिएका छन् । मालीमा आतंककारि हमलाको नेत्रित्व गरिरहेका उनलाई फ्रान्सका सैनिकहरुले सैन्य अपरेशनकको क्रममा गोली हानी हत्या गरिदिएको फ्रान्सेली मेडियाहरुले आज उल्लेख गरेका हुन् ।

खासगरि अफ्रिकी मुलुकको उत्तरी स्खेत्रमा नेत्रित्व गरिरहेका उनलाई मालीको उत्तर भेगमा हत्या गरिदिएको रक्षा मन्त्री फ्लोरँस पार्लीले आजै शुक्रवार बताएको भन्दै फँस २४ न्युजले उल्लेख गरेको छ ।

यो जिहादी समूहले माली र छिमेकी क्षेत्र बुर्किनाफासोमा नागरिक लगायत अन्यको हत्या गर्दै आएको थियो ।

पार्लीले उनी जिहादि समूदायले गर्ने आक्रमणमा मुख्य नेत्रित्व गर्ने गरेको पार्लीले प्रेस बिज्ञप्ती जारि गर्दै उल्लेल्ख गरेकि छन् ।

मुसा अम्रिकीहरुले सूचीक्रित गरेको आतंककारी समूहमापनि थिए । उनलाई मंगलवार फ्रान्सेसी सैनिकहरुले हत्या गरेका हुन् । फ्रान्सेली सैनिकहरुले हालैका सातामा अन्य आतंककारिहरुकोपनि हत्या गरेका छन् । त्यहां फ्रान्सेली सेनाको ब्यापक अपरेशन चलिरहेको छ ।

“आतंककारि बिरुद्दको हमलामा यो अति ठूलो सफलता हो” पार्लीले बिज्ञप्तीमा भनेकि छन् ।

तपाइँको प्रतिक्रिया