बुधबार, वैशाख १२, २०८१

कोरोना खोप बितरणमा राष्ट्रवाद हेरिनुहुन्न : मेलिण्डा गेट्स

नेपालप्लस२०७७ कार्तिक २८ गते १९:४९

विश्वका धनाढ्य बिल गेट्सकी पत्नी मेलीण्डा गेट्सले कोरोना भाईरसको खोप बितरणमा कुनैपनि देश, राष्ट्रियता र राष्ट्रवाद हेरिन नहुने बताएकि छन् । उनले धनी र गरिव देश, बलिया र निर्धा नागरिक भन्दै कुनैपनि भेदभाव नगरि विश्वका सबै नागरिकले समान किसिमले यो खोप पाउनुपर्नेमा जोडपनि दिएकि छन् ।

नोभेम्बर ११ देखि नोभेम्बर १३ सम्म पेरिसमा चलेको ‘पेरिस पिस फोरम’ को छलफल कार्यक्रमा उपस्थित भएपछि उनले यस्तो बताएकि हुन् । भर्चुवल मिटिङ मार्फत गरिएको कार्यक्रमपछि उनले पेरिसस्थित फँस २४ न्युज सित वार्ताका क्रममा विश्वका नागरिकले समान किसिमले खोप पाउनुपर्नेमा जोड दिएको फँस २४ न्युजले उल्लेख गरेको छ । बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेशनको उनी सह संस्थापकपनि हुन् । यो संस्थाले विश्वभरि सामाजिक कार्य गर्न आर्थिक र अन्य सहयोग दिँदै आएको छ ।

पेरिस पिस फोरममा सहभागि उनले कोरोना भाईरसबिरुद्दको खोप समान किसिमले बितरण गर्न र यसमा अझै अनुसन्धान गर्नकालागि आफ्नो तर्फबाट सात करोड अमेरिकी डलर सहयोग दिने घोषणापनि गरिन् । यो रकम विश्व स्वास्थ्य संगठन, जि २० वा गैह्र सरकारि संस्था मार्फत प्रयोग गर्न सकिने उल्लेख गरेकि छन् । “यो रकम सबैलाई सस्तो मूल्यमा खोपहरू वितरण गर्न र अनुसन्धानमा अगाडि बढ्नको लागि हो” उनले फँस २४ न्युजसित भनिन् “यसको लक्ष्य भनेको यो भ्याक्सिन वितरणमा राष्ट्रवाद हुनुहुन्न । यसलाई तुरुन्तै संसारभरि, स्वास्थ्य हेरचाहकर्ता (केयरगिभर्स), सबैभन्दा जोखिममा रहेका मानिस र अन्य सबैलाई खोप उपलब्ध गराउन पठाइने छ ।”

“यदि हामीले यसो गरेनौं भने हामी अष्ट्रेलिया र न्यूजील्याण्डको स्थितिमा पुग्नेछौं जसले आफ्नो जनसंख्यालाई कोविड १९ बाट बचाउन उल्लेखनीय काम त गरेका छन् तर यि देशमा प्रवेश गर्ने मानिससँगै भाइरसको पुनः आयातको सामना गरिरहेका छन् । त्यसैले यो भाइरससित लड्न विश्वव्यापी एकता र सहयोग गरेर यो स्वास्थ्य संकटबाट बाहिर निस्कनु पर्छ” उनको अनुरोध छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक