मंगलबार, वैशाख ४, २०८१

युद्दमा हजारौं मान्छेको ज्यान जोगाउने कुकुरलाई राष्ट्रिय सम्मान

नेपाल प्लस२०७७ कार्तिक ३० गते ०:३०

सन् १९९३ को मार्च महिनामा मुम्बै शहरमा एक दर्जन बम लगातार पड्काइयो । त्यसमा २५७ जना मारिए । घाइतेको संख्यानै ७१३ जना थियो । यदि जन्जिर नामको बहादुर कुकुर नभैदिएको भए हजारौंको ज्यान जान सक्थ्यो !

यो ब्रेभ लाभ्रडोर रिट्रिभर कुकुरले मुम्बैमा हान्न लागिएको ३३२९ किलो आर डि एक्स विस्फोटक पदार्थ, ६०० डिटोनेटर, २४९ वटा हाते ग्रिनेड र ६००० भन्दाबढि राउण्ड गोला बारुद पत्ता लगाएको थियो । उसका क्यानन् टिथ (मासु लुछ्ने दाँत) दाह्राले ति लुकाएको ठाउँमा फेला पारेको ठाउँ पत्ता लगाएको थियो । यो कुकुर भारतीय प्रहरी दस्तासित यस्तै विस्फोटक पदार्थ पत्ता लगाउन काम गर्थ्यो । मुम्बैमा बिस्फोट भएको तिन दिनपछिपनि तिन वटा बमलाई हटाउन मद्दत गर्‍यो । यो पड्किएको भए फेरि धेरैको ज्यान जान सक्थ्यो ।

डिसेम्बर १९५९ बाट मुम्बैको प्रहरीमा यस्ता कुकुरले काम शुरु गरेका थिए । त्यो बेला यो प्रहरी दस्तामा कुमार, बिन्दो र राजह तिन कुकुर थिए । त्यसबेला ति अपराधिक क्रियाकलाप पत्ता लगाउन खटिन्थे । जब आतंककारि हमला बढ्न थाल्यो तब कुकुरहरुलाई यस्ता बम र बिस्फोटक पदार्थ पत्ता लगाउने तालिमपनि दिन थालियो ।

सन् १९९३ मा मुम्बैमा आतंककारि हमला हुँदा ६ वटा कुकुर थिए, आतंककारि गतिबिधिमा प्रयोग गरिने बम, गोलाबारी र बिस्फोटक पदार्थ पत्ता लगाउने । त्यो समूहमा जन्जिर पनि एक थियो ।

बलीउडको प्रसिद्द सिनेमा ‘जन्जिर’ बाट यो कुकुरको नाम राखिएको थियो । उसलाई पुनाको शिभाजी नागारस्थित अपराधिक बिभागमा रहेको कुकुर तालिम केन्द्रमा तालिमा दिइएको थियो ।

जन्जिर आफ्नो समूहको सबैभन्दा दक्ष निस्कियो, लुकाइएका बम र बारुदहरु पत्ता लगाउन ।

उसले तालिम लिएको शुरुमै १७५ वटा घरेलु निर्मित पेट्रोल बम, ११ वटा सैन्य बम, ६०० डेटोनेटर २०० भन्दा बढि ग्रिनेड पत्ता लगाएर आफ्नो ‘क्यरिएर’ शुरु गरेको थियो ।

जंजीरले अन्य कुकुरलाई सिकायो । उबाट सिकेकाहरुले देशभरिका राज्य पुलिस बलहरूमा मजबूत स्निफर डग स्क्वाडहरूको लागि जगनै बसाले । आज, धेरैजसो भारतीय राज्य पुलिस बलहरू लेब्राडोर रिट्रीभर्स, जर्मन शेफर्ड्स र डोबरम्यान पिन्सर उनैले निर्माण गरेको कुकुरको टोली उनले बसालेको जगमा निर्मित हो । दिल्ली पुलिसले सुरक्षा उद्देश्यका लागि शहरका धेरै सडक कुकुरहरूलाई भर्ती र प्रशिक्षण दिएर थप कदम चालेको छ यसको देनपनि जन्जिरलाई नै जान्छ ।

राष्ट्रिय सुरक्षा गार्डहरूले मालिनोइस (बेल्जियम शेफर्ड कुकुरहरू) लाई उनीहरूको केन्द्रिय युनिट (के युनिट) मा सम्मिलित गरेका छन् भने सीमा सुरक्षा बल र केन्द्रीय रिजर्भ पुलिस बलले राजापलायम (भारतीय साईटवाउन्ड) प्रजातिलाई गार्ड कुकुरको रूपमा प्रयोग गर्दछ ।

नोभेम्बर २००० मा जंजीर आठ वर्षको उमेरमा हड्डीको क्यान्सरले मर्‍यो । उसको गौरवपूर्ण सेवाका कारण उनलाई पूर्ण राज्य सम्मानको साथ श्रद्दान्जली अर्पण गरेर अन्त्यस्टि गरियो । जंजीरसित काम गरेका सँगी, सुरक्षा अधिकारीहरूले उनको अन्त्यस्टि अघि पुष्पान्जलि अर्पण गरे ।

मुम्बैका हरेक नागरिकले जन्जिरको बहादुरीपूर्ण कामको प्रशंसा गर्छन् । उनले हजारौंको ज्यान बचाएकाले उनलाई स्मरण गर्छन् । मुम्बै शहरका मजदूर नेता शुभासचन्द्र बोस प्रतिस्ठानका अध्यक्ष दिलिप मोहित जन्जिरको श्रद्दान्जली सभामा उपस्थित थिए । उनले भने ‘लुकाइएका बम, फिस्फोटक पदार्थ र ग्रिनेडहरु पत्ता लगाउने अति विशिष्ठ क्षमता भएको जन्जिर जसले प्रहरी सेवामा काम गरेर यो देशको सेवा गर्‍यो उसलाई हामी कहियै भुल्ने छैनौं । यस्तो बहादुर राष्ट्रिय सेवकलाई श्रद्दान्जली दिन पाउँदा गर्वको महसुस भएको छ । उनी सधैं स्मरण गर्न लायकका पात्र हुन् ।”

उनले थपे “शहिदको म्रित्युवरण गर्ने प्रहरीले शहिदको दर्जा पाएर स्मरण गरिन्छ । तर त्यहि काम गर्ने कुकुर पात्रहरुलाई याद गरिन्न ।”

यस नायकको कथाले के देखाउँदछ भने कुकुरहरूले बिना शर्त प्रेम र जीवनभरको मित्रता भन्दा बढी सेवा दिन्छन् । तिनीहरूले देशको रक्षा गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छन् ।

(स्रोत : द मिलिटरी अफ इन्डिया, द बेटरइन इन्डिया, डिफेन्स डट पिके । फोटो स्रोत- द बेटर इन इन्डिया)

तपाइँको प्रतिक्रिया