शुक्रबार, चैत १६, २०८०

ओलीलाई हटाउन खोज्नु कालापानी र लिम्पियाधुरामाथिको स्वार्थ ?

मदन बज्राचार्य / काठमाडौं२०७७ कार्तिक ३० गते १२:०४

नेकपा भित्रको तनावको मुख्य कारण नितिगत र सैद्दान्तिक देखाउन खोजेको भन्नेलेनै ओली र प्रचण्ड बिचमा सहमति भएमा यो तनाव शान्त हुन्छ भनिरहेका छन् । यसले नै स्पष्ठ गर्छ कि अहिलेको नेकपा बिच जे हुँदै छ प्रचन्ड र ओलीको निति बाझेकैले हुँदैछ । प्रचन्ड एमालेको मदन भण्डारी र मनमोहनको निति र सिद्धान्तमा सहमत पहिला पनि थिएनन् । अहिले पनि छैनन् । यो कुरामा ओली “दहिच्युरे” भएको देखिँदैछ । एमालेकै सिद्दान्तमा पुरै असहमत प्रचन्ड र दहिच्युरे हुने ओली दुबै यो तनावको कारण हो ?

एमाले सरकारमा रहेको र नरहेको बेलापनि मधेशबादी दल र भारतको निमित्त अरुचिकर थियो एमाले । एमालेले चुनावमा सरकार बनाउन पुग्ने भन्दा बढीनै मत पाउने देखिएको थियो । त्यति बेला एमालेको सरकारलाई गिराएर मधेशबादी र भारतको माग र चाहनमा लचकदार हुने नेपाली कांग्रेस सित सरकार बनाउन जाने प्रचन्ड कांग्रेसको सरकारमा रहेरै फेरि एमालेमा एकिक्रित हुन आउनु सामान्य हुनै सक्दैन । किनभने प्रचन्ड एमालेको नितिको पहिलादेखि असमर्थक मात्रै होईन प्रचन्डकै दलका कार्यकर्ता र नागरिकको समर्थन समेत गुमाउँदै आएको ब्यक्ति हुन् । त्यसो त, प्रचन्ड एमालेमा एकिक्रित हुन आउनुले एमालेले पाउन सक्ने जनमत समेत गुमाउने पनि हुन सक्थ्यो । मधेशबादी दल र भारतको माग र चाहना अनुसार संबिधान समेत संसोधन गर्न सक्ने बहुमत पाउन पनि सक्थ्यो । अन्त्यमा भयो पनि ।

तर अहिले नेकपा बनेको पूर्व एमाले नेत्रित्वको त्यस्तो सरकार झनै मधेशबाद र भारतको स्वार्थमा ठूलै बाधक बने । यो बुँदामा प्रचन्ड मधेशबाद र भारतको चाहनामा ओलीको बिपरित नितिकै भएको त सबैले बुझेका छन् । त्यति मात्रै होइन, प्रचण्डले बोले-गरेका कुराहरुले छर्लङ्गै गर्छ नै । अहिले मधेशबादी भारत र तिनिहरुको माग र चाहनामा सहानुभुति राख्ने, लचकदार हुने आदी सबै मिलेर पनि नेकपाको नेत्रित्वकै सरकार ढाल्न सक्दैन । तर नेकपाको नेत्रित्वको सरकार प्रमुख त्यस्तै चाहना राख्ने कुनै ब्यक्तिलाई बनाउन कुनै खेल खेल्न भने सक्छ । कतै नेकपा भित्रको अहिलेको तनावको कारण यहिनै त होईन ?

९० प्रतिशत भन्दा बढीको समर्थनमा बनेको संबिधान मधेशबादी र भारतले शंसोधन होस् भन्ने चाहिरहेका छन् । तर त्यस्तो शंसोधन गर्न पनि सदनमा दुई तिहाई बहुमतकै समर्थन चाहिन्छ । सभासदहरुलाई त व्हिप लगाएर सदनमा यस्तो बहुमत बनाउन सकिएला । तर पार्टीकै अध्यक्ष समेत रहेको देशको प्रधानमन्त्री छन् । मधेशबादी र भारतको स्वार्थमा झनै ठूलो बाधक बन्दै गएको ओलीलाई सांसदमा लगाउने पार्टी व्हिप लगाउन भने सकिन्न । के त्यसैले त होईन अहिले नेकपामा तनाव स्रिना गरिएको ?

अहिले आफूलाई भारतले हटाउन खोजेको स्पस्ठ आरोप लगाउने गरेका छन् ओलीले । भारतले आफ्नो भनिसकेको लिम्पियाधुरा र कालापानीको भूमिलाई नेपालको दाबि गर्दै प्रमाण समेत देखाएर सम्बिधानमै उल्लेख गरे ओलीले । ति भूभाग समेटेर नेपालको नक्सा समेत बनाउन लागेको बेलामै प्रचन्डले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका थिए । तरपनि भारत र प्रचन्डसित रिसाएका ओलीले यो मुद्दालाई अहिलेपनि अन्तर्राष्ट्रियकरण गर्न सक्छन् । कतै यस्तो सम्भावनालाई टार्न पनि ओलीलाई हटाएर प्रचन्डलाई सरकार र पार्टी दुबैतिर निर्णायक बनाउन नेकपामा बिवाद स्रिजना गरिएको त होईन ?

(यहाँ ब्यक्त विचार लेखकका निजि हुन् । लेखकका विचारसित सम्पादकिय निति मेल खानुपर्छ भन्ने छैन-नेपालप्लस)

तपाइँको प्रतिक्रिया

फेसबुक