शनिबार, वैशाख १५, २०८१

कोरोना संक्रमण नघटेपछि अष्ट्रियामा मंगलवारदेखि कडा लकडाउन

नेपाल प्लस२०७७ कार्तिक ३० गते २२:४०

आंशिक लकडाउन गरेको दुई हप्ता पुग्दापनि कोरोना भाईरस द्रुत गतिमा फैलिँदै गएपछि अष्ट्रियाले झन कडा लकडाउन गर्ने भएको छ । यस अघि खुला रखिका स्कूल र स्टोरहरुपनि बन्द गरिने भएका छन् । यसका साथै असाध्यै जरुरि स्टोरबाहेक अन्य सबै बन्द गरिने भएको छ । कडा लकडाउन मंगलवार गरिने भएको हो ।

“नयाँ प्रतिबन्ध” आवश्यक छ” अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले शनिबार भियनामा एक प्रेस सम्मेलनमा भने “म मगलबार देखि डिसेम्बरको अन्त्यसम्म वसन्त याममा गरेको जस्तै पद्दती अपनाईने छ ।”

तर प्राथमिक विध्यालय र कलेजहरुले दूर शिक्षा (अनलाईन पढाई) दिने ब्यवस्था गर्ने छन् ।

चान्सलरले सामाजिक दूरी कायम गरिने, बाहिर निस्किनकालागि कुनै दौड, पेशेवर नागारिक, औषधी पसल, चिकित्सासित संवन्धित नागरिक, खेलकुद, पदयात्रा आदिलाई विशेष अवस्थामा मात्रै खुला बताएको एएफपी न्युजले उल्लेख गरेको छ ।

खाध्य पसल, फार्मेसी, बैंक, हुलाकका कर्मचारीहरुलाई अत्यावस्यक सेवामा राख्दै खुला छोडिने निर्णय गरिएको छ । ब्यापारिक केन्द्रहरुले भने आफ्ना ढोका बन्द गर्नुपर्ने छ ।

प्राथमिक पाठशाला र कलेजहरु बन्द गरिने छन् । हालसम्म ति खुला थिए । माध्यमिक स्कूल र विश्वबिध्यालयहरु भने बन्दनै थिए । आंशिक रुपमा रात्रिकालिन कर्फ्यु नोभेम्बरको शुरुदेखिनै लगाइएको थियो । रेस्टुरेन्ट, संग्रहालय, कन्सर्ट हल, ब्यायाम, नाट्यशाला सबै बन्द थिए र ति बन्दनै रहने छन् ।

करिब ८८ लाख मात्रै जनसंख्या भएको अष्ट्रियामा शुक्रबारमात्रै झण्डै १० हजार कोरोना संक्रमित देखिएका थिए । त्यस्तै शनीवार सात हजारमा कोरोना भेटिएको थियो । जबकि अक्टोबरको शुरुमा जम्मा १००० मा मात्रै कोरोना संक्रमित भेटिएको थियो ।

अष्ट्रियामा दुई हजार सघन उपचार कक्ष छन् । ति मध्ये ५६७ वटा बेड कोरोना संक्रमितले भरिएको छ । हालसम्म १६६० जनाको कोरोना संक्रमणबाट म्रित्यु भएको छ फ्रान्स अन्युज २४ ले उल्लेख गरेको छ ।

(फोटो- सेबास्टियन कुर्जको ट्विटर)

तपाइँको प्रतिक्रिया

फेसबुक