शुक्रबार, वैशाख ७, २०८१

हङकङको नेपाली भट्टीमा आगलागि : सातको मृत्यु, दर्जनबढि घाइते : खास भएको के हो ?

नेपालप्लस विशेष संवाददाता / हङकङ२०७७ मंसिर १ गते १२:५६

UPDATE

(हङकङ आगलागी दूर्घटनाका घाइते मध्ये थप दुई जनाको मृत्‍यु भएको छ । यो सँगै मृत्‍यु हुनेको संख्या ९ पुगेको छ । मृत्‍यु हुनेमा नविन लिम्बु र निला राई रहेको हङकङस्थित सामाजिक अभियन्ता गोकर्ण ढकालले जानकारी दिए । निला राई उक्त क्लबमा टेक अवे खाना लिन गएकि थिईन् । खान लिन केहि बेर पर्खाएका थिए । केहिबेरमै उक्त घटनामा परेकि थिईन् । ढकालका अनुसार अनुसार अन्य ९ जनाको अवस्था गम्भिर रहेको छ भने एक जना सामान्य उपचारपछि घर फर्किएका छन ।)

आइतबार साँझ ८ बजे हङकङको जोर्डनस्थित यौमा तेइ टेनिमेन्ट भवनमा रहेको जिरे खुर्सानी क्लब नामको एक नेपाली भट्टीमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । एच के नेपालका अनुसार मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित चार पुरुष र तीन महिला रहेका छन् । प्राप्त जानकारीका अनुसार मृत्यु हुनेहरुमा ९ वर्षीय रायन, ३८ वर्षीय युवराज कँडेल, ३९ वर्षीय शेर गुरुङ, ४० वर्षीय राम बाबु, नाम नखुलेका अन्दाजी २० वर्षीया महिला, ३० वर्षीया अनिता निम्ला र ४० वर्षीया विनिला तामाङ रहेका छन् ।

हङकङस्थित अन्तर्राष्ट्रिय नेपाली धावक डिना बगालेले नेपालप्लसलाइ दिएको जानकारि अनुसार म्रित्यु हुनेमा चिनियाँ धनाढ्य दिक्सन पूनका नेपाली सहयोगि र चालकसमेत रहेका एक नेपालीसमेत छन् । उनीपनि त्यहि जन्मदिनको भोजमा सामेल थिए । तर ति नेपालीको नाम खुल्न सकेको छैन ।

हङकङ एफ पी डटकमले उल्लेख गरे अनुसार घाइते मध्ये सातको अवस्था गम्भिर छ । एक दर्जनबढि घाइते छन् । घाइते मध्ये एक जना बच्चा र एक पुरुष भागेर बच्न सफल भएका हुन् । हाल चिनियाँ प्रशासनले यसलाई घेरामा लिएर गम्भिर अनुसन्धान गरिरहेको छ ।

आगो क्यान्टन रोड र साइगन स्ट्रीटको चोकबाट शुरू भएको आरटीएचके हङकङले उल्लेख गरेको छ । आरटिएचकेका अनुसार आगलागी भएपछि भट्टीमा भोज गरिरहेका नेपालीहरुले आगलागीको कुनैपनि अलार्म सुनेनन् । अगालागी भएपछि चिकित्सकको टोली तत्कालै पुगेको थियो । उनीहरुले १७ जनालाई तुरुन्तै अस्पताल दौडाएका थिए ।

घटनापछि हङकङकि प्रमुख कार्यकारी निर्देशक क्यारी लामले घटनाको गम्भिर अनुसन्धान गरेर छानबिन गर्न माग गरेकि छन् ।

                                 यसरि भयो दूर्घटना

(फोटो- एपल डेली)

हङकङस्थित अन्तर्राष्ट्रिय नेपाली धावक डिना बगालेलेले नेपालप्लसलाई बताए अनुसार वागलुङका युवराज कँडेलको परिवारले आइतवार साँझ त्यहाँ जन्मदिनको भोज राखेको थियो । घटना हुँदा सबै निम्तालुहरु आइपुगेकै थिएनन् । ति आइनपुग्दै बर्थ डे केक काट्ने मेसो चल्यो । केक माथिको झिरझिरेमा आगो सल्काए । त्यो आगोको ज्वालाले भित्ताका कोप्चेरा र चरबाट भट्टीभित्रको आवाज बाहिर जान नदिन (साउन्ड प्रुफ) बनाउन राखिएको थर्मोमा आगो टिप्यो । तिहारको दिपावलीको लागि रंगिबिरंगी झिलझिलेहरुपनि टन्नै झुण्ड्याएका थिए । केकमा लाईट बाल्दा त्यसले झिलझिलेबाट थर्मोमा आगो सल्कियो । त्यो थर्मोबाट धुवाँको मुस्लो निस्कियो । भित्ताबाट सल्किएको आगो ढोकासम्म पुग्यो । धुवाँ भरिएपछि सबै अलमलमा परे । ढोका खोल्नको साटो ज्यान जोगाउन कोहि भान्छातिर भागे । केहि झ्यालबाट हाम्फालेर बचे । थर्मोबाट आएको धुवाँ कुइरिमण्डल भयो । धुवाँले उकुसमुकुस भएपछि ढोका खोल्ने मेसोनै पाएनन् र धुवाँको मुस्लोमै ‘ट्र्याप’ मा परे । आगो दनदनी हुँदै गयो र दूर्घटना हुनपुग्यो । अग्नी नियन्त्रक पुग्दासम्म त्यहाँ दूर्घटना भैसकेको थियो ।

बागलुङ समाज हङकङको भाईबर ग्रुपमा बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीले राखेको सूचना अनुसार बागलुङ समाज हङकङका कार्यसमितिका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, बागलुङ समाज हङकङका आजिवन सद्स्य राज कँडेलको परिवारका ३ सदस्यपनि थिए । ति मध्ये राज कँडेलकि बहिनी पूजा कँडेलको परिवारका ४ जना दूर्घटनामा परेका छन् । दूर्घटनामा राज कँडेलको छोरीको मृत्यु भएको भाईवर ग्रुपमा उल्लेख छ । कँडेलको परिवारलाइ हाल हङकङस्थित कोङा अस्पतालमा राखिएको छ । त्यहाँ कसैलाई भेटघाट गर्न दिईएको छैन । बागलुङ बिउकोटका क्रिष्ण कँडेल लोक गायक पनि हुन् ।

(फोटो- एपल डेली)

त्यस्तै, पूजा कँडेलको परिवारका चार जना गम्भिर घाइते छन् । तिनलाई कुन अस्पतालमा लगिएको हो भन्ने अझै पत्ता लागेको छैन । उनीहरुको हङकङको परिचयपत्र पत्ता लगाउन नसकिएकाले कुन अस्पताल लगेको हो भन्ने थाह पाउन गाह्रो भएको बुढाथोकीले उल्लेख गरेका छन् ।

बागलुङ समाज हङकङका कार्यसमिति कृष्ण कँडेललाई हाल क्युई अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ । उनको अवस्था गम्भिर रहेको उल्लेख छ । अस्पताल प्रशासनले हाल भेटघाट गर्न दिएको छैन ।

                              रेस्टुरेन्ट होइन भट्टी पसल

रेस्टुरेन्ट भनिएपनि हङकङ सरकारको कुनैपनि निकायमा जिरे खुर्सानी रेस्टुरेन्टका रुपमा दर्ता गरिएको छैन । यसलाई क्लवका रुपमा सन्चालन गरिएको थियो । क्लवको नाममा सन्चालित यो गैह्र कानुनी  रेस्टुरेन्क्ट थियो । हङकङको प्रशासनमा रेस्टुरेन्टका नाममा दर्ता नगरि चलेका यस्ता झण्डै पाँच दर्जन भट्टी छन् । तिनले नेपाली संस्क्रिति, परम्परा र चाडपर्व मनाउन भन्दै क्लबका रुपमा सन्चालन गर्ने गरेका छन् ।

यस्ता भट्टीहरुलाई रेस्टुरेन्ट भनिएपनि हङकङको प्रशासनिक निकायमा रेस्टुरेन्टका रुपमा दर्ता भएको पाइन्न । क्लवका रुपमा सन्चालित यिनको खासै आधिकारिक ठेगानापनि हुन्न । सानो ठाउँमा आफ्नो संस्क्रिति रक्षा गर्न, आफ्नो समूदायको चाडपर्व मनाउन, खानपिन गर्न भन्दै सन्चालन गरेका हुन्छन् । त्यहाँको प्रशासनको निगरानी हुँदापनि ‘हामी आफ्नो समुदायले सांस्क्रितिक आदानप्रदान गरेको’ भनेर बच्ने गरेका छन् । यस्ता भट्टीहरुमा त्यहाँका चिनियाँ नागरिकहरु खासै जाँदैनन् र तिनलाई मेसोपनि हुन्न ।

रेस्टुरेन्टका रुपमा दर्ता नगरि गैर कानुनी रुपमा सन्चालन गर्दै आएका यस्ता रेस्टुरेन्टमा अधिकांश कामदार गैरकानुनिरुपमै न्युन पारिश्रमिकमा काम गर्ने हुनाले तिनले विमा गरेका हुँदैनन् । त्यसैले तिनले विमा मार्फत पाउने कुनै सहयोगपनि हुन्न । बरु यसरि गैर कानुनी रुपमा रेस्टुरेन्ट भन्दै सन्चालित भट्टी र क्लबहरुलाई त्यहाँको प्रशासनले कारवाहि गर्न सक्ने अवस्था छ ।

भिडियो हेर्नुस्

(फोटो स्रोत- hongkongfp.com)

तपाइँको प्रतिक्रिया

फेसबुक