शुक्रबार, वैशाख १४, २०८१

बेलायती प्रधानमन्त्री जोनसन फेरि आइसोलेसनमा !

नेपाल प्लस२०७७ मंसिर १ गते १५:३३

बेलायती प्रधानमन्त्री बोरिस जोनसन फेरि आइसोलेसनमा बसेका छन् । विहिवार उनी आफ्नै पार्टीको सांसद ली एन्डरसनसित ३५ मिनेट वार्ता गरेका थिए । एण्डरनमा कोरोना भाईरस संक्रमित भएपछि उनी अचेत भएकाले जोनसन आइसोलेसनमा बसेका हुन् ।

युरोपेली परिषदको बुलेटिनमा उल्लेख भए अनुसार उनले सरकारको काम प्रधानमन्त्री निवास बाटै सुचारु गर्ने छन् ।

स्विस सरकारको कोरोना भाईरस संवन्धि बुलेटिनमा बोरिस जोनसनमा भने कोरोना भाईरसको लक्षण अहिले नदेखिएको उल्लेख छ ।

जोनसनको हिजो आइतवार कोरोना भाईरस परिक्षण गरिएको थियो । उनमा लक्षण नदेखिएपनि कोरोना परिक्षण गर्ने क्लिनिकले कोरोना संक्रमित एन्डरसनसित भेट गरेको हुँदा आइसोलेसनमा बस्ने सुझाव दिएपछि उनी आइसोलेसनमा बसेका हुन् ।

कोरोना भाइरसबाट संक्रमित भएपछि प्रधनमन्त्री जोनसन सात महिना अघि उपचारकालागि सघन उपचार कक्षमा भर्ना भएका थिए ।

बेलायतका अन्य चार सांसद, क्याथरिन फ्लेचेर, एन्डी कार्टर, लिया निसी र ब्रेन्डन क्लार्के स्मिथपनि हाल आइसोलेसनमै बसेका छन् ।

तपाइँको प्रतिक्रिया