बुधबार, वैशाख १२, २०८१

कोरोनाबिरुद्दको खोप ५० करोड नागरिकमा लगाउनुपर्ने, प्रभाव एक वर्षपछि मात्रै

नेपाल प्लस२०७७ मंसिर २ गते २२:१२

कोरोना बिरुद्दको खोप भर्खरै आइहाल्ला र यसको संक्रमण रोकिएला झैं प्रचार भएपनि त्यसो भैहाल्ने अवस्था छैन । युरोपेली युनियनका देशहरुमा औषधीजन्य उत्पादन सिफारिस गर्ने निकायले यो खोप सबैलाई तत्कालै उपलब्ध गरान नसक्ने बताएको छ । कोरोना बिरुद्दको खोप लगाउन शुरु गरेपनि कम्तिमा ५० करोड नागरिकलाई लगाउनुपर्ने र त्यसको प्रभाव एक वर्षपछि मात्रै देखिने स्पष्ठ पारेको छ ।

युरोपेली युनियन (इयु) राष्ट्रहरुमा कोरोना बिरुद्दको खोप यहि वर्षको अन्त्यसम्म सुफारिस गरेर जनवरिबाट बितरण गर्न सक्ने बताएको छ ।

इयु राष्ट्रहरुमा औषधी वा खोपको सिफारिस युरोएपेली मेडिसिन एजेन्सी युमेएले गरेपछि मात्रै प्रयोग गर्न पाइन्छ । युमेएले कोरोना भाईरस बिरुद्दको खोप सन् २०२० को डिसेम्बरसम्म अनुकुल राय दिने बताएको छ । उसले राय दिएलगत्तै नयाँ वर्षको शुदेखिनै खोप प्रयोग मा ल्याउनेसक्ने हरियो संकेत दिने युमेएका निर्देशकले सार्वजनिक गरेका छन् ।

“यदि तथ्यांक सहि भएमा हामी यो वर्षको अन्त्यसम्ममा खोपलाई हरियो संकेत दिने छौं । त्यसपछि जनवरिबाटै बितरण शुरु गर्न सकिन्छ” युमेएका निर्देशक गुइदो रासीले ईटालियन पत्रिका सोले २४ ओरेलाई अन्तर्वार्ता दिँदै बताएको फँस २४ न्युजले उल्लेख गरेको छ ।

युमेएको उद्देश्य इयु देशहरुमा औषधीजन्य उत्पादनलाई अनुगमन र नियमन गर्नु हो । युमेएको सिफारिसपछि ईयु निकायले युरोपेली देशहरुलाई औषधी र खोपको बजारिकरण गर्न अनुमति दिन्छ ।

युमेएले खोपको पहिलो प्रभाव आगामी गर्मीयाममा मात्रै देखिने उल्लेख गरेको छ ।

सन् २०२१ मा ६ वा ७ वटा खोपहरु उपलब्ध हुने उल्लेख गर्दै युमेएले पिफाइजरले निकाल्न लागेको खोपको पहिलो क्लिनिकल डाट प्राप्त गरेको गुइदो रासीले बताएका छन् ।

“हामीले एस्ट्राजेनेकाबाट प्रि-क्लिनिकल तथ्यांक पाएका छौं । ति पशुमा गरिएको परीक्षणबाट निस्केका हुन् जसको मूल्यांकन भैसकेको छ र अन्तमा हामीले मोडेर्नासँग धेरै छलफल गरेका छौं” रासीले ईटालियन पत्रीकासित भने ।

उनक अनुसार जनवरी महिनामा खोपलाई बजारमा लगेको पाँच देखि ६ महिनामा मात्रै त्यसको प्रभाव देखिन्छ । खासगरि अर्को वर्षको गर्मीयाममा मात्रै देखिने उनको भनाई छ ।

“स्पष्ट छ, यो खोप सबैलाई एकै पटक लगाउन सम्भव छैन । तर हामी सबैभन्दा पहिले प्राथमिकतामा पर्ने वर्गबाट खोप लगाउन शुरु गर्ने छौं । वृद्धहरू, स्वास्थ्यकर्मी, दिर्घरोगी, सुसारेहरू बाट शुरु गर्छौं जसले रोग फैलाउन पूलको काम गर्नेलाई बन्द गर्छ” उनले भने ।

युरोपियन मेडिसिन एजेन्सी (युमेए) का निर्देशक रासीका अनुसार कोरोना भाइरसको संक्रमण रोक्न कम्तिमा युरोपको आधा भन्दा बढि जनसंख्यालाई खोप दिनुपर्ने निर्देशकले बताएका छन् । यसको अर्थ ५० करोड नागरिकलाई कोरोना बिरुद्दको खोप दिईनुपर्छ । उनले भने “सबैलाई खोप दिन सबै कुरो सोचे अनुसार अगाडि बढेमा यो खोप सबैलाई दिन एक वर्ष लाग्छ । त्यसपछि बल्ल सबैलाइ पुग्ने खोप उपलब्ध हुन सक्छ ।”

तपाइँको प्रतिक्रिया