बिहीबार, वैशाख १३, २०८१

स्विस अस्पतालका सघन उपचार कक्ष सबै भरिए, सिकिस्त भए बेड छैन

नेपालप्लस२०७७ मंसिर ३ गते ०:२९

स्विजरल्याण्डको अस्पतालमा  सघन उपचार कक्षका सबै बेडहरु भरिएका छन् । कोरोना भाईरस संक्रमितको संख्या ब्यापक रुपमा बढेपछि अस्पतालका बेडहरु भरिएका हुन् ।

सामान्यतया वयस्कहरुको गम्भिर अवस्थाको उपचारका लागि ब्यवस्था गरिएका ८७८ बेड थिए । ति सघन उपचार कक्षका बेडहरु हाल सबै भरिएका हुन् । स्विस सोसाईटी अफ इन्टेन्सिब मेडिसिनमा उल्लेख भए अनुसार १०० प्रतिशत मान्यता प्राप्त वा पूर्ण रुपमा ब्यवस्थित बेडहरु सबै भरिएका छन् ।

स्विस सोसाईटी अफ इन्टेन्सिब केयरले आज सघन उपचार बेडहरु भरिएकाले आफ्नो उपचार कसरि गर्ने भन्ने सोच्न नागरिकहरुलाई आग्रह गरेको छ । उनीहरुलाई गम्भिर रोग लागेको अवस्थामा जिवनलाई कसरि लम्ब्याउने भन्ने उपायहरु लिन चाहन्छन् कि चाहन्न भन्ने सोच्न आग्रह गरेको उल्लेख छ ।

सोसाईटीको बुलेटिनमा हालसम्म बेडको संख्या बढाएर, पछि सार्न सकिने शल्यक्रियाका बिरामीको मिति सारेर र भरिभराउ अस्पतालका विरामी अन्य प्रान्तका खाली बेडमा स्थानान्तरण गरेर मात्रै बिरामीको चापलाई धान्न सकिएको थियो । अब भने त्यस्तो अवस्था नरहेको बताइएको छ ।

स्विजरल्याण्डले भाइरसको फैलावट रोक्नको लागि दूरगामी उपायहरू प्रयोग गर्न हिचकिचाएको रिपोर्टहरुमा उल्लेख छ । देशका बिभिन्न ठाउँमा हिम चिप्लेटी खेल्ने स्टेशन र होटेलहरु खुल्ला छन् । त्यहाँ मानिसहरु मास्कसमेत नलगाइकनै भिडभाड गरेको देखिएको समाचारहरुमा उल्लेख छ । कतिपय ठाउँमा त भिड लागेर हिमालको माथिल्लो भागमा जाने लिफ्ट कुरेर बसेको देखिन्छ । यसलेपनि कोरोना संक्रमितको संख्या बढेको हो ।

यस देशको स्वास्थ्य सेवा प्रणालीलाई विगतमा अन्य देशहरूका लागि नमूनाको रूपमा व्यापक प्रशंसा गरिएको थियो । तर यसको सघन उपचार वार्डहरू अहिले क्षमता बाहिर पुगेको छ । डाक्टरहरूले कसको हेरविचार गर्ने भन्ने बारेमा कठिन विकल्पहरूको सामना गर्नुपरेको छ ।

बेडहरुको क्षमता भरिएपछि चिकित्सकहरुले आफ्नो उपचार र बाँच्ने चाहनाका बारेमा उल्लेख गर्न बिरामी र असक्त अवस्थाका विरामी भए तिनका आफन्तलाइ आग्रह गरेका छन् । “तपाईको बाच्ने चाहना कुन खाले, कुन स्तरको हो, कुन खाले उपचार चाहनुहुन्छ” उल्लेख गर्नुहोला भन्दै आग्रह गरिएको छ ।

यसरि उल्लेख गर्दा चिकित्सकहरुको टोलीलाई उपचार पद्दती अपनाउन सजिलो हुने र हरेक ब्यक्तिपिच्छे उपचारको उपयुक्त बिधी रोज्न सहज हुने उल्लेख छ ।

स्विजरल्याण्डमा ८५ लाख जनसंख्या छ । नोभेम्बरको ३ देखि यता त्यहाँ ८३ हजार ५०० मा कोरोना भाइरस संक्रमित भैसकेको सरकारी तथ्यांक छ । यो समयमा ९८६ जनाको त कोरोना संक्रमणबाट म्रित्युनै भैसकेको छ ।

तपाइँको प्रतिक्रिया