शनिबार, वैशाख १५, २०८१

फ्रान्समा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो 

नेपाल प्लस२०७७ मंसिर ३ गते १५:५२

फ्रान्समा कोरोना  संक्रमितको संख्या २० लाख नाघेको छ । फ्रान्सको स्वास्थ्य सेवा बिभागका निर्देशक जेरोमसालोमोनले मंगलवार सार्वजनिक गरेअनुसार ३३ हजार पाँच सय कोरोना संक्रमित अस्पतालमा भर्ना छन् ।

“कोरोना संक्रमण शुरु भए यता फ्रान्सले २० लाख विरामीको रेखा नाघ्यो” जेरोम सलोमोनले मंगलवार अपरान्ह स्वास्थ्य स्थिति बारे सूचना सार्वजनिक गर्दै भने । उनले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या मंगलवार सम्ममा २० लाख ३६ हजार सात सय ५५ पुगेको छ । त्यस्तै ३३ हजार पाँच सय उपचारकालागि अस्पताल भर्ना छन् ।

पछिल्लो समयमा कोरोना संक्रमणबाट एक हजार दुई सय १९ जनाको थप म्रित्यु भएको छ । गत २४ घण्टामै ४३७ जनाको म्रित्यु भएको हो ।

फ्रान्समा हालसम्म अस्पताल र नर्सिङ होममा कोरोना संक्रमणबाट म्रित्यु हुनेको संख्या ४६ हजार दुई सय ७३ पुगेको छ । त्यस्तै सघन उपचार कक्षमा भर्ना हुनेको संख्या ४ हजार ८ सय ५४ छ ।

तपाइँको प्रतिक्रिया