बिहीबार, चैत १५, २०८०

जीवा लामिछानेको ‘देश देशावर’ बजारमा

नेपालप्लस २०७७ मंसिर ४ गते ०:२७

लेखक तथा ब्यवशायी जिवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’ हिजोदेखि बजारमा आएको छ । सर्सर्ती संसार लेखेर ख्याती कमाएका लामिछनेको यो दोस्रो कृति हो । देश देशावर फाइन प्रिन्टले बजारमा ल्याएको छ । यस संग्रहमा विभिन्न देशको यात्राका क्रममा प्रत्यक्ष भोगिएका र देखिएका विषयबस्तुलाई लिपिवद्ध गरिएको छ ।

यो पुस्तक नेपाली पाठकहरुका लागि रोचक लाग्न सक्छ । संग्रहमा २० वटा यात्रा संस्मरण समेटिएका छन् । सबै संस्मरणमा भिन्दा भिन्दै देशका अनुभवहरु छन् । स्वदेश तथा बिदेशमा बिभिन्न ब्यवसायमा संलग्न भएका लामिछाने मुल रुपमा यात्री हुन् । उनी फुर्सदको समयमा भन्दा पनि फुर्सद निकालेर घुम्न रुचाउँछन ।

विश्वको ईतिहास, भूगोल भित्रका अलग अलग संस्कृती र रहनसहनमा रुचिराख्ने लामिछानेले करिव १ सय ३० देशको यात्रा गरिसकेका छन् । सर्सर्ती संसार पढिसकेका र त्यसलाई पढ्न नपाएका तर पढेरै विश्वको रस्वादान गर्न उत्सुक पाठकहरुले यो कृति छुटाउनै नहुने फाइन प्रिन्टले जनाएको छ । उसका अनुसार पुस्तक नेपालका मुख्य शहरका पुस्तक पसलमा उपलब्ध छ भने अमेरिका र क्यानडाका पाठकहरुले यसलाई https://mynepus.com/ अनलाइन मार्फत अर्डर गर्न सक्ने छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक