शुक्रबार, वैशाख १४, २०८१

स्विस बैंकहरूको हतियार निर्माणमा अरबौं लगानी : अमेरिकामा ठूला हतियार निर्माणकर्तासित अरबौंको शेयर

नेपालप्लस आर्थिक संवाददाता / स्विजरल्याण्ड२०७७ मंसिर ४ गते १२:३७

शान्ति क्षेत्र घोषित स्विजरल्याण्डकै राष्ट्रिय वैंकले हातहतियार निर्माणमा लगानी गरेको तथ्य बाहिरिएको छ । मानविय सहयोग र सेवामा भन्दा उसको लगानी हातहतियार निर्माणमा देखिएको छ । स्विस नेशनल बैंकले २ अरब ४० करोड डलर भन्दा बढि रकम अमेरिकी ठूला हतियार निर्माणकर्तासित आफ्नो शेयर लगानी गरेको छ ।

अमेरिका जस्तो हातहतियार निर्माण गर्ने देशका ठूला हतियार निर्माणकर्तामा शेयर लगानी गरेर हतियार निर्माणमा तल्लिन भएपछि स्विजरल्याण्डमा त्यसको चर्को बिरोध हुँदै आएको छ । आगामी नोभेम्बर २९ का दिन स्विजरल्याण्डका नागरिकहरुले यस्ता गतिबिधी रोक्ने वा नरोक्ने भनेर मतदान गर्दै छन् ।

स्विस इन्फो डट सि एचका अनुसार सन् २०१७ र सन् २०१८ मा स्विजरल्याण्डका ठूला वित्तीय संस्थाले आणविक हतियार निर्माण गर्ने कम्पनीहरूमा ९ अरब भन्दा बढी लगानी गरेका थिए ।

जून २०१९ मा डच शांतिवादी गैरसरकारी संस्था प्याक्स र अन्तर्राष्ट्रिय आणविक हतियार अभियान अन्त्यका लागि कार्यरत आईसीएएन द्वारा गरिएको बम संवन्धि प्रतिवेदनमा यो आँकडा सार्वजनिक भएको थियो ।

रिपोर्टका अनुसार आणविक हतियारमा संलग्न विश्वका नौवटा ठूला समूहहरूले चार स्विस वित्तीय संस्थाहरूबाट लगानी प्राप्त गरेका हुन् । तिनमा यूबीएस, क्रेडिट स्विस, केन्द्रीय बैंक (स्विस नेशनल बैंक, एसएनबी) र सम्पत्ति व्यवस्थापन समूह फिश एस्सेट म्यानेजमेन्ट छन् ।

ति हतियार निर्माताहरुले अधिकांश सेयर वा बन्डहरू यी लगानीबाट बनाउँछन् र त्यो सबै एस एन बि र फिश एस्सेट म्यानेजमेन्टले गर्छ । क्रेडिट स्विस र युएसबीको लगानी मध्ये कर्जापनि हो । ति मध्ये क्रेडिट स्विसले ५० करोड ७० लाख स्विस फ्र्यांक र यु बि एसले १४ करोड ५० लाख स्विस फ्र्यांक कर्जामा लगानी गरेको रिपोर्ट सार्वजनिक गर्ने मध्येका एक सुसी स्नेडरले स्विस इन्फो डट सि एचलाई बताएको समाचारमा उल्लेख छ ।

नोभेम्बर २९ मा स्विस नागरिकहरूले “युद्ध व्यापारका बिरूद्ध” लोकप्रिय पहलमा मतदान गर्नेछन् । यस्तो युद्द ब्यापार सुधार गर्ने समर्थकहरूका लागि प्याक्सले उपलब्ध गराएको तथ्यांकले के देखाउँछ भने वर्तमान स्वीस कानूनले औपचारिक रूपमा अन्तर्राष्ट्रिय रूपमा निषेधित हतियारहरूको प्रत्यक्ष वित्तपोषणलाई प्रतिबन्ध लगाउँदैन । त्यसलाई रोक्न त्यो कानुन अपर्याप्त छ ।

यो मतदानको भित्रि उद्देश्य के हो भने एसएनबी, फाउन्डेशन र पेन्सन कोषहरू द्वारा परम्परागत हतियारहरू सहित अन्य हतियारहरूका अन्तर्राष्ट्रिय निर्माताहरूका लागि सबै प्रकारका वित्तपोषण प्रतिबन्ध लगाउनु पर्छ । अन्तर्राष्ट्रिय हातहतियार निर्माण बिरुद्द कार्यरत संस्थाको उद्देश्यपनि त्यहि हो ।

ठोस रूपमा ती हतियार उत्पादकहरूलाई ऋण प्रदान गर्न प्रतिबन्धित हुनेछन् । तर त्यस्ता कम्पनीहरूसँग सम्बन्धित शेयर र वित्तीय उत्पादनहरूको स्वामित्वबाट पनि निषेध गरिनेछ । यो पहलले प्रत्यक्ष रूपमा बैंकहरूलाई लक्षित गर्दैन । तर उनीहरूलाई यस्तो सहयोग लागू गर्न समान नियमहरू बनाउने प्रतिबद्धता गर्न सरकारलाई आह्वान गर्दछ ।

स्विस इन्फो डट सिएचले एस एन बिसित सम्पर्क गर्दा एस एन बिले यो रिपोर्ट बारे विस्तारमा बताउन र लगानीको कुल रकम खोल्न अस्विकार गरेको उल्लेख छ ।

तर अमेरिकी धितो र एक्सचेन्ज आयोग (एसईसी), अमेरिकी शेयर बजार पर्यवेक्षण प्राधिकरणले हरेक त्रैमासिकमा एसएनबीको अमेरिकी लगानीमा एक सिंहावलोकन (रिपोर्ट) जारी गर्छ । यसको क्यु २, २०२० प्रकाशन अनुसार अमेरिकामा एस एन बीको स्थितिको दायरा हातहतियार निर्माणमा प्रतिबन्धका लागि कार्यरत प्याक्स रिपोर्टले उल्लेख गरेको भन्दा धेरै ठूलो देखिन्छ ।

जुनको अन्त्यसम्म, बैंकले स्टकहोल्म अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानले सूचीबद्ध गरेको ठूला अमेरिकी शस्त्रागार र रक्षा व्यवसायहरु मध्ये २९ वटा मा सेयर राखेको थियो । ति मध्ये आणबिक हतियारमा सक्रिय मानिएका नौ वटा थिए । तिनमा बैंकले करीव २ अरब ४० करोड डलर लगानी गरेको थियो ।

नेउ जुर्चेर जेइटुङ अखबारको एक अनुमानका अनुसार यसको अर्थ विश्वव्यापी रूपमा एसएनबीको व्यापक हतियारको कारोबारमा लगभग २० अरब स्विस फ्यांकको सम्पत्ति लगानी छ ।

तर एसएनबीले भने “अन्तर्राष्ट्रिय तवरले निषेधित हतियार उत्पादन गर्ने कुनै पनि कम्पनीमा लगानी गर्नबाट पूर्णतया रोक लगाएको” र साधारणतया “कुनै खास परियोजना वा उत्पादनको प्रत्यक्ष वित्तपोषणमा संलग्न नभएको” दाबी गरेको छ ।

प्याक्स प्रतिवेदनको विवरणमा उल्लेख गरिएका कुरालाई टिप्पणी नगरी अन्य बैंकहरूले पनि नोभेम्बर २९ मा हुने मतदान पहलको विरोध गरेका छन् । उनीहरूले संघीय ऐनको उल्लंघन हुनेगरि युद्ध सामग्रीमा लगानी नगरेको दाबी गरेका छन् ।

युबीएस जस्ता बैंकहरुले जुन लगानीको क्षेत्र रोजेका छन् तिनको लगानी द्रिष्टिकोण बारे आलोचना भएको छ । आलोचकहरुले तिनको लगानीको क्षेत्र अत्यन्तै शंकास्पद भनेका छन् । वित्तीय कम्पनीहरूले बोइंग र एयरबस जस्ता नागरिक अर्थव्यवस्थाको लागि महत्त्वपूर्ण व्यवसायहरूलाई लगानी नगर्ने तर हातहतियार उत्पादनमा भने लगानी गर्ने भन्दै आलोचना गरेका हुन् ।

हातहतियार उत्पादनको बिरुद्द काम गर्ने प्याक्सले भने यस्ता लगानीकर्ताले जतिसुकै बचाउ गरेपनि तिनको लगानीको क्षेत्र हेर्दा तिनले अन्तत : आणबिक हतियार प्रयोगमा संलग्न रहेको वा हतियार उत्पादनकर्तालाई बित्तिय सहयोग गरेको पुष्टि गर्ने उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया