आइतबार, मंसिर १४, २०७७

वन्यजन्तु व्यापारको जोखिम नघटेसम्म कोरोना जस्ता रोग फैलिने झन धेरै संभावना

ददि सापकोटा२०७७ मंसिर ६ गते १२:२९

कोरोना भाईरसलाई रोकथाम गर्ने नाममा दर्जनौं प्रयोगशालाका खोपबारे खरबौं खरबको लगानी भैरहेको छ । प्रयोगशालाहरु आफ्ना खोप बाहिर निकाल्न तिब्र दौडमा छन् । कोरोनाले सोत्तर पारेको अर्थतन्त्र कोरोना खोपकै नाममा उचाल्न सकिन्छ कि भन्ने दाउमापनि छन् धेरै देश । तर कोरोना भाईरस जस्ता रोगहरुको दिर्घकालिन प्रभाव र त्यस्ता रोग फेरि फेरि बल्झिन नदिन के गर्नुपर्छ भन्ने विषयमा भने खासै ध्यान गएको देखिन्न । कोरोना भाईरसलाई दिर्घकालिन रुपमा रोक्ने हो भने वन्यजन्तुको वसारपसार र तिनलाई घरेलु बनाउने तरिकालाई बदल्न जरुरि छ । अहिले विश्वभरि एक ठाउँबाट अर्को ठाउँमा जुन तरिका र पद्दतीले जिवजन्तुको ब्यापार, पालन र वसारपसार भैरहेको छ त्यसलाई ब्यापक सुधार नगर्ने हो भने कोरोना भाईरस निमिट्यार्न पार्न सफल भएनि त्यो भन्दा अझ खतरनाक रोगले फेरि विश्वलाई गाँज्न सक्छ । तर धेरैजसो देशका सरकारप्रमुखले मुख खोलेका छैनन् । नितिनिर्माताहरुको ध्यानपनि गएको देखिन्न । प्रयोगशालामा यसबारे बहस भएको छैन ।

अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले हालको वन्यजिवजन्तुको ब्यापार गर्ने कानुनलाई तत्कालै सुधार्नुपर्ने औंल्याएको छ । उनीहरुले बढि प्रभावी वन्यजिवको व्यापार गर्ने कानुनलाई प्रभावकारि बनाउनुपर्ने भन्दै विश्वभरिका नितिनिर्माता, सरोकारवालाहरुलाई आव्हान गरेका छन् । तर तिनको आवाजमा कसैले सुन्ने कान लगाएको छैन ।

नोभेम्बरको शुरुमा डेनमार्कमा मिंक भनिने न्याउरीमुसा जस्तो एक जिवबाट मानिसमा कोरोना भाईरस संक्रमण भएको तथ्य बाहिरियो । कसैले नसोचेको यो जिव पाल्ने फार्मबाट मानिसमा कोरोना भाईरस सरेको पुष्टि भएपछि ११ हजार मिंक तत्कालै मारिए । त्यहाँका १२०० मिंक फार्म हाउसमध्ये २०७ वटामा कोरोना परिक्षण गर्दा पोजेटिभ देखियो । अब प्रश्न उठ्छ, मानिसले घर पालुवा बनाएका अन्य जिव पाल्ने फार्महरु कति छन् ? कति खाले जिवलाई मानिसले पाल्तु बनाएका छन् ? तिनको वसारपसार कसरि हुन्छ ? अझ, मानिसले मेसोनै नपाएका, अनुसन्धनानै नगरेका कति खाले जिवमा मिंकमा झैं कोरोना भाईरस हुनसक्छ ? एकोहोरो कोरोना भाईरस बिरुद्द लकडाउन गर्ने र खोपकालागि दौडिरहेका देशहरुको ध्यान यता गएकै छैन । कोरोनाकालकै बेला पनि बिभिन्न देशमा पाल्तु जिवहरु ओसारपसार भने भैरहेकै छ ।

यदि नितिनिर्माताहरुले जिवजन्तुको वसारपसारमा कडाई नगर्ने, केहि जरुरि कदम नचाल्ने हो भने जनावरकै झुण्डबाट अन्य संक्रामक रोग, महामारि फैलिन सक्छ । कोरोना भाइरस रोक्दैमा अन्य भाइरस फैलिन्न भन्ने भ्रमले भविष्यमा झन गम्भिर क्षति हुनसक्ने संभावना छ । यस्ता संक्रामक रोग फैलिन नदिन सरकारहरुले जिवजन्तुको व्यापार र ओसारपसारको कानुनलाई कडाई गर्नुपर्छ । त्यति मात्रै होइन, जिवजन्तुका वासस्थानको सुरक्षा गर्ने कानुन ल्याउनुपनि उत्तिकै आवस्यक छ । तिनको वासस्थानको रक्षाकालागि लगानी बढाएर तत्कालै काम थाल्नुपर्छ । त्यसबाहेक, जिवजन्तु र मानवबिच हाल भैरहेको सम्पर्क, घुलमिल र अन्तर्क्रियालाई घटाउनु जरुरि छ । अहिले जसरि जिवजन्तु र मानवबिच अन्तर्क्रिया हुने गरेको छ त्यसलाई जारि राख्ने हो भने भविष्यमापनि यस्ता रोग यो दोहोरो सम्पर्कले फैलाउने जोखिम रहिरहन्छ ।

मानिसहरुले के ख्याल गरेका छैनन् भने कोरोना भाईरस जस्ता संक्रमित रोग मानिसमा स्थानन्तरण भैसकेका छन् । कतिपय रोगहरु वर्षौंसम्म सुशुप्त अवस्थामा रहनपनि सक्छन् । ति कालान्तरमा वा ढिलोगरि देखिन सक्छन् । जसरि डेनमार्कका सयौं फर्ममा मिंकबाट मानिसमा स्थानन्तरण भएको देखियो । यो प्रवाह अन्य जिवका फार्मबाटपनि देखिन सक्छ ।

गोटिङगन विश्वबिध्यालय लगायत अन्य अन्तरराष्ट्रिय स्तरका अनुसन्धानदाताहरुले यदि जिवजन्तुको ब्यापार र ओसारपसारलाई नियमन, अनुगमन र कडाई नगर्नेहो भने यस्ता अन्य संक्रमित रोग देखापर्नसक्ने चेतावनी दिएका छन् । भविष्यमा हुनसक्ने अझ गम्भिर खाले महामारिलाइ नियन्त्रण गर्न उनीहरुले सरकारहरुलाई वन्यजन्तु व्यापार, बासस्थानको संरक्षण र मानिस, वन्यजन्तु र पशुपालकबिचको अन्तरक्रिया घटाउन माग गरेका छन् । त्यसको सम्बोधन गर्न प्रभावकारी कानुन निर्माण गर्नुपर्ने तर्क तिनको छ । इकोलोजी एण्ड इभोलुसन म्यागाजिनमा उनीहरुले यसका बारेमा माथि उल्लेखित विभिन्न सुझावहरु दिएकापनि छन् ।

शरिर गलाउने वा पाक्ने संक्रमित रोग – जस्तै ब्याक्टेरियम (एकल सेलुलर सूक्ष्मजीवहरूको ठूलो समूहको सदस्य जससँग सेल भित्ता हुन्छ तर अर्गानेलहरू र एक संगठित न्यूक्लियसको कमी हुन्छ, यसमा केहि रोग समावेश हुन सक्छ), भाइरस वा परजीवी – जो एक जनावरबाट मानिसमा सर्छ । त्यो जुनोसिस भनेर भनेर चिनिन्छ । पछिल्ला वर्षमा, मानव स्वास्थ्य र अर्थव्यवस्थालाई ठूलो क्षति पुर्‍याउने अधिकांश मानव रोगजनक जिवाणुबाट वन्यजीव वा पशुपालनमार्फत् उत्पन्न भएका छन् । त्यस्ता रोगहरूमा इबोला, एड्स र सार्स समावेश छन् । कोरोना भाइरस जुनोटिक रोगहरु मध्ये नयाँ हो ।

यसका दुई वटा प्राथमिक कारण छन् जसले यस प्रकोपलाई अरुमा सार्न सजिलो बनाउँछ । त्यो के भने वन्यजन्तु व्यापार र प्राकृतिक वासस्थानको विखन्डन गर्नु हो । ती दुबै आवृत्तिले मानव र वन्यजन्तुहरूको बिच प्रत्यक्ष सम्पर्कको सम्भावना बढाउँछन् । वन्यजीव बजारमा जनावरहरूलाई अक्सर भिडभाड र असहज अवस्थामा राखिन्छन् जसले रोगजनकहरूको लागि मानवमा सर्न उपयुक्त वातावरण सिर्जना गर्दछ । साथै, बढिरहेको मानव जनसंख्याको बढ्दो माग पूर्ति गर्न प्राकृतिक वासस्थान मासिएको छ जसले पशुपालन र मानिसहरूलाई सम्भावित जुनोटिक रोगजनकहरूका जंगली पाहुनाहरूसँग नजिकको सम्बन्ध राख्दछ । यी दुई कारकहरूलाई सम्बोधन गर्ने हो भने भविष्यमा सरुवा रोगहरू रोक्न मद्दत मिल्छ ।

कोरोना भाईरस वन्यजन्तु बजारबाट आएको हुनसक्दछ भन्ने कुरा बुझेकाले चीन, भियतनाम र कोरियाका सरकारले भने वन्यजन्तुको व्यापार नियन्त्रण गर्न केही नियमहरु अपनाएका छन् । सानै प्रयास भएपनि त्यसले प्रत्येक वन्यजीव संरक्षणलाई टेवा पुर्‍याउँछ । तिनको प्रयासले अन्य देशहरूलाई विचार गर्न उदाहरण प्रदान गर्छ । बाँकी देशका नागरिकलाई यो दिशामा लाग्न जगजगाउँछ । निति नियम बनाउन दबाब बढाउँछ ।

वन्यजन्तु लेखकहरूले वन्यजन्तु बजारमा अचानक प्रतिबन्ध गरिएको सिरक, डसनाका बिरूद्ध खुला हुन सल्लाह दिएका छन् । त्यो किनभने यसले विपन्न, आप्रवासी र ग्रामीण जनसंख्यामा आधारित जनताको आय आर्जन र जिविकामा नकारात्मक असर पार्न सक्छ । ति आफ्नो जिविकाको लागि त्यस्ता बजारमा निर्भर हुन्छन् । बरु प्रतिबन्ध लगाउनु अघि वैकल्पिक निर्वाहका मार्ग खोलिदिने र स्थानीय समुदायसँग मिलेर काम गर्नुपर्छ । सरकारहरूले विशेष गरी जीवित जनावर र गैर-खाद्य वन्यजन्तु उत्पादनहरूमा समावेश गर्दै विभिन्न उपायहरूको संभावना खोज्नुपर्छ ।

कोरोनाभाइरस महामारीले यो रोगको व्यवस्थापनमा केहि भएकै छैन भन्न त सकिन्न । हाम्रो ध्यान केन्द्रित गरेको भने पक्कै छ । तर अर्को प्रकोप रोक्नको लागि कसो गर्ने ? “जुनसुकै अवस्थामा फैलिन सक्ने भएपनि प्राकृतिक संसारसँगको सम्बन्धसित मानव समुदायले परिवर्तन गर्नैपर्छ । यसलाई विश्वब्यापी मान्यतारुपमा स्थापित गराउनु जरुरि छ” गोटिङगेन विश्वबिध्यालको वन्यजन्तु विज्ञान निकायकि डा त्रिस्णा दत्ता भन्छिन्” वन्यजन्तुको नियमन जरुरि छ । उत्पादनमा उपभोक्ताको माग घटाउन तत्कालै कारवाहि शुरु गर्नुपर्छ । यो स्थानिय जिवपरिब्रित्ति प्रणाली (इकोसिस्टम) रक्षा गर्नु र वन्यजन्तु पशुधनलाई घटाएर मानव र तिनको बिचमा हाल रहेको हस्तक्षेपलाई घटाउनुपर्छ । यसो गरेमात्रै संक्रमणको महामारीलाई घटाउन सकिन्छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक