आइतबार, मंसिर १४, २०७७

अमेरिकाको सपना तुहिएपछि भेडीगोठको रहर !

तारा प्रसाद पुन, लुकुम् / रुकुम२०७७ मंसिर ७ गते १३:५८

मैले कतारमा ग्यास प्लान्टमा सहयोगीको रूपमा काम गरें । तर मेरो रोजगारदाताले मलाई सुरक्षाकर्मीका रुपमा नियुक्त गरेपछि मैले त्यो काम छोडेर घर फर्किने निर्णयबारे सोच्न थालें । गर्मी असहनीय थियो । काम गर्ने अवस्था कठोर थियो । पैसकोलागि भनेर बस्दा म मर्नु परेको भए मेरो परिवारलाई बचाउने कोहि हुने थिएन ।

त्यसैले एक दिन मैले छोडेर जाने निर्णय गरें । जब म गाउँ फर्कें, मेरो टाउकोमा पहिलेदेखिकै केहि ऋण थियो । मैले जीविकाका लागि अवसरहरू खोज्ने प्रयास गरें । तर मैले केहि पनि उपाय पाउन सकिन । घरमा केहि समय बिताएपछि म निराश भएँ । कसैले मलाई भन्यो ‘यदि तिमीसँग केहि पैसा छ भने म अमेरिका जान भिसा मिलाइदिन सक्छु ।’

मैले पैसा खोजेर काठमाडौंको भिसा मिलाइदिने कार्यालयमा दिएँ । उनीहरूको फोन कलको आशा गर्दै कुरें कि मलाई अमेरिकी भिसा लाग्ने छ । मलाई के विस्वास थियो भने अ मेरिका जान पाए मेरा समस्याहरू समाधान हुने छन् ।

तर जहिले उनीहरुले मलाई काठमाडौंमा बोलाउँथे । भन्थे ‘तिम्रो फाईल प्रक्रियामा छ ।’ मलाई अप्ठ्यारो लाग्यो । मैले तिनीहरूलाई प्रशस्त समय दिएको थिएँ, भिसा मिलाउनकालागि । अन्ततः मैले उनीहरुबाट आशा गुमाएँ । मैले अफिसमा उनीहरुसित सामना गरें “कृपया मलाई मेरो पैसा फिर्ता दिनुहोस् । यदि तपाईं मलाई अमेरिका पठाउन सक्नुहुन्न भने । वा म तपाईंको कोरिडोरमा सुत्नेछु “। म भाग्यमानी रैछु, मैले मेरो पैसा फिर्ता पाएँ । म भाग्यमानी यस अर्थमापनि थिएँ कि मैले उनीहरूलाई थप पैसा दिनुपरेन ।

अमेरिकी भिसा पाउन पराजित भएपछि म गाउँमा फर्केंर खेतमा काम गर्न थालें । पैतृक माटोमा । र म अहिले त्यसो गर्दैछु । एक पटक मैले सडक बनाउने काम पाएँ । त्यसबाट मलाई आर्थिक हिसाबले पनि मद्दत गर्पुग्यो । यदि मैले पर्याप्त पैसा बचाउन सकेँ भने, गाउँलेहरूले उनीहरूको स्रोत र साधनले सहयोग गरेर विश्वास गरेभने म यहाँ होटेल सुरू गर्ने योजनामा छु । जिल्लामा सडकहरू खनिएका छन् तर यात्रुहरूका लागि खाने र सुत्ने राम्रो ठाउँ भेट्टाउन गाह्रो छ । म त्यो पुरा गर्न चाहन्छु ।

अमेरिका जाने सपना त तुहियो । गाउँमा होटेल खोल्ने योजनालेपनि कार्य गरेन भने म गोठ जान्छु । भेडाको बगालमा फर्किनेछु । मैले ४०० देखि ५०० भेडाहरू किन्ने योजना बनाएको छु । र तिनीहरूसँगै हिँड्छु, रमाउँछु । यदि यो कुनैपनि योजनाले काम नगरे म योजना बनाउन छोड्छु । र मेरा पुर्खाहरुको पेशा पछ्याउँने छु । मलाई थाहा छ, यो एक निश्चित गन्तब्य हो । म विदेशी सपना देख्न छोड्छु । म आफ्नो माटोमा मेरो परिवारसँग टाँसिने छु । म मेरा भेडाहरूसित स्वतन्त्र मानिसझैँ ढोका ढोकामा सँगै हिँडाउने छु, तिनलाई पछ्याउने छु । एक स्वतन्त्र मानवका रुपमा ।

(युनाईटेड नेसन्स नेपालको स्रोत उल्लेख गर्दै नेपालमा सामाजिक सेवा गर्न खोलिएको फ्रान्सेली गैह्र सरकारी संस्था ‘जाम जाम साथी’ को पेजमा राखिएको सामाग्री नेपालप्लसद्वारा नेपालीमा भावानुवाद)

तपाइँको प्रतिक्रिया

फेसबुक