बिहीबार, चैत १५, २०८०

आरोपितै आरोपितहरुको ‘पालोतन्त्र’ फालौं

मदन बज्राचार्य / काठमाडौं२०७७ मंसिर ७ गते १५:०१

ओलीको पार्टिगत आचरण ठीक नहोला । एमाले भित्र त्यसको प्रमुख नेताहरुमा ब्यक्तिगत र पार्टिगत नितिहरु केहि बाझिएको पनि होला । तर एमालेका सबै नेता एमालेको राष्ट्रिय तथा भारतको दवावमा नझुक्ने मुलनितिमा पहिला पनि एकै ढिक्क थिए । अहिले पनि एकैढिक्का छन् । यहि कुराले नै एमाले एउटा बलियो पार्टीको रुपमा स्थापित हुँदै गएको हो । यो कुरासित प्रचन्डले नेत्रित्व गरेको माओबादी पार्टीसित तुलना गर्नै नमिल्ने आधारनै प्रचन्ड र ओली बिचको बिबादको मुल कारण भएको कुरालाई अन्य कारणको पर्दाले ढाक्दैमा ढाकिने कुरा होईन ।

भारतको दवावमा संबिधान संसोधन गर्न नमानेको ओलिको नेत्रित्वको सरकारलाई अविश्वासको प्रस्ताव राख्दै ढाले । भारतको दवावमा लचक्दार हुने प्रयास गर्दै गरेको शेरबहादुर सित मिलेर सरकार गठन गर्ने प्रचन्डले अनेकौं आरोप लगाएर पार्टीको अध्यक्ष र प्रधानमन्त्रि पद त्याग्नु पर्छ भनेको पत्र प्रचन्डको “दोश्रो अविस्वाशको प्रस्ताव” हो । प्रचन्द्डको पहिलेको अविस्वाशको प्रस्तावमा तेश्रो पात्र शेर बहादुर थिए । अहिले त्यो तेस्रो पात्र माधव नेपाललाई बनाएका छन् । यसले दुबै घटना बनाउनुको आधार र आशय उस्तै उस्तै हुनसक्ने देखिन्छ ।

भारतको बिस्तारवादी नितिको बिरोध नगरे नागरिकहरुको साथ नपाईने र भारतको समर्थन नपाय आफ्नो राजनैतिक पोजिसन खस्कने, प्रधानमन्त्री नबन्ने डर छ । त्यसरि काप्नैपर्ने नेताहरुकै कारणले सरकारको नेत्रित्व र पार्टीहरुमा पहिरो आउँदै जाँदै गरेको हो । त्यसैले भोट पाउन र आफ्नो नेत्रित्वको सरकार बनाउन, टिकाउन द दुईजिव्रे निति अँगाल्ने नेताहरुनै जिम्मेवार छन्, देश गतिलो बनाउन नसक्नुमा । नेपाल जस्तो बन्न सक्ने थियो त्यो नबनेको यिनकै कारणले हो । पार्टी र सरकार भत्काउने गिराउने र भारतीय हैकमबादको भरियाहरु पनि तिनिहरुनै हुनन् । एकले अर्कोलाई अनेकौं आरोपको लात हानेर गिराउँदै उठाउँदै खेल खेललाउने अहिले मात्रै होईन धेरै पहिले देखिनै खेल्दै आएकै छन् । त्यसैले यो आरोपितै आरोपितहरुको पालोतन्त्र फाल्नै पर्छ । अबको मन्त्री, प्रधानमन्त्रि कुनै आरोप नलागेको वा लागेको आरोपबाट निर्दोष सावित भएकै हुनुपर्छ ।

नागरिकहरु आरोपित ब्यक्तिहरु पार्टीको “हुकुमे स्वर नेताहरु नबनुन् । सभासद, मन्त्री, प्रधानमन्त्रि नबनुन् भन्न सक्ने अवस्थामा छैनन् । त्यस्तो अवस्थामा जनयुद्धकालमा भएको हजारौं र जनयुद्ध बिसर्जन पछि शिविरकान्ड जस्तो गम्भिर आरोप लागेका प्रचन्डले ओली माथि आरोपहरु लगाएकोले नेकपा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रि पद त्याग भनेर  जुन त्याग र साहस देखाउनु भएको छ त्यसको निमित्त प्रचन्डलाई सहश्र कोटी धन्यवाद दिएपनि पुग्दैन ।

प्रचन्डको यो त्याग र सहासबाट सरकारले समेत लिम्पियाधुरा कालापानीमा भारतको कब्जा हुँदाहुँदै र महाकाली नदीको मुहान कुन हो भन्ने कुरामा बिबाद नसुल्झाइकनै महाकाली सन्धि गरेको गल्ती भएको साकार पछी त्यस्तो गलत सन्धि गरे गराएको आरोप लगाएको ब्यक्तिहरुले पनि केही सिक्न बाध्य हुनेछ ।

अन्तमा “आरोपित ब्यक्ति आरोपबाट मुक्त हुन नसके पार्टीको अध्यक्ष र प्रधानमन्त्रि बन्न नहुने अत्यन्त शाही शिद्धान्त स्थापित गर्ने” प्रचन्डलाई फेरिपनि सहश्र कोटी धन्यवाद ।

तपाइँको प्रतिक्रिया

फेसबुक