शुक्रबार, वैशाख ७, २०८१

युरोपेली युनियनद्वारा आगामी महिनादेखि मोडेर्ना र पिफाईजरको खोपलाई स्विक्रित गर्ने संकेत

नेपाल प्लस२०७७ मंसिर ७ गते १६:४४

औषधीजन्य वस्तु र खोपको युरोपेली नियामक संस्थाले आगामी डिसेम्वरबाट खोपकालागि स्विक्रिति दिन सक्ने संकेत गरेको छ । युरोपेली युनियन (इ यु) ले अमेरिकी स्टार्टअप मोडेर्ना र अमेरिकी कम्पनी पिफाईजर तथा जर्मनीको बायो एन टेकले विकास गरेको दुबै खोप स्विक्रित गर्ने संकेत गरेको हो । युरोपेली परिषदकि अध्यक्ष उर्सुला भोन डेर लेयेनले आफ्नो ट्विटर मार्फत् त्यस्तो संकेत गरेकि हुन् ।

इयुमा विभिन्न देशका कम्पनीले विकास गरेको कोरोना बिरुद्दको खोप प्रस्ताव गरिने भएको छ । ति खोपहरु डिसेम्बरको अन्त्यसम्म इयु मा प्रस्ताव हुनसक्ने युरोपेली कमिसनका प्रमुखले बताएको फँस २४ न्युजले उल्लेख गरेको छ ।

उर्सुला भोन डेर लेयेनले युरोपेली देशमा औषधी र खोपहरुको नियमन, अनुगमन र सिफारिस गर्ने निकाय युरोपियन मेडिसिनस् एजेन्सी (ई एम ए) ले अमेरिकी समक्षीसित युनाईटेड स्टेट्स फुड एन्ड ड्रुग एडमिनिस्ट्रेसन(एफ डि ए) सित खोपका बारेमा लगातार बहस र छलफल गरिरहेको उल्लेख गरेकि छन् । ति खोपको मूल्यांकन आफूहरुले गरिरहेकोपनि उनले स्पष्ठ पारेकि छन् ।

समाचारमा उल्लेख भए अनुसार ईेमएले यदि प्रक्रियाहरु सहजै अगाडि बढेमा डिसेम्बरको दोस्रो आधादेखि पिफाइजर बायोएनटेक र मोडर्नाको खोपहरू बजारमा सशर्त प्राधिकरण दिन सक्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक