शनिबार, वैशाख ८, २०८१

स्वर्गिय गगन सिंह थापाको ‘मरुभूमी कि महारानी’ सार्वजनिक

नेपालप्लस समाचार २०७७ मंसिर ८ गते १७:२४

स्वर्गीय लेखक गगन सिंह थापाको आठौं कृति ‘मरुभूमी कि महारानी’ सार्वजनिक गरिएको छ । स्वर्गिय थापाको १५ औं पुण्य तिथीमा गत हप्ता आयोजित श्रद्दान्जली सभामा पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरिले पुस्तकको विमोचन गरेका हुन् । ‘मरुभूमी कि महारानी’ लघु उपन्यास हो ।

अध्ययनको क्रममा भारत राजस्थानमा रहँदाका दुख र संघर्ष अनि बालसखा सँगको मनोबैज्ञानिक प्रेमिल आकर्षण र मरुभूमिको रोमान्चक बर्णनको कथा बस्तु यस कृतिमा बुनिएको छ । बि.सं २००५ भाद्रमा अछामको पाटेखेतमा जन्मनु भएका आख्यानकार थापाका यसअघि सोह्र सौगात, २०३५ (कथा संग्रह र संयुक्त लेखन) कर्णालीको छेउछाउ २०७० (उपन्यास) पुर्खाको चिट्ठी २०७२ (उपन्यास) मेरो मधुशाला २०७४ (उपन्यास) उज्ज्वली २०७६ (लघु उपन्यास) महाप्रलय २०७७ (उपन्यास) प्रकाशन भइसकेका छन् । अन्य एक दर्जन कृति प्रकाशनको क्रममा रहेको उहाँका सुपुत्र तथा गैरआवाशिय अभियन्ता हिक्मत थापाले जनाएका छन् ।

सुदुरपश्चिम र कर्णाली क्षेत्रको भाषा, सभ्यता र संस्कृति माथि कलम चलाउनु हुने थापा सुदुरपश्चिम साहित्य पुरस्कार (२०७६) नर राजु मोबरा साहित्यिक पुरस्कार (२०७३) बाट समेत सम्मानित हुनुहुन्छ । थापाको आफैंले देखे भोगेका विषय र समाजमा भएका घटनालाई आख्यानका रुपमा प्रस्तुत गर्ने शैलीले उहाँका रचनालाई पाठकले रुचाउने गरेका छन् । साहित्य सृजनाका अलावा स्वर्गिय थापा राजनिती र समाज सेवामा समेत उत्तिकै सकृय हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसको महासमिती सदस्यसमेत रहनुभएका थापा २०४९ र २०५४ साल गरि २ पटक जिल्ला विकास समिति कैलालीको सदस्यमा निर्वाचित हुनुभएको थियो । थापाको अगुवाईमा कैलाली र बर्दिया जिज्लामा पर्ने छतिवनलाइ सामुदायिक वनका रुपमा दर्ता गरिएको थियो । अनुदार सरकारी नितिका बावजुद पनि थापाकै कठोर लगनले उक्त सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गर्न सकिएको स्थानियको भनाइ छ ।

उपभोक्ताको जीवनमा आर्थिक परिवर्तन ल्याउने उद्देश्यले सामुदायिक वनको अवधारणा आएपनि तल्लो वर्गका उपभोक्ता घाँस दाउरा बाहेकको लाभ नपुगेको र टाठाबाठाले मात्रै अधिक लाभ लिइरहेको थापाको गुनासो भने सधैं रहिरह्यो । स्वर्गीय थापा जानकी गाउँपालिका वडा नं ९ अरुणोदय मावि खैरीफाँटाका प्रधानाध्यापक र पछि सोही विद्यालयको अध्यक्ष समेत हुनुभएको थियो ।

तपाइँको प्रतिक्रिया