मंगलबार, वैशाख ११, २०८१

पत्नी मारेर जलाएको आरोपमा पतीलाई २५ वर्ष जेल

नेपाल प्लस२०७७ मंसिर ९ गते १६:३०

फ्रान्सेली अदालतले जोनाथन दाभाललाई आफ्नी पत्नीको हत्या गरि शरीर जलाएको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ ।

३६ वर्षे फ्रान्सेली युवा फैसला सुनाइए पछि अस्वाभाविक देखिका थिए । उनले त्यहाँ उपस्थित आफ्नो परिवारका सदस्यहरूलाई एकटकले नियालीरहेका थिए ।

यसभन्दा केहि पहिले, उनले आफ्नी श्रीमतीको आमा बुबालाई हेर्दै “माफ गर्नुहोस्, माफ गर्नुहोस्” भनेका थिए ।

दाभालले आफ्नी श्रीमती दम्पट पारेर कुटपिट गरी हत्यापछि लास जंगलमा जलाएको स्वीकार गरेका हुन् ।

पत्नी अलेक्सिया दाभालको जलेका अवशेषहरू अक्टोबर २०१७ मा पूर्वी फ्रान्समा उनीहरू बस्ने शहर-ग्रे-ला-भिल नजिक जंगलमा रुखका हाँगामुनि लुकाइएको अवस्थामा फेला परेको थियो । उनले लासलाई आफ्नै गाडीमा हालेर जंगलतिर लगेका थिए ।

दाभालले सुरुमा आफ्नी २९ वर्षिया बैंक कर्मचारी अलेक्सिया विहानको ब्यायाममा निस्किएपछि कहिल्यै नफर्केको बताएका थिए ।

अलेक्सियाका बुबा जँ पियर फुइयो अदालतको फैसला सुनाउँदा आफ्नी पत्नी इजाबेलको काँधमा हात राखेर भावुक बने ।

मुद्दाको फैसला सुनाईसकेको केहिबेरपछि इजाबेलकि आमा पत्रकारहरुसित कुराकानी गर्न पुगेकि थिईन् ।

अदालतको निर्णया उनको प्रतिक्रिया थियो “यो मेरो पीडाको चरम सीमाका बिच मैले आशा गरेको राम्रो निर्णय हो । यसले हामीलाई यो घटनाको अर्को प्रिष्ठ खोल्न अनुमति दिनेछ “।

अदालतमा आफ्नो छोरो २५ वर्ष जेल जाने निर्णय सुनेपछि दाभालकि आमा भक्कानिएकि थिईन् । उनले भावुक हुँदै भनिन् “मेरो उमेर ढल्किएको छ । ऊ जेलबाट निस्किने बेलासम्म म बाँच्ने छैन । मेरो छोरोसितको भेट अब मेरा लागि आजै अन्तिम हुने भयो ।”

यो मुद्दा बिरुद्द वकालत गरेका वकिल ओर्नेला स्पाताफोराले यो मुद्दा बिरुद्द कुनै अपिल नहुने बताए ।

मुद्दा फैसला हुने दिन अदालत बाहिर मानिसहरुको प्रवेश रोक्न पर्खालहरु लगाइएको थियो ।

अभियोजन पक्षले २०१७ को यो हत्यालाई “झन्डै पूर्ण वैवाहिक अपराध” भनी दोषीमाथि आजीवन कारागारको माग गरेका थिए।

आफ्नी श्रीमतीको मृत्युपछि घटनाको अनुसन्धान चलेका बेला दाभालले एउटा विचलित अनुहार देखाएर आफ्ना सासु र ससुरालीहरूसँगको प्रेस कन्फरेन्समा आँसु झार्दै आउँदै गरेका थिए । उनको सम्झनामा देशव्यापी रूपमा आयोजित विभिन्न घटनाहरूमध्ये एउटाको नेतृत्व पनि हत्यारा दाभाललेनै गर्दै थिए ।

आइ टीका कामदार दाभालले तिन महिनापछि आफ्नो पत्नीसित कडा बिवाद भएपछि आफैंले कुटेर हत्या गरेको कबुलेका थिए । भित्तामा पत्नीको टाउको ठोक्काएर हत्या गरेको बयान दिएका थिए । पछि लासलाई जंगलमा लगेर आगो लगाएको स्विकारेका थिए ।

दाभालले बयान दिने क्रममा पटक पटक आफ्नो बयान बदलेका थिए । एक पटक यो हत्यामा आफ्नै भिनाजुलाई दोष लगाएका थिए ।

पछिल्लो पटक न्यायाधिशले ‘यो हत्यामा अरु कोहि संलग्न छ कि एक्लै हो ?’ भनि सोध्दा आँखाबाट आँसु झार्दै आफू ‘एक्लैले गरेको’ स्विकार गरेका थिए ।

यो घटनाले सारा फ्रान्समा नागरिकहरुलाई स्तब्ध बनाएको थियो । यो हत्या बिरुद्दको र्‍यालीमा झण्डै १० हजार फ्रान्सेलीहरु सहभागि भै हत्याको छानबिनको माग गरेका थिए ।

सोमबार फ्रान्सेली अधिकारीहरूले सन् २०१९ मा एक लाख २५ हजार ८ सय ४० महिला घरेलु हिंसाको शिकार भएको र १४६ जनाको हत्या भएको तथ्यांक सार्वजनिक गरेका छन् । यि हत्यामा आफ्नै पती वा पूर्व पती, प्रेमीको हात रहेको उल्लेख छ । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा २५ जना बढी हो ।

(ए एफपी, फँस न्युज २४, फँस १ टिभीका साथमा नेपालप्लस । फोटो – द सन)

तपाइँको प्रतिक्रिया