शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमितसितको सम्पर्क पछि स्पेनका राजापनि क्वारेन्टाईनमा

नेपालप्लस२०७७ मंसिर ९ गते १७:१२

कोरोना संक्रमित ब्यक्तिसित सम्पर्क भएपछि स्पेनका राजा फिलिप छैठौं क्वारेन्टाईनमा बसेका छन् । फ्रान्सको फँस २४ न्युजका अनुसार स्पेनको दरवारले सोमवार एक बिज्ञप्ती जारि गर्दै यसको पुष्टि गरेको हो ।

दरबारद्वारा एक विज्ञप्तिमा भनिएको छ, “जससँग राजाले सम्पर्क गरेका थिए त्यो व्यक्तिले आज कोविड १९ को परिक्षण गर्दा पोजेटिभ देखिएपछि ५२ वर्षीय राजाले १० दिनका लागि सबै आधिकारिक गतिविधिहरू स्थगित गरेर क्वारेन्टाईनमा बसेका छन् ।”

स्पेनको स्वास्थ्य नियम अनुरुप राजाले १० दिनसम्म रोकथामका उपाय अँगालेर बस्ने र त्यो हिजैबाट शुरु भएको समाचारमा उल्लेख छ ।

“तर रानी लेतिजिया र राज कुमारीहरु लेओनोर र सोफियाले भने आफ्ना गतिविधीहरु सामान्य तरिकालेनै जारि राख्नसक्ने छन्” दरवारद्वार जारि बिज्ञप्तीमा छ ।

गत सेप्टेम्बरमा १५ वर्षिया राजकुमारी लेओनोरका स्कूले साथीहरुमध्ये केहिमा कोरोना पोजेटिभ देखिएपछि दुई हप्तासम्म क्वारेन्टाईनमा बसेकि थिईन् । तर पछि उनमा कोरोना परिक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो ।

(फोटो- द लोकाल)

तपाइँको प्रतिक्रिया