बिहीबार, वैशाख ६, २०८१

स्विजरल्याण्डमा चक्कुले घाँटी रेटेर हत्या गर्न खोज्ने महिला पक्राउ

नेपालप्लस संवाददाता / ज्यूरिख२०७७ मंसिर १० गते ९:११

स्विजरल्याण्डको लुगानो शहरस्थित सुपरमार्केटमा किनमेल गर्न गएका दुई महिलाहरुलाई चक्कुले घाँटी रेटेर हत्या गर्न खोज्ने २८ वर्षकी एक मुस्लिम महिलालाई मंगलवार पुलिसले पक्राउ गरेको छ ।

संघीय प्रहरीले यसलाई आतंककारी हमला भनेको छ । आतंकीत महिलाले यौटी महिलालाई घाँटीमा चक्कुले सेरेर घाइते बनाएपछि अर्की महिलालाई पनि त्यसैगरी हमला गरेकी थिइन् ।

तत्कालै सुरक्षाकर्मीले देखेर हमला गर्ने महिलालाई नियन्त्रणमा लिइएको थियो । तिसिनो प्रान्तको प्रहरीले य घटनामा अनुसन्धान भैरहेको जनाएको छ ।

इटालीको सिमानामा पर्ने यो शहरमा दैनिक रुपमा इटालीबाट कामदारहरु आएर काम गर्दछन् ।

प्रहरी गएर गिरफ्तार गर्दा समेत ‘अल्लाह हो अकबर’ भन्दै चिच्याएकी थिइन् । क्रिश्चियनबाट मुस्लिम धर्म परिवर्तन गरेकी यी महिलासँग स्विस नागरिकता रहेको प्रहरीले बताएको छ ।

प्रारम्भिक केरकारमा उनी आतंककारी समूहबाट प्रशिक्षित रहेको र मुस्लिम आतंककारीको निर्धारित योजना अनुसार हमलामा गएको पत्ता लागेको स्विस प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक