बिहीबार, वैशाख १३, २०८१

महिलालाई स्यानेटरी प्याड दिन स्कटल्याण्डको संसदमा मतदान, सित्तैमा बाँड्ने निर्णय

नेपालप्लस संवाददाता२०७७ मंसिर १० गते ९:२८

स्कटल्याण्ड सरकारले महिनावारी हुँदा प्रयोग हुने स्यानटरी प्याड निशुल्क उपलब्ध गराउनु अघि संसदमा मतदान भएको छ । संसदमा भएको मतदानबाट महिलाका पक्षमा ब्यापक समर्थन पाएपछि सरकारले स्यानेटरी प्याड लगायत सरसफाइका सामानहरु सित्तैमा बाँड्ने भएको हो ।

सांसदहरुबिच छलफल भएपछि स्कटल्याण्डको संसदले यससम्बन्धि ऐन कानून मंगलवार पास गरेको हो । संसदले पास गरेपछि खुशी व्यक्त गर्दै प्रधानमन्त्री निकोला स्टुर्गनले ट्वीटमा व्यक्त गरेको खुशी ब्यक्त गर्दै भनिन् “महिलाहरुको पक्षमा क्रान्तिकारी नियम हामीले ल्यायौं । महिलाहरुलाई महिनावारी हुँदा चाहिने सामान निशुल्क उपलब्ध गराउने संसारकै पहिलो मुलुक बनेकोमा हामी निकै खुशी छौं ।”

संसदका सबै दलका १२१ जना सदस्यहरुले महिलाहरुलाई यो सुविधा दिने पक्षमा मतदान गरेका थिए । लेवर पार्टीकी सांसद मोनिका लेननले भनिन् “हामी सबै संसद सदस्यहरुको सर्वसम्मतिमा महिलाहरुको स्वास्थ्य सुरक्षित गर्ने पक्षमा भोट हाल्यौं । यो ऐतिहासिक कदम हो ।”

यसरी देशैभरिका महिलाहरुलाई सुविधा दिँदा वर्षमा लगभग ९७ लाख पाउण्ड खर्च हुने अनुमान सरकारको छ । स्कूल, कलेज, सरकारी तथा गैर सरकारी कार्यालय पायक पर्ने ठाउँ, धेरै मानिस भेला हुने ठाउँहरुमा स्यानिटरी प्याड लगायत अरु सरसफाइका सामानहरुको बन्दोबस्त सरकारले गर्नेछ ।

यस अघि फ्रान्स सरकारले पनि परीक्षणको रुपमा स्कूल र कलेजहरुमा स्यानिटरी प्याड निशुल्क वितरण गर्ने अभ्यास गरेको थियो । तर कानूननै बनाएर सबै महिलाहरुलाई सुविधा दिने पहिलो देश भने स्कटल्याण्ड नै बनेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक