मंगलबार, माघ ६, २०७७

हामी गोरु हौं !

सन्जय घिमिरे२०७७ मंसिर १३ गते १६:०३

म अक्सर सोच्छु– साँच्चै हामी के गरिरहेका छौं ? ठिकै गरिरहेका छौं वा बेठिक गरिरहेका छौं ?
म मात्र होइन, तपाँइ हामी सबै ।
के गरिरहेका छौं, यो थाह छ । के गर्नुपर्छ वा के गर्नुपर्थ्यो, शायद थाह थिएन । र अझै छैन ।
यहि वा त्यहि, कुन ठिक हो ? भनिदिने कसले ?
सुन्ने कसको ?
जिन्दगी बगेकै छ । खोला बगेको जस्तो ।
चलेकै छ, मेशीन चलेको जस्तो ।
यसै चलेको जस्तो । वा समयले यसै मान्छेलाइ चलाएको जस्तो ।
घटना, संयोग वा परिस्थितीले यसै हामीलाइ चलाएको जस्तो ।
हली को हो, खोज्दै गरौंला । अहिलेलाइ मलाइ यत्ती मात्र थाह छ– हामी समयका गोरु हौं ।
अमेरिका होस कि बेलायत ?
नेपाल होस कि अष्ट्रेलिया ?
हामी मात्र समयका गोरु हौं ।
कुनै अज्ञात पात्र हली बनेर आउँछ हाम्रो जिवनमा । र, हामी जोतिन्छौं ।
खेत कसैको फस्टाउँछ । बारी कसैको फस्टाउँछ । बेला मौका आफ्नो पनि फस्टाउँछ । तर हामी जोतीने चाहीँ जोतीने नै हौ ।
कहिले समय हली बन्छ, आउँछ र हामीलाइ जोत्छ । कहिले कोहि मान्छे आउँछ र हामीलाइ जोत्छ । कुदाउँछ । पुच्छर निमोठछ ।

तपाँइहरु भन्नुहोला – मान्छेको पुच्छर ?
हो, गोरुको जस्तो ठयाक्कै मान्छेको पुच्छर हुँदैन ।
मान्छेको त निमोठ्ने भनेको चेतना रहेछ ।
मान्छेको त निमोठ्ने भनेको शरिर रहेछ ।
मान्छेको त निमोठ्ने भनेको उसको दैनिकी रहेछ ।
सोच्नुस त, कसले निमोठेको छैन हाम्रो चेतनामा ?
सोच्नुस त, कसले निमोठेको छैन हाम्रो शरिरमा ?
सोच्नुस त, कसले निमोठेको छैन हाम्रो दैनिकी ?
चाहे त्यो राजनीती होस, चाहे त्यो कुनै सिद्धान्त होस ।
चाहे त्यो पुँजीवाद होस, चाहे त्यो कम्युनिज्म होस ।
चाहे त्यो प्रजातन्त्र होस, चाहे त्यो समाजवाद होस ।
चाहे ती नेता होऊन, चाहे ती उद्योगपती होऊन ।
चाहे ती आविश्कारक होऊन, चाहे ती दार्शनीक होऊन ।
चाहे ती धार्मिक होऊन, ती अधार्मिक होऊन ।
चाहे ती जिसस होऊन, चाहे ती बुद्ध होऊन ।
चाहे ती अल्लाह होऊन, चाहे ती ब्रम्हा, विष्णु, महेश्वर, कृष्ण वा राम, जो होउन ।
चाहे ती सुकरात होऊन, चाहे ती नित्से होऊन ।
चाहे ती गान्धी होऊन, चाहे ती मार्टीन लुथर किंग होऊन ।
चाहे ती बर्टेन्ड रसेल होऊन, चाहे ती रुसो होऊन ।
चाहे ती अब्राहम लिंकन होऊन, चाहे ती माओ होऊन ।
चाहे ती के पी ओली होउन, चाहे ती प्रचण्ड होउन ।
चाहे ती शेरबहादुर होऊन, चाहे ती रामचन्द्र होऊन ।
चाहे ती मोदी होऊन, चाहे ती डोनाल्ड ट्रम्प होउन ।
चाहे ती बोरीस जोन्सन होऊन, चाहे ती एन्जेला मार्केल होऊन ।
चाहे ती उपेन्द्र महतो होउन, चाहे ती जिवा लामिछाने होउन ।
चाहे ती, कुमार पन्त वा भवन भट्ट होऊन ।

ती सबै, तपाइ हामीलाइ जोत्न हिँडेका हली हुन । र, हामी जोतीन तयार गोरु हौं ।
अधिकांश तपाइ हाम्रो कर्ममा, गोरु कर्म लेखिएको हुन्छ ।
भ्रममा नपर्नुस, तपाइ हामी गोरु भन्दा भिन्न छौं भन्नेमा ।

एकछिन आफैँलाइ नियाल्नुस, आफुले गरिरहेको चीज हेर्नुस । र सोच्नुस – के साँच्चीकै सबै चीज आफ्नै लागि, मात्र आफनै लागि गरिरहेका छौं ?
साँच्चीकै गोरुले जोतीनुमा खुशी मान्छ कि मान्दैन, मलाइ थाह छैन । उसले आफ्नो काममा गर्व गर्छ गर्दैन ? मलाइ थाह छैन ।

गोरुसँग अरु के बिकल्प छन्, जोतीनु बाहेक ? यो पनि मलाइ थाह छैन ।
किनकी हामीले गोरुले जोतेको मात्र देखेका छौं ।
बरु बहरको अन्यत्र काम लाग्छ ।
बरु बहर सृष्टि र सृजनामा काम लाग्छ ।
तर अधिकांश तपाइ हामी बहरबाट गोरुमा बदलीँदै जान्छाैं । बदलीँदै गएका छौं ।
हामी मात्र जोतिन्छौं ।
जोतिईरहन्छौं ।
हो, यहि जोताइ र यस्तै जोताइको कुरा गर्नेछु अबको केही समय म यो नेपाल प्लसमा । हेर्दै गर्नुहोला ।

तपाइँको प्रतिक्रिया

फेसबुक