शनिबार, वैशाख १५, २०८१

स्विसस्थित ५३ प्रतिशत लगानीमा चिनियाँ सरकार संलग्न

नेपाल प्लस२०७७ मंसिर ११ गते २२:०७

स्विजरल्याण्डमा चिनियाँ मूलका नागरिकले जतिपनि कम्पनी, ब्यवशाय खोलेका छन् ति मध्ये अधिकांशमा चिनियाँ सरकारको हात रहेको सार्वजनिक भएको छ ।

स्विजरल्याण्डका चिनियाँ नागरिकका ५३ प्रतिशत लगानीमा चिनियाँ सरकर संलग्न भएको अनुसन्धानबाट पत्ता लागेको हो ।

सन् २०१० देखि चिनियाँ कम्पनीहरूले अधिग्रहण गरेका स्वीस कम्पनीहरूको ५३ प्रतिशत हिस्सा चिनियाँ सरकारको रहेको प्रबुद्द समूहको अध्ययनले देखाएको छ ।

स्विट्जरल्याण्डको अखबार ‘ल तँ’ मा प्रकाशित डच परामर्श दातेनाले गरेको विश्लेषणमा दाबी गरिएको छ कि गएका दशकमा चिनियाँ कम्पनीले गरेको ३६ मध्ये १९ स्विस अधिग्रहणलाई चिनियाँ राज्यले गरेको लगानीसित जोड्न सकिन्छ । यसको अर्थ मुख्य नाफा गर्ने साहु (लगानीकर्ता) उच्च स्तरको प्रभाव रहेको चिनियाँ सरकारको हिसा हो । तिनले पूर्णरुपमा नियन्त्रणकारि भूमिका, हस्तक्षेप र प्रभाव भने देखाउँदैनन् । तिनले आफ्नो हिस्सेदारि भने पर्याप्त मात्रमा राख्दछन् ।

युरोपमा ६५० भन्दा बढी लगानीकर्ता वा ब्यवशायिक यस्ता संस्थाहरुको विश्लेषण गरिएको थियो जसमध्ये १६१ वटामा चिनियाँ राज्यको उच्च प्रभाव देखियो । यो भनेको लगभग २० प्रतिशत हो । र १०३ वटामा मध्यम प्रभाव अर्थात् १५ प्रतिशत देखियो । अधिग्रहणमा चिनियाँ सरकारको प्रभाव हेर्दा स्विजरल्याण्डले युरोपमा सातौं स्थान ओगटेको छ ।

स्विस कमोडिटी फर्महरू विशेष गरी मर्कुरिया, सिल्क रोड कमोडिटीज, डुफेर्को र ग्लेन्कोर एचजी स्टोरेज इन्टरनेसनलहरु चिनियाँ चेमचिन, चाइना मोलिब्डेनम, हेबेई स्टील र एचएनए जस्ता चिनियाँ दिग्गज कम्पनीले खोजेको रिपोर्टमा उल्लेख छ । तिनमा चिनियाँ राज्यको संलग्नता छ । युरोपमा डटेनाले रेकर्ड गरेको सबैभन्दा ठूलो अधिग्रहण स्विस कम्पनी सिन्जेन्टा हो । यो २०१६ मा चेमचिन द्वारा ४८ अर्ब स्विस फ्र्यांकमा किनेको थियो।

तपाइँको प्रतिक्रिया