शुक्रबार, वैशाख ७, २०८१

सुरक्षा कानुन बिरुद्द फ्रान्समा लाखौंको प्रदर्शनी : तिन दर्जन बढि सुरक्षाकर्मी घाइते, तोडफोड र आगजनी

नेपालप्लस२०७७ मंसिर १४ गते १३:२२

ग्लोबल सेक्युरिटी कानुन बिरुद्द पेरिसमा भएको प्रदर्शनीको झलक । फोटो- फँस २४ न्युज

फ्रान्स सरकारले हालसालै प्रस्ताव गरेको ‘आर्टिकल २४, ग्लोबल सेक्युरिटी’ का बिरुद्द शनीवार फ्रान्सभरि प्रदर्शन भएको छ । प्रदर्शनीका क्रममा प्रहरी र प्रदर्शनकारिबिच झडप हुँदा तिन दर्जन भन्दा बढि प्रहरी घाइते भएका छन् ।  प्रदर्शनकारीका तर्फ कति घाइते भए भन्ने सार्वजनिक भएको छैन । ग्रिह मन्त्रालयका अनुसार प्रदर्शनी गर्दा तोडफोडमा उत्रिएका १८ जनालाई पक्राउ गरिएको छ र ३७ प्रहरी घाइते छन् ।

राजधानी पेरिस, मासेइ र लियों शहरमा अन्यत्रभन्दा बढि हिंसात्मक घटना भएका छन् । पेरिसमा प्रदर्शनकारिसित घुसपैठ गरेका हुलहुल्लडबाजहरुले पेरिसको मोटरसाईकल पसल, रियलस्टेट, केहि पसल तोडफोड गरिदिएका छन् । पार्किङ गरिएको गाडीपनि पोलिदिएका थिए ।

प्रहरी निकायका अनुसार यो प्रदर्शनीमा साँढे तिन लाख सहभागि भए । तर करिब तिन दर्जन मेडिया र सन्चारकर्मीका संघसंस्थाले आयोजना गरेको यो प्रदर्शनीमा साँढे पाँच लाख सभागि भएको आयोजकको दाबी छ ।

प्रहरी हिंसाका घटनाको शृंखला बढिरहेको पृष्ठभूमिमा “व्यापक सुरक्षा” कानूनको बिरूद्ध धेरै फ्रान्सेली शहरहरूमा शनिबार जुलुसहरू आयोजना गरिएको हो ।

फ्रान्सका पेरिस, लिल, बोर्दो, मोँपलिय, स्थास्बुर्ग, लियोँ, लिल, आभिन्यु लगायत साना ठूला गरि फ्रान्सका ७० भन्दा बढि शहरमा शनिवार प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरूले जुलुस प्रदर्शनको उद्देश्य “अभिव्यक्ति स्वतन्त्रता” कालागि मात्रै नभई प्रहरी हिंसा र जातिय भेदभावको बिरुद्दसमेत भएको उल्लेख गरेका छन् ।

ग्रिह मन्त्रालयका अनुसार राजधानीमा प्रदर्शनकारीहरुको संख्या ४६ हजार थियो । आयोजकहरूले भने दुई लाख सहभागि भएको दाबि गरेका छन् । दिउँसो सामान्य प्रदर्शनीकै क्रममा सुरक्षाकर्मीसित विवाद निस्किएको थियो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो । अपरान्ह प्रहरीले पानीको तोप हान्न थालेपछि प्रदर्शनकारिहरु आक्रामक भएका थिए ।

फ्रान्सको तेसो ठूलो शहर लियोँमा पनि यस कानुनका बिरुद्द हजारौंले प्रदर्शनी गरे । प्रदर्शनीका क्रममा त्यहाँपनि एक प्रहरी अधिकारी र एक प्रदर्शनकारि घाइते भएको सुरक्षा अधिकारीको भनाई छ । त्यस्तै, स्थासबुर्ग शहरमापनि करिब १५ सयले प्रदर्शनी गरेको त्यहाँको स्थानिय प्रहरी निकायको भनाई छ ।

त्यसैगरि मासेई, रेन, लिल, मोँपलिय लगायतका ७० शहरमा प्रदर्शनी गरिएको छ । उनीहरुले “प्रहरी गतिबिधीको फिल्म खिच्न पाइन्छ, आर्टिकल २४ ग्लोबल सुरक्षा कानुन खारेज गर्नुपर्छ, जातिय भेदभावको अन्त्य हुनुपर्छ’ लगायतका नारा लगाएका थिए ।

‘आर्टिकल २४ ग्लोबल सेक्युरिटी’ सुरक्षा कानुनका बिरुद्दको प्रदर्शनीमा स्थानिय पेरिस प्रहरी निकायले गरेको सुरक्षा प्रबन्ध कमजोर देखिएको भनाई प्रहरीहरुको सेन्डिकेटका प्रतिनिधी फ्रेदेरिक लागासेले बताएका छन् ।

“सरकारले प्रस्ताव गरेको कानुन बिरुद्दको प्रदर्शनी उच्च जोखिमपूर्ण थियो । प्रदर्शनमा अधिकारीहरूले कट्टरपन्थी ‘पहेंलो वस्त्र’ वा तालिमप्राप्त भिजिलान्तेहरुको समूह ‘ब्ल्याक बक’ हरूको घुसपैठको अपेक्षा गरिरहेका थिए” लागासेले एएफपीसित भने “४० हजार प्रदर्शनकारी संलग्नता हुने आँकलन गरिएको यस्तो प्रदर्शनीमा जम्मा दुई हजार प्रहरी परिचालन गर्नु पर्याप्त थिएन । प्रहरी र प्रदर्शनकारीको सुरक्षाकालागिपनि यो गैह्र जिम्मेवारी हो ।”

के हो आर्टिकल २४ ग्लोबल सेक्युरिटी ?

राष्ट्रियसभाले अपनाएको विस्तृत सुरक्षा सम्बन्धी विधेयक २४ ले नागरिकलाई सूचित गर्ने स्वतन्त्रताको सम्मान र आवश्यक सुरक्षाको बिचको मेलमिलापको बारेमा वैधानिक प्रश्नहरू खडा गर्छ । उनीहरूले अपरेसन गर्ने क्रममा मेडियाले सेना र प्रहरीका कर्मचारीहरूले उपभोग गर्ने क्षेत्राधिकारको रक्षा गर्नुपर्छ । सुरक्षा अधिकारीहरुको छवि वा पहिचानको दुर्भावनापूर्ण प्रसारको बिरूद्ध छ भनिएको छ ।

यो सरकारको पहलबाट कानून आयोग आश्चर्यचकित भएको छ । किनकि यो मुद्दामा जाँचबुझको कामको अधिकार संसदलाई छ । यो स्वतन्त्र रुपमा कानुन आयोगबाट तयारी भैरहेको कानुन आयोगले जनाएको छ । कानुन आयोगले तयारि गरेपछि मात्रै प्रतिनिधी सभामा पठाउनुपर्ने हो । त्यसैले कानुन आयोगले ल्याउनुपर्ने विषयमा सरकारले ल्याउन लागेको भन्दै बिरोध भएको हो ।

पेरिसमा अड्याइएको एक साईकलमा ग्लोबल सेक्युरिटी कानुन बिरुद्दको पोस्टर । फोटो- फँस २४ न्युज

ग्लोबल सेक्युरिटीको दफा २४ लाई थपघट गरेर सरकारले केहि कडा कानुनि ब्यवस्था गर्न खोजेको हो । प्रदर्शनीका क्रममा सुरक्षा अधिकारीहरुमाथि हमला भए, सुरक्षाका न्युनतम निर्देशन पालना नगरिए कडा सजायँको ब्यवस्था गरिएको छ । अवान्छित गतिबिधी, हिंसाजन्य प्रदर्शन, गैह्र कानुनी क्रियाकलापका बिरुद्द सुरक्षा अधिकारीले अपरेसन गरेको बेला अडियो र भिडियो खिचेर सामाजिक सन्जालमा राख्दा त्यसले प्रहरी निकायको मनोबल गिराउने, हत्या हिंसालाई झनै प्रोत्साहन गर्ने, बढाउने, अप्रेसनको भिडियोहरु तत्कालै सामाजिक सन्जालमा राखिदिँदा अवान्छित तत्वहरु झनै सक्रिय र भेला हुनसक्ने उल्लेख छ । त्यसैले हत्या हिंसालाई थप बढ्न नदिन, सुरक्षा अधिकारीको सुरक्षा गर्न, अपरेसनको कामलाई हतोत्साहित नगर्न थप सुरक्षा ब्यवस्था आवस्यक रहेको भन्दै कानुनको दफा बदलेर कडा पार्न खोजिएको हो । सुरक्षा अधिकारीका अपरेसनका क्रममा कुनैपनि अडियो भिडियो खिचेर राख्न नपाइने, त्यसो गरे कारवाहि गरिने यो कानुनमा थप ब्यवस्था लागिएको छ ।

गत हप्ता फ्रान्सको गणतान्त्रिक चोक प्लास दला रिपुब्लिकमा टेन्ट टाँगेर बसिरहेका घरबारबिहिनहरुलाई बिस्थापित गर्ने क्रममा प्रहरीले गरेको ज्यादतिको भिडियो र अडियो सामाजिक सन्जालमा छरपस्ट भएको थियो । त्यसले हत्या र हिंसा बढाउन, गैह्र कानुनी क्रियाकलाप रोक्न खटिने सुरक्षा निकायलाई कमजोर र बदनाम पार्ने भन्दै सुरक्षा निकायले अपरेसन गर्दा कुनैपनि अडियो भिडियो मेडियामा राख्न नपाइने बुँदा आर्टिकल २४, ग्लोबल सेक्युरिटीमा समाबेश थियो ।

गत हप्ता मास्क नलगाएको आरोपमा प्रहरीहरुले म्युजिक भिडियो बनाउने एक काला वर्णका नागरिकलाई कुटपिट गरि घाइते पारेपछि फ्रान्समा प्रहरीको दमन, अत्याचार र हिंसा बढेको भन्दै यो कानुन बिरुद्द प्रदर्शनी भैरहेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक