बिहीबार, वैशाख १३, २०८१

परमाणु वैज्ञानिकको हत्यापछि इरानमा त्रास

नेपालप्लस न्युज डेस्क२०७७ मंसिर १४ गते १४:०१

गएको शुक्रवार अज्ञात बन्दूकधारीले गोली हानेर इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या गरेपछि इरानमा ब्यापक धरपकड चलिरहेकोछ ।

सरकार विरोधी गतिविधिमा लागेको शंका गरिएका इरानी नागरिकहरुलाई गिरफ्तार गर्ने र यातना दिने क्रम चलेपछि यसबारे मानवअधिकारवादी संस्था र अन्तर्राष्टिय अखबारहरुले पनि चिन्ता व्यक्त गरेका छन् । इरानी सरकारले इजरायली खुफिया एजेन्सीले आफ्ना वैज्ञानिकको हत्या गरेको आरोप लगाएको छ भने अमेरिका र साउदी अरबले यसमा सहयोग गरेको पनि इरानीहरुको आरोप छ ।

इरानमा परमाणु बमका पिताको रुपमा परिचित यी वैज्ञानिकलाई कारमा हिँडिरहेको बेला बन्दूकधारीहरुले मारिदिएका थिए ।

कट्टर मुसलमानहरुले शासन गरिरहेको इरानमा मानिसहरुले स्वतन्तताका लागि अनेकौं दुःख, कष्ट र यातना सहेर पनि लडिरहेका छन् । वैज्ञानिक फखरीजाहेद मारिएपछि उनीहरुमाथि चर्को दमन हुने आशंकाले सबै संत्रस्त बनेका छन् ।

अमेरिकामा बिडेनको सत्ता आएपछि अमेरिका र इरानको सम्बन्ध नसुध्रियोस् भन्ने हेतुले अमेरिकी र साउदी योजना अनुरुप वैज्ञानिकको हत्या भएको अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया