बुधबार, माघ १४, २०७७

फ्रान्सको सर्वाधिक ठूलो साहित्यिक पुरस्कारको राशी १० युरो : लाखौंं प्रति बिक्री, लेखक मालामाल

ददि सापकोटा२०७७ मंसिर २० गते ५:३४

गोङ्कु पुरस्कार बिजेता एर्भे ल तेइय- फोटो ल पारिजियाँ

कोरोना भाईरस नियन्त्र गर्न दोस्रो पटक बन्दाबन्दि घोषणा गर्दा फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले पुस्तक पसलहरुपनि बन्द रहने घोषणा गरेका थिए । उनको घोषणा कम्तिमा दुई महिना अर्थात् जनवरी २० सम्मकालागि थियो । तर उनको त्यो घोषणा दुई साता नपुग्दै परिमार्जित भयो । त्यसको एउटा विशेष कारण थियो- फ्रान्समा घोषणा गर्न लागिएको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कार ‘ल प्रि गोङकु’ !

किनभने पुस्तक पसलहरु बन्द भएकै कारण नोभेम्बर १० मा घोषणा गर्ने तयारि भएको पुरस्कार घोषणामा ढिलाई भैसकेको थियो । फ्रान्सेली लेखक एर्भे ल टेईयलाई उनको उपन्यास “लानोमाली” (द एनोमाली) को लागि गोङ्कु २०२० पुरस्कृत गर्नुपर्ने थियो । र यो समग्रमा फ्रान्सको प्रतिस्ठा, इज्जत, गरिमा, शान र संक्रितिसित जोडिएको विषय हो ।

प्रतिष्ठित गोङकु पुरस्कार राशी १० युरो चेकमार्फत्

यसको राशी जम्मा १० युरो (१०४१ नेरु) छ ।  सन् १९०३ मा यो पुरस्कार स्थापित हुँदापनि पुरस्कारको राशी यतिनै थियो । यति सम्मानित पुरस्कारको राशी किन यति सानो ? जिज्ञासा स्वभाविक उठ्छ ।

राशीका रुपमा यो ठूलो होइन । फ्रान्सको सबैभन्दा प्रतिष्ठित साहित्य पुरस्कार बिजेता उपन्यासकार टेईयले १० युरो मात्रै पाउँछन् । यो पुरस्कारलाई सिधा रकमको लाभसित फ्रान्समा हेरिन्न । तर पुरस्कारले विजयीलाई सधैं बेस्टसेलर सूचीको शीर्ष स्थानमा राख्छ । अब उनका किताब लाखौं लाख कपी बिक्रि हुने छन् । ‘लिभ्र पोस’ अर्थात् गोजीमा अटाउने कम मूल्यको संस्करणपनि निस्किने छ । रोटी बिक्रि भएझैँ अब यो पुस्तक किन्न हारालुछ चल्छ । बसका सिट, रेलका डिब्बा बिसौनीका यात्रुको हातहातमा अब यहि पुस्तक देख्न पाइन्छ ।  त्यसले उपन्यासको बजार पिट्छ । तेईय अब आर्थिक रुपमा करोडपती बन्ने छन् । उनी एकाएक सेलिब्रेटी लेखकमा दरिएका छन् ।

छन् त फ्रान्समा यस बाहेक ‘ग्रँ प्रि दु रोमँ द लाकाडेमि फँसेज’ (उपन्यास), ल प्रिँ फेमिना (महिला), ल प्रि रनोदो, ल प्रि अँतेराईय र प्रि मेदिसिसपनि छन् । यिपनि सम्मानित पुरस्कारनै हुन् । तर प्रि गोङकु हिमालहरुकोपनि शिखर सगरमाथाको टुप्पो जस्तै हो ।

फ्रान्सेली सरकारले एक महिना लामो कोरोना भाइरस लकडाउनलाई अलिकति सहज पारेको दुई दिन पछि ‘गोङकु’ पुरस्कार विजेता घोषित गरियो । फ्रान्सको शिर्ष साहित्यिक सम्मान कोरोना भाईस महामारीको कारण भिडियो लिंक द्वारा छनौट गरियो । घोषणापनि त्यसैगरि भयो ।

तेईयको उपन्यासमा पेरिसदेखि न्युयोर्कको उडानमा सवार यात्रुहरूको दोहोरो जीवनको भविष्यका बारे ब्याख्या गरिएको छ । उमेरले ६३ पुगेका तेईय गणितज्ञ, प्रशिक्षक र पूर्व पत्रकारपनि हुन् । उनी उलीपो अन्तर्राष्ट्रिय साहित्य समूहको सदस्य समेत छन् ।

तेईयको पुस्तकले जुरीका १० मध्ये आठ मत पाएर फ्रान्सको सबैभन्दा प्रतिष्ठित पुरस्कारको छनौटमा परेको हो । दोस्रो पुस्तक ‘लिस्तोरियोग्राप दु रोइयोम’ (द किङडम्स् हिस्टोरियोग्राफर) ले दुई मत पायो । यसका लेखक मायल रनुवा हुन् ।

फ्रान्सेलीहरुमा यो पुरस्कार आफ्नो संस्क्रितिको एक अभिन्न अंगसँग जोडिइसकेको छ । यो पुरस्कारमा फ्रान्सेलीहरु असाध्यै गौरव गर्छन् । आफ्नो गौरव, ईतिहास र राष्ट्रिय प्रतिष्ठासित जोडिएको हुनाले पुरस्कार घोषणा अघिनै पुस्तक पसलहरु खोल्न पाउने निर्णय सरकारले गर्‍यो । यसबाट पाठ्य संस्क्रिति विकास गर्न, पुस्तक, लेखक र प्रकाशकको भविष्यप्रति सरकार कति जिम्मेवार हुनुपर्छ भन्ने उदाहरण अन्य देशकालागि पनि हुनसक्छ ।

गोङकु पछिको दोस्रो प्रतिष्ठित ‘रनोदो प्राईज’ पुरस्कार भने एक महिलाले पाएकि छिन् । मारि-हेलेन लाफोँको ‘ईस्त्वा दु फिस’ (छोराको कथा) उपन्यासले पाएपछि एकाएक उनको चर्चा र प्रसिद्दिपनि फ्रान्सलगायत धेरै मुलुकमा चुलिएको छ । अब यि लेखिकापनि एक्कासि धेरै महँगी, सेलीब्रेटी बनेकि छन् ।

जूरीका अध्यक्ष डिडिय देक्वाँले तेइयको उपन्यासमा “वास्तविक सिनेमा आयाम” रहेकोले ठूलो पर्दाको सिनेमाका लागि अनुकूल हुने उल्लेख गरेका छन् ।

गोङकु पुरस्कार घोषणा गरिने द्रुअँ रेस्टुरेन्ट । फोटो – विकिपेडिया

यो पुरस्कार घोषणा मध्य पेरिसस्थित  रेस्टुरेन्ट द्रुवँमा हुने गर्थ्यो । जुरीका १० जनानै त्यहाँ भेला हुन्थे । खानपिनका साथ भब्य कार्यक्रम गरिन्थ्यो । पुस्तक लेखनका बारेमा छलफल चल्थे । अघिल्ला वर्षका पुरस्क्रित, मेडियाकर्मी, पुस्तक समिक्षक, लेखक, पत्रकार, सिनेकर्मी आदिको गोङ्कु पुरस्कार घोषणामा भिड लाग्थ्यो । बिजेताले आफ्ना अनुभव सुनाउँथे । दैनिक पत्रिकाहरुले यसलाई प्रमुख समाचार बनाएर विहान ग्राहकका घरघरै पुर्‍याउँथे । पुरस्कार घोषणाको समाचारकै कारण फ्रान्सका पत्रिकाको बिक्रि त्यस अंककालागि ह्वात्तै बढ्थ्यो । टेलिभिजनमा यो कार्यक्रम हेर्ने लाखौं दर्शक हुन्थे ।

तर यो पटक त्यस्तो हुन पाएन । कोरोना भाइरस प्रतिबन्धका कारण आफ्नो परम्परागत पद्दती तोड्न बाध्य भएको थियो जुरी । त्यसैले उनीहरुले यो पुरस्कार घोषणा भिडियो मार्फत् गरे ।

यो पुरस्कार नोभेम्बर १० मा घोषणाको तय गरिएको थियो । तर जुरीले पुस्तक पसलहरुलाई फाइदा पुगोस, आम पाठकले किताब किन्न सजिलै पाउन् भन्ने सोचे । लेखकमाथिपनि न्याय होस् भनेर पर्खिए । सरकारले बुझेर पुस्तक पसल खोल्ने अनुमति दियो । गत सप्ताहन्तमा पुस्तक र पत्रपत्रिका पसल खोल्ने अनुमति पाएपछि पुरस्कार घोषणा गरियो ।

गोङकु पुरस्कार सन् १९०३ मा स्थापित भएको हो । यो पुरस्कार मार्सेल प्रुस्त, सिमोन द बोभ्वा, मार्गरित दुरा र मिसेल हुवेलबेकले स्थापना गरेका थिए ।

पुरस्कारको जग बसाल्ने एडमँण्ड द गोङ्कु- फोटो- विकिपेडिया

फ्रान्सका एकदमै चर्चित लेखक, समालोचक र आफैं प्रकाशकसमेत रहेका एडमण्ड द गोङकुले यो पुरस्कारको जग बसालेका हुन् । यसको स्थापनाकालागि आफ्नो सम्पूर्ण सम्पत्ती लगाएका थिए । आफ्ना दाजु एडमण्ड द गोङकु र सहयोगी अल्फ्रेड हुओदे गोङकुको सम्मानमा एकेडेमीले गङ्कु पुरस्कार सन् १९०३ देखि हरेक वर्षको डिसेम्बर देखि प्रदान गर्दै आएको छ ।

जुरीले हरेक महिनाको डिसेम्बरमा पेरिसको द्रुअँ रेस्टुरेन्टमा बिजेता सार्वजनिक गर्दै आएको थियो । यो बाहेक अन्य तिन गोङकु पुरस्कारपनि यहिँबाट सार्वजनिक हुन्थ्यो ।

पुरस्कारको मूल उद्देश्य शुरुमा प्रतिभाशाली नयाँ लेखकहरूलाई नगद पुरस्कार प्रदान गर्ने थियो जसले बिजेतालाई दोस्रो पुस्तक लेख्न खर्च जुटोस् । त्यसो त, सन् १९०३ मा आजको १० युरोको महत्व ज्यादै ठूलो थियो । आज गोङ्कुको टोकन पुरस्कार राशि १० यूरो छ जुन १९०३ मा दिइएको थियो । तर यहाँ पुरस्कारको प्रतिष्ठा इनामको नगद-मूल्यको कारणले नभई पुस्तक बिक्रीको प्रभावसित जोडेर हेरिन्छ ।

फ्रान्सेली भाषी विश्वका ५० करोड जनसंख्याको ठूलो हिस्सापनि यो पुस्तकका पाठकमा दरिन्छन् । फ्रान्सेली भाषाका पुस्तकमा अंग्रेजी भाषीको ठूलो चासो त छ नै, अन्य भाषीको चासोपनि कम छैन । त्यसैले ‘प्रि गोङ्कु’ पाएका फ्रान्सेली पुस्तकहरु मध्ये कम्तिमा सात दर्जन जति त अन्य भाषामा अनुवाद भएका छन् ।

              सार्वजनिक जुरी

नेपालको सर्वश्रेस्ठ मानिएको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार कसले छनौट गर्छ ? कुन स्तरका कति जना हुन्छन् जुरीमा ? ति को हुन् ? सबै गोप्य राख्ने गरिएको छ । पुरस्कार स्थापना र बितरण गर्ने निकायले किन जुरीको संख्या र नाम गोप्य राखेको हो भनेर स्पष्ठ पार्दैनन् । तर बाहिर जुरीको नाम सार्वजनिक गर्दा आफू र आफ्ना निकटका लेखक, स्रस्ठाको किताब सिफारिस गर्न दबाब आउने हुँदा गोप्य राखिएको भन्ने सुनिन्छ । फ्रान्समा यस्तो हुँदैन । यो चुनौतिपूर्ण, अति जिम्मेवारीपूर्ण काम भएकाले दबाब सहने, प्रभावमा पर्ने होइन कि त्यसको सामना गर्नुपर्ने विस्वास राख्छन् । त्यसैले जुरीको नाम खुला गरिन्छ । बरु पुरस्कार घोषणाका दिन जुरीका सदस्यहरुनै एकै ठाउँ भेला भएर पुरस्कार सार्वजनिक गर्छन् । पुस्तक छनौटका कारणबारे खुलस्त पार्छन् । यसो गर्दा पुरस्कारप्रति बिश्वास, गौरव, वजन झनै बढ्छ ।

बिवादमा पुरस्कार

पुरस्कार सार्वजनिक भएपछि यो पुरस्कारपनि पटक पटक बिवादमा नपरेको होइन । सबैभन्दा ठूलो विवाद भने एक लेखकलाई एक पटक मात्रै दिईनुपर्ने यो पुरस्कार एकै ब्यक्तिलाई दुई पटक दिएपछि निकै बिवादमा परेको थियो । रोमाँ गारी भन्ने लेखकले दुई पटक पाए । उनले सन् १९५६ मा ‘ल रासिन दु सियल’ पुस्तककालागि पाएका थिए । त्यसपछि फेरि सन् १९७५ मा उपनाम (छद्म नाम) एमिल आजारको नामबाट ‘ला भि दभँ स्वा’ कालागि पाए । आजार तिनै रोमाँ गारी हुन् भन्ने जुरीले पत्तो पाउनै सकेन । अर्थात् उनको वास्तबिक परिचय थाह नपाइ जुरीले पुरस्कार दियो । त्यसपछि साहित्यिक अलोचना र केहि बिवाद शुरु भयो । गारीका काका पोल पाभ्लोविच लेखकका रुपमा केहि समयसम्म प्रस्तुत थिए । पछि गारीले आफ्नो मरणोपरान्त पुस्तक ‘भि ए मह् देमिलाजार’ मा त्यसको सत्यता खोलिदिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक