शुक्रबार, वैशाख १४, २०८१

कोरोना ऋणका नाममा ठगी : स्विस निकायद्वारा अनुसन्धान र अपराधिक उजुरी दायर

नेपाल प्लस२०७७ मंसिर १६ गते २०:२२

‘मौकामा चौका’ भने झैं कोरोना भाईरस आपतकाललाई देखाएर स्विजरल्याण्डका थुप्रै कम्पनीलेपनि ऋण लिए । कोरोना भाईरसले आफ्नो आर्थिक कार्यकारी अवस्था डामाडोल भन्दै धेरैले लिएको ऋण ठगी गरेको पत्ता लागेपछि स्विस सरकारले तिमाथि छनबिन शुरु गरेको छ । त्यसरि गलत तरिकाले चार हजार पाँच सय ब्यवशायीक कम्पनी र संघ संस्थाले ऋण लिएको स्विस इन्फो डट सिएचले उल्लेख गरेको छ । समाचारका अनुसार स्विस आर्थिक अनुसन्धान निकायले ति माथि अनुसन्धान थालेको छ ।

गत गर्मी यामपछि त्यसरि सरकारसित ऋण लिनेको संख्या पाँच गुणाले बढेको छ । यस्तो ऋण एक अर्ब २० करोड स्विस फ्र्यांक छ ।

संघिय लेखा कार्यालय (एफ ए ओ) को पछिल्लो रिपोर्ट अनुसार जुलाईको अन्त्यसम्म ८५९ वटा अनियमितता पत्ता लागेको थियो । तर अक्टोवर अन्त्यसम्म आइपुग्दा त्यो बढेर चार हजार ६ सय ४६ पुगेको छ । यसरि ऋण लिएका कम्पनीले त्यो रकम लाभांसका रुपमा तिर्ने गरेको शंका लेखा विभागले गरेको छ । तर ऋण लिँदाको शर्तमा त्यसो गर्न नपाउने उल्लेख छ । त्यसलाई ऋणकै रुपमा राखेर चुक्ता गर्नुपर्ने हुन्छ । त्यसो गर्दा कम्पनीहरु झनै घाटामा जाने, त्यसले ऋण बढाउने, ति कम्पनीले फेरि ऋणमाथि अर्को ऋण माग्न सक्ने वा तिर्न नसक्ने अवस्था स्रिजना हुनसक्ने जनाइएको छ ।

स्विस इन्फोका अनुसार एफएओले समिक्षा गरेको राज्य समर्थित ब्रिजिङ ऋणकालागि एक लाख ३० हजार कम्पनी र संघसंस्थाले आबेदन दिएका थिए । त्यसलाई एफ ए ओले जाँचबुझ गरेर मात्रै ऋण दिएको थियो । त्यसरि जाँचबुझ गरेर दिएको ऋण ६ अर्ब ६० करोड स्विस फ्र्यांक छ ।

ऋण लिएका मध्ये तिन दशमलव पाँच प्रतिशतले अनियमितता वा दुरुपयोग गरेको फेला परेको छ । तर यसमा थप अनुसन्धान भैरहेकाले अहिलेनै ठगि भएको भनेर किटान गरिहाल्न भने नसकिने एफ ए ओले उल्लेख गरेको छ ।

एफएओको रिपोर्टमा उल्लेख भए अनुसार छोटो समय काम गर्ने कर्मचारीहरुलाई क्षतिपूर्ति दिन सात अर्ब ५० करोड राज्य कोषबाट वितरण गरिएको छ । आर्थिक मामिलासम्बन्धी राज्य सचिवालय (एसईसीओ) ले ११ लाख स्विस फ्यांक मात्रै बरामद गरेको छ । त्यस्ता झुटा रिपोर्ट बुझाएर आर्थिक सहयोग लिने कम्पनीहरूका विरुद्ध छ वटा आपराधिक उजुरी दायर गरिएको छ ।

यस्ता झुटा रिपोर्ट बुझाएर आर्थिक सहयोग लिने सयौं कम्पनी हुनसक्ने एफ ए ओले जनाएको छ । ति मध्ये २१७ घटनालाई हाल गम्भिरताका साथ हेर्नुपर्ने उल्लेख छ । स्वरोजगार घोषणा गरेका मध्ये ५४० वटा घटनापनि शंकास्पद रहेको सार्वजनिक भएको छ ।

तपाइँको प्रतिक्रिया