बिहीबार, चैत १५, २०८०

बेलायतद्वारा २० लाख कोरोना खोप खरिद, खोप लगाउन केहि दिनमै शुरु

नेपाल प्लस२०७७ मंसिर १६ गते २३:२७

बेलायत सरकारले कोरोना भाईरस बिरुद्दको खोप २० लाख भन्दा बढि खरिद गरेको छ । ति खोप लगाउन केहि दिन भित्रै शुरु गर्ने भएको छ ।

बेलायतले आइतवार देशको सबैभन्दा महत्वाकांक्षी रोगप्रतिरोध क्षमता बढाउने दशककै महत्वपूर्ण कार्यक्रम शुरू गर्ने घोषणा गरेपछि कोरोनाभाइरस खोपको २० लाख भन्दा बढी डोज सुरक्षित गरेको हो ।

बेलायतमा कोरोना भाइरस प्रकोप बाट ५८ हजार भन्दा बढीको मृत्यु भएपछि कोरोना भाईरस बिरूद्ध आफ्ना नागरिकलाई खोप लगाउने विश्वकै पहिलो देश बनेर रेकर्ड राख्ने आशा गरेको छ ।

फँस २४ न्युजका अनुसार बेलायतले ३५ करोड खोपहरु सात वटा भिन्न कम्पनीबाट लिन स्विकार गरिसकेको छ । ति खोपहरु प्रभावकारि देखिएमा ६ करोड ७० लाख नागरिकमा खोप लगाउने तयारि गरेको छ ।

बेलायतको स्वाशस्थ्य विभागका अनुसार अमेरिकाको मोडेर्ना कपनीबाट लिने भनेर सहमति गरिएको ५० लाख डोजलाई बढाएर ७० लाख डोज लिने सहमति आइतवार गरिएको हो । यसले ३५ लाखमा खोप लगाउन पर्याप्त हुने छ ।

मोडेर्नाले आफ्नो खोप बेलायतको औषधी र स्वास्थ्यसेवा उत्पादन नियमन एजेन्सी (मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटोरी एजेन्सी) लाई यसको प्रभावकारिताबारे परिक्षण गर्न छिट्टै सिफारिस गर्ने छ ।

बेलायतको यो निकायले पिफाईजर र जर्मन कम्पनी बायोएनटेक, त्यस्तै अक्स्फोर्ड युनिभर्सिटीको खोप र अस्त्राजेनेका बेलायतको नियमन संस्थामा बुझाईसकिएकोपनि फँस २४ न्युजले उल्लेख गरेको छ । समाचारका अनुसार हाल ति खोपहरुको सुरक्षा र प्रभावकारिताबारे परिक्षण भैरहेको छ । यसको अन्तिम नतिजा आउन भने बाँकि छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक