बिहीबार, वैशाख १३, २०८१

आइफल टावरका सिँढी लाखौंमा लिलाम, सोचे भन्दा १० गुणा मूल्य

नेपाल प्लस२०७७ मंसिर १७ गते २०:०५

विश्वकै आस्चर्यजनक पेरिसको आइफल टावरका सिँढी लाखौं मूल्यमा लिलाम बिकृ भएको छ । टावरको मूल सिँढी दुई लाख ७४ हजार युरो (करिब ३ करोड ८६ लाख नेरु) मा बिकृ भएको हो ।

लिलामी गर्ने आर्टकुरियलका अनुसार आइफल टावरको चौधौं सिँढीको हिस्सा  लागत मूल्य भन्दा १० गुणा भन्दा बढी हो ।

आइफल टावर डट एफ आरमा उल्लेख भए अनुसार झण्डै तिन मिटर उचाईको शिल्प सन् १८८९ मा प्रारम्भिक चरणमा बनेको थियो । त्यसको सिँढीले दोस्रो र तेस्रो तलालाई जोड्ने काम गरेको थियो । सन् १९८३ मा वा झण्डै एक शताब्दि पछि लिफ्ट बनाउनु अघिसम्म त्यहि सिँढी धरहराको तेस्रो र चौथो उक्लिने मुख्य मार्ग थियो ।

ति सिँढीलाई काटेर २४ टुक्रामा बिभाजन गरिएको हो । ति मध्ये २० टुक्रा निजि संग्रहकलाई बेचियो । तिन वटा फ्रान्सेली संग्राहलयलाइ दिईयो । बचेको अन्तिम टुक्रा लेडी डबको पहिलो तल्लामा बिकृका लागि सजाएर राखिएको थियो ।

यसका केहि टुक्रा अहिले न्यूयोर्कको स्वतन्त्रताको मूर्ती र जापानको योशी फाउण्डेशनको छेउमा हेर्न सकिन्छ ।

सिँढीको एक टुक्रा आजै मंगलवार क्यानेडियाली कला संकलकले खरिद गरेका हुन् । त्यसको मूल्य ३० देखि ४० हजार युरो पाइने अनुमान गरिएकोमा खरिदकर्ताले दुई लाख ७४ हजार चार सय ७५ युरो (१ करोड ५ लाख ९७५ नेरु) तिरेका हुन् ।

यस अघि सन् २०१६ मा एउटा टुक्रा पाँच लाख २३ हजार आठ सय युरोमा बिक्रि भएको थियो ।

तिन सय २४ मिटर अग्लो आइफल धरहरा सन् १९८९ मा विश्व मेलाकालागि त्यसबेलाका इन्जिनियर गुस्ताभ आइफलले निर्माण गरेका थिए । त्यसबेला फ्रान्सेलीहरुले असाध्यै रुचाएपछि विश्व मेलापछिपनि हटाइएन । त्यसपछि यो धरहरा विश्वकै आकर्षक बनिरहेको छ ।

तपाइँको प्रतिक्रिया