शुक्रबार, वैशाख १४, २०८१

पौडेलको गिरफ्तारी प्रती जनसंपर्क समितीहरु आक्रोशित

नेपालप्लस समाचारदाता२०७७ मंसिर १७ गते २३:००

नेपाली कांग्रेसको प्रवास स्थित भातृ संस्था जनसंपर्क समितिका सभापतिहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि आफ्नै ग्रिह जिल्लाको सदरमुकाम तनहुँमा भएको प्रहरी दमन र पक्राउको बिरोध गरेका छन् ।

करिव तीन दर्जन जनसंपर्कका सभापतिहरुले बुधवार विज्ञप्ती जारी गर्दै लोकतन्त्रमा शान्तिपूर्वक भेला हुने, आफ्ना कुराहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र विकास निर्माणका कामलाई विना कुनै अवरोध संचालन गर्न पाउने हक, अधिकारको सुरक्षा जस्ता आधारभुत कुराहरुलाई बेवास्ता गर्दै ओली सरकारको ठाडो निर्देशनमा भएको यो धरपकड लोकतन्त्रप्रतिको प्रहार भएको जनाएका छन्।

“कम्युनिष्ट अधिनायकवाद यस्तै दमन र हर्कतको आवरणमा लोकतन्त्रको खिलाप सार्वजनिक हुने गर्दछ । आजको यस घटना सर्वसत्ताबादतर्फ उन्मूख वर्तमान कम्युनिष्ट सरकारको कालो अनुहार हो” बिज्ञप्तीमा भनिएको छ । पार्टीका वरिष्ठ नेतासहित अन्य नेतागण र साथीहरुमाथि भएको बर्बर प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाली कांग्रेस पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दै वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको दिनगन्ति आजको घटनाबाट सुरु भएको चेतावनी समेत दिन चाहन्छौं- उनिहरुले भनेका छन ।

बिज्ञप्तीमा जनसंम्पर्क समितीकी नेतृ सिता सापकोटा, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्ट, शुक्रराज न्यौपाने, कृष्ण गिरी लगायत पैतिस जनाको हस्ताक्षर छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक