बुधबार, वैशाख १२, २०८१

जालझेल, लेटरप्याड दुरुपयोग, आर्थिक अपारदर्शीता लगायतका आरोप लगाउँदै महासंघ युरोपद्वारा भ्रम नछर्न आव्हान

नेपाल प्लस२०७७ मंसिर १८ गते १०:३७

नेपाल पत्रकार महासंघ युरोप शाखाले यस शाखाका पूर्व अध्यक्ष केजिन राइलाई संस्थाको बहुमतले अध्यक्षबाट कारवाहि गरिसकेपछिपनि संस्थाको नाममा बिभिन्न भ्रम छर्ने काम गरेको आरोप लगाएको छ ।

सोमवार शाखाका तर्फबाट कार्यवाहक अध्यक्ष डिल्ली अम्माई र महासचिव योगेन्द्रमिलन छन्त्यालले प्रेस बिज्ञप्ती जारि गर्दै राईले संस्थाप्रति भ्रम फैलाएकोमा गम्भिर आपत्ति रहेको जनाएका हुन् ।

पत्रकार महासंघ युरोप शाखाले केजिनलाई राई अध्यक्षको लागि केन्द्रमा कारवाहिको सिफारिस गरेपछि प्रयोग ल्याएको लेटरप्याडमा केजिन राइलाई ‘सस्पेन्डेट’ (निलम्बन) गरेको उल्लेख छ । कार्यवाहक अध्यक्षमा डिल्ली अम्माईको नाम ‘एक्टिङ प्रेसिडेन्ट’ (कार्यवाहक) सिफारिस गरिएको छ ।

युरोप शाखाको बेल्जियममा सपन्न अधिवेशनबाट निर्वाचित मौजुदा कार्य समितिको बहुमतले राइबाट विधि, विधान र आचारसंहिता गरिएको, आर्थिक कारोवारमा अपारदर्शी रहेको र संस्थाको गरिमामा आचार पुर्‍य्एको ठहर गर्दै सबैको हस्ताक्षरसहित महासंघ केन्द्रमा निलम्बनकालागि सिफारिस गरिसकेको बिज्ञप्तीमा उल्लेख गर्दै भनिएको छ “संस्थाको सामान्य विधि पद्धति र नियमानुसार संस्थाको बहुमत सदस्यहरुले निलम्बनका लागि सिफारिस गरेको व्यक्तिले स्वघोषित रुपमा आधिकारिक भएको दावी गर्नु हाँस्यास्पद कुरा हो ।”

डिसेम्बर १ का दिन नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको विशेष कार्यक्रमबारे जनमानसमा भ्रम फैलाउने उद्देश्यले शाखाबाट निलम्बनका लागि सिफारिस भएका निवर्तमान अध्यक्ष केजिन राईले महासंघको नामबाट जारी गरेको तथाकथित विज्ञप्तिप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीका अनुसार विधि विधान र प्रकृयाविपरित कार्यसमितिकालाई निष्काशन गर्ने, मनोमानी मनोनयन गर्ने, निर्णय नभएका कुराहरु सार्वजनिक गर्ने, हिसाबकिताब गोलमटोल राख्ने, सदस्यको संख्या कसैलाई पनि जानकारी नदिने, अनधिकृत रुपमा संगठनको लेटरप्याड दुरुपयोग गर्दै पटक पटक फेरबदल गर्ने जस्ता गम्भीर त्रुटीका कारण शाखाको शाख गिराउने निज राई ३१ अक्टुबर २०२० का दिन प्रेस संगठन युरोपको अध्यक्षमा मनोनयन भएका छन् । संस्थालाई नै विघटनको संघारमा धकेलेपछि राईलाई सच्चिनका लागि बारम्बारको सुझाव र अनुरोध गर्दापनि विभिन्न किसिमका तिकडम गरिरहेका कारण निलम्बन गरिएको हो ।

प्रकृयागत रुपमा निलम्बनको बारेमा निर्णय नहोउञ्जेल निष्कृय वा मौन रहनुपर्ने सर्वस्विकार्य सिद्धान्तविपरित केजिन राईले उल्टै नानाथरिका जालझेलपूर्ण बहानाबाजी सहित अरुलाई दोषारोपण गर्दै आफू पानीमाथिको ओभानो बन्न खोजेको बिज्ञप्तीले स्पष्ठ पार्न खोजेको छ ।

महासंघ युरोप शाखाले निज राईबाट सामाजिक संजालमा अफवाह फैलाउन नेपाल पत्रकार महासंघ युरोप शाखाको नामबाट जारी गरिएका कुनै पनि कुराहरू आधिकारिक नभएको जानकारी गराएको छ ।

यसैसित संवन्धित अघिल्लो समाचारपनि हेर्नुस

निलम्बित : आर्थिक हिनामिना र पार्टी पत्रकार बनेको गम्भिर आरोप

तपाइँको प्रतिक्रिया