शुक्रबार, वैशाख १४, २०८१

आफ्नै छोरोलाई २८ वर्ष बन्धक बनाउने स्विडिस आमा पक्राउ

नेपाल प्लस२०७७ मंसिर १९ गते १९:४७

photo- the sun

कतिपय आमा यस्तापनि हुने रहेछन् जसले आफ्नै छोरोलाई २८ वर्षसम्म बन्धक बनाएर राख्न सक्ने । कति निष्ठुरि हुनसक्नुपर्छ यति लामो समय आफ्नै छोरोलाई एउटै कोठामा बन्धक बनाएर राख्न सक्नेको मन ? स्विडेनमा आफ्नै छोरालाई २८ वर्षसम्म बन्धक अब्नाउने यस्तै एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पुलिसले मंगलबार उक्त महिलालाई पक्राउ गर्दा छोराको शरिरमा संक्रमित घाउ थिए । ऊ पर्याप्त खानाको अभावमा कुपोषित थियो । उसका लगभग सबै दाँत झरिसकेका थिए ।

स्टकहोलमका पुलिस प्रवक्ता ओला ओस्टर्लिंगले एएफपीलाई उक्त व्यक्ति दक्षिणी स्टकहोल्म उपनगरमा रहेको अपार्टमेन्टमा “धेरै समयदेखि बन्धक” रहेको बताए । तर आफ्नै आमाले २८ वर्षदेखि बन्धक बनाएकाले पक्राउ गरिएको स्थानीय रिपोर्टमा टिप्पणी गर्न भने अस्वीकार गरे ।

महिलाका छिमेकीले भने ४१ वर्षिय उक्त पुरुषलाई नदेखेको बताएका छन् ।

भवनको अर्को कोठामा बस्ने २४ वर्षीय टोभ बोमानले एएफपीलाई आफूले आमालाई मात्र देखेको बताउँदै भने “म यहिँ हुर्कें र म ति महिला को हुन् भन्ने चिन्छु । उनी अलि अनौठो स्वभावकि महिला हुन्” उनले भनिन् ।

एक्सप्रेसन र आफ्तोनब्लाडेट अखबारको रिपोर्ट अनुसार ति महिलाले आफ्नो छोरो १२ वर्षको हुँदा स्कूलबाट निकालेकि थिईन् । त्यसपछि उनले छोरोलाई लगातार बन्धक बनाउँदै आएकि हुन् ।

आमालाई अस्पताल लगिएको बेला आइतवार महिलाका एक अज्ञात नातेदारले उक्त पुरुषलाई भेट्टाएको एक्सप्रेसनले रिपोर्ट गरेको छ ।

‘उक्त पुरुषको खुट्टामा घाउको संक्रमण भएको थियो । मुस्किलले हिँड्न सक्ने अवस्थामा छ । दाँत थिएनन् । बोल्ने क्षमता अति कम थियो ।’ रिपोर्टमा उल्लेख छ ।

ओस्टरलिंगले ती विवरणहरूमा कुनै टिप्पणी गरेनन् । भने “त्यो मानिस अस्पतालमा छ । उसको चोटपटक प्राणघातक भने छैन ।”

महिलालाई स्वतन्त्रताबाट अवैध रूपमा वञ्चित गराउनु र शारीरिक क्षति पुर्‍याएको आरोप लगाइ एको छ । तर उनले ति आरोपको अस्वीकार गरिन् ।

आमाले आफ्नो तिन वर्षको जेठो छोरो गुमाएपछि अर्को छोरोलाई अत्यधिक सुरक्षा दिन चाहेकाले यस्तो गरेको मेडियाहरुले अनुमान गरेका छन् ।

आमाले केटालाई ‘बाहिर तिमी र मलाइ लिन बसेका छन् । मैले मात्रै तिम्रो रक्षा गर्न सक्छु’ भन्दै विश्वस्त गराएको महिलाका आफन्तले बताए ।

ती नातेदारले डगेन्स् न्हिटर अखबारलाई ति पुरुष बन्धक बनाइएको बारे सामाजिक सेवाहरूमा वर्षौंसम्म धेरै चोटि सम्पर्क गरेको तर कुनै अपराध नदेखिएकाले शारीरिक रूपमा बन्धक मान्न नसकिने बताउँदै आएको उल्लेख गरेका छन् ।

मंगलबार अपार्टमेन्टको ढोकामा प्रहरी टोली पुगेको थियो । प्रहरी अधिकारीहरू मध्य दिनमा अपार्टमेन्ट वरिपरि घटनास्थलबाट बाहिर निस्केको एक एएफपी फोटोग्राफरले देखेका थिए ।

प्रहरीहरु अपार्टमेन्टमा पुग्दा वर्षौंसम्म सफा नगरिएको फोहोर अवस्थामा थियो । पिसाब र धुलैधुलो थियो । कुहिएका चिजबिज थिए । कोठा गन्हाइरहेको थियो । बैठक कोठामा छिर्न फोहोरको थुप्रो पन्छाउनुपर्थ्यो ।

“म स्तब्ध छु । मैले राहत पाएको छु । म २० वर्षदेखि यो दिन पर्खिरहेको थिएँ” पिडितले एक्स्प्रेसन अखवारसित भने ।

यो घटना यथार्थमा के भएको हो भनेर जान्न प्रहरीले पिडित पुरुष र उसकि आमासित केहि दिन भित्र सोधपुछ गर्ने भएको छ ।

पत्रकारले छिमेकीसित बुझ्दा उनीहरुले यति लामो समयसम्म कोठामा बन्धक बनेकोमा शंका ब्यक्त गरेका छन् ।

अपार्टमेन्टबाट गन्ध आउने गरेको थाह भएपनि यस्तो घटना भएको हुनसक्ने अनुमानपनि नगरेको केहि छिमेकीको भनाई छ ।

छिमेकीहरुले स्कूलबाट निकालेर फिर्र्ता नपठाएपछि किन यति वर्षसम्म स्कूल र सामाजिक संस्थाले चासो राखेनन् भन्नेमा छिमेकीहरु अचम्मित छन् ।

उनीहरुको झ्याल सधैं बन्द हुने गरेको र झ्यालमा वर्षौंदेखि उहि मैनबत्ती रहने गरेकोमा छिमेकी एक महिलाले आस्चर्य ब्यक्त गरेकि छन् ।

“तर तपाईले के गर्न सक्नुहुन्छ ? बन्द ढोका र झ्यालभित्र के भैरहेको छ भनेर कसरि थाह पाउने ? यो असाध्यै भयानक घटना हो । यो घटना सत्य हो भनेरपनि विस्वाश गर्न गाह्रो छ” ति महिलाले एक्स्प्रेसनसित भनिन् ।

तपाइँको प्रतिक्रिया