मंगलबार, वैशाख ११, २०८१

यौन सम्पर्क नगर्ने महिलाहरुलाई आउनसक्ने समस्या

सुरक्षा मानन्धर / ओस्लो, नर्वे२०७७ मंसिर २० गते १५:३९

यौन सम्पर्क राख्नु र नराख्नुले के महिलाहरुको जीवनमा कुनै असर पर्दछ ? गत हप्ता विश्वभरका यौन शोधकर्ताहरुको यौटा वेभिनारमा नर्वेमा अध्ययनरत विद्यार्थीको तर्फबाट म पनि सहभागी भएकी थिएँ । त्यहाँ भएका छलफलहरुले म आफै छाँगाबाट खसे झैं भएकी थिएँ । किनभने म आफैँ मेरो केटासाथीलाई काठमाडौंमा छोडेर आएकी व्यक्ति हुँ । म उसलाई धोका दिन पनि चाहन्न । वेभिनारमा शोधकर्ताहरुले भनेका केहि कुरा नेपाली नारीहरुलाई पनि काम लाग्ला भनेर मैले बाँड्न चाहेकी मात्रै हुँ ।

यौन सम्पर्क राख्नु महिला र पुरुष दुवैको लागि महत्वपूर्ण कुरा हो । शरीरमा हर्मोनका कारण हुने परिवर्तनले यौन सम्पर्क राख्न चाहना हुनु स्वस्थ मानिसको प्रतिक पनि हो । केहि महिला र पुरुषहरुलाई विपरीत लिंगप्रति आकर्षण नभएर आफ्नै लिंगप्रति आकर्षण बढ्ने समलैंगिकताका लक्षणहरु पनि देखिन सक्छन् । यो पनि सामान्य कुरा हो । शरीरका हर्मोनका कारण हुने परिवर्तनलाई समाजको संस्कृति र संस्कारसँग जोडेर, धर्मसँग जोडेर स्विकार अस्विकार गर्नेकुरा तर्कसँगत हुँदैनन् । हाम्रो देशको कानूनले पनि समलैंगिकतालाई स्विकार गरिसकेकोछ ।

यौनसम्पर्क भन्ने बित्तिकै विपरीत लिंगी, समलिंगी सबैलाई बुझाउँछ ।

वेभिनारमा सहभागी नर्वेकी एकजना शोधकर्ता क्रिष्टिना जोन्सनको खोजी अनुसार यौन सम्पर्क राख्न छोड्दै जाँदा शरीरमा रोगप्रतिरोध क्षमतामा कमी आउँदछ ।

यौन सम्पर्कका क्रममा शरीरमा हुने अत्यधिक रक्त प्रवाह, उत्तेजनाको चरम शिखरमा पुग्दा र स्खलित हुँदाहुने शरिरको आनन्दी प्रकृया जसलाई रिल्याक्सेसन भन्न सकिन्छ, त्यसबेला कोशिकामा पर्ने प्रभाव यी सबै कुराले डिएनए सुरक्षित राख्न धेरै सहयोग पुग्दछ । योनी योनी रगडेर महिलाहरुले स्खलित गराउँदा पनि हुने उहि नै प्रकृया हो ।

टेलोमेरसले घेरिएको डिएनए सुरक्षित हुनु भनेको अनुहारमा खुशी आउनु, सधैं चुस्ती र फूर्ति रहिरहनु र नयाँ केही काम गर्ने जाँगर चल्नु पनि हो । यो विज्ञानले पुष्टि गरिसकेको कुरा बताउँदै दक्षिण अफ्रिकी वैज्ञानिक जान्डिलाले भनिन्, रक्सीले पनि त्यो टेलोमेरस मारिदिन्छ जसले गर्दा पुरुषहरुको सन्तान उत्पादन प्रकृयालाई असर गर्न सक्दछ ।

त्यसो भए, कति कति दिनमा यौन सम्पर्क गर्दा महिला स्वास्थ्य राम्रो हुन्छ ? भन्ने छलफल पनि त्यहाँ चल्यो । सबैको राय थियो, कम्तिमा हप्तामा एकपटक यौन सम्पर्क राख्दा महिलाहरुको स्वास्थ्य र दैनिकीलाई निकै सहयोग पुग्दछ । सकारात्मक विचार आइरहने, कम झिझो लागिरहने र एक्लोपनको अभाव घट्ने मात्र होइन, जीवनप्रति निकै सकारात्मक हुनपनि यो सहयोगी हुन्छ । अमेरिकाको क्यालिफोर्नियाका सहभागीले त धेरै यौन सम्पर्कले दीर्घायू बनाउँछ । जति धेरै पटक उत्तेजनाको चरम चुलीमा पुग्यो उति डिएनए सुरक्षित हुन्छ । डिएनए दुरुस्त हुनेहरुको आयू लामो हुन्छ ।

मलाई लाग्यो, नियमित यौन सम्पर्क हाम्रो शरिरको लागि चाहिने कुरा पो रहेछ । सुरक्षित यौन सम्पर्क राखियो भने सम्भावित अरु रोगबाट बाँच्न पनि सकिन्छ भन्ने कुरा पनि ख्याल गरौं है । स्वस्थ भइन्छ भनेर जोशमा होश गुमाइयो भने यौन रोग लागेर फेरि आयू छोटिन पनि सक्छ । कण्डमको प्रयोग त्यसको सबैभन्दा राम्रो उपाय हो भन्ने सहभागिहरुको निचोड थियो ।

फोटो- mummysphysio.com

तपाइँको प्रतिक्रिया

फेसबुक