मंगलबार, वैशाख ११, २०८१

स्विजरल्याण्डमा भेटियो कोरोना संक्रमित बिरालो  

नेपाल प्लस२०७७ मंसिर २१ गते ८:५०

बिराला र कुकुरले कोरोना भाईरस संक्रमणमा भूमिका नखेल्ने बताउँदै आएपनि स्विजरल्याण्डमा पहिलो पटक कोरोना संक्रमित बिरालो फेला परेको छ ।

जुरिच शहरस्थित खाध्य सुरक्षा र पशु चिकित्सा मामिला विभागको संघिय कार्यालयकाअनुसार एक महिलालाई कोरोना संक्रमण छ कि छैन भनेर परिक्षण गर्दा उनले सँगै ल्याएको विरामी बिरालोकोपनि परिक्षण गरिएको थियो । परिक्षणबाट ति महिला र उको बिरालो दुबैमा कोरोना पोजेटिभ देखिएको हो ।

पशु चिकित्सकहरुले घरका मानिसमा कोरोना संक्रमित भएपछि पाल्तु जनावरमापनि सर्नसक्ने बताएका छन् ।

संघिय खाद्य विभागले कोरोना संक्रमण मुलत मानिसबाट पाल्तु जनावरमा सर्नेभएतापनि पाल्तु जनावरबाट मानिसमा सर्दैन भन्ने विषयलाई नकार्न भने नसकिने उल्लेख गरेको छ । तर जनावरमा भने कोरोना भाईरसको लक्षण न्युन अवस्था देखिने बताइएको छ ।

पशु चिकित्शकहरुले पाल्तु जनावरसित नसुत्न, आफ्नो ओछ्यानमा नराख्न, खानपिनमा ध्यान दिन र जनावरले खाने भाँडाहरु निरन्तर सफा राख्न सुझाव दिएका छन् ।

तपाइँको प्रतिक्रिया