आइतबार, वैशाख ५, २०७८

मलाई लेखक भन्नुभन्दा ब्यवशायी भनिदिए खुशि लाग्छ -जीवा लामिछाने

नेपालप्लस२०७७ मंसिर २२ गते १५:२०

जीवा लामिछानेको परिचय अब एनआरएन अभियन्ता र ब्यवशायीमा मात्र सिमित रहेन । उनी बिस्तारै लेखकको रुपमा माझिँदै आएका छन् । केहि समय अघि फाइन प्रिन्टले उनको दोस्रो कृती ‘देश देशावर’ बजारमा ल्याएको छ । जसको चर्चा देशमा मात्रै नभएर नेपाली पुगेका हरेक देशबाट सुनिन थालेको छ । समिक्षात्मक र पाठकिय प्रतिकृया हेर्दा पुस्तक अब्बल दर्जाको भान हुन्छ । तर लेखक लामिछानेले नेपालप्लस सँगको कुराकानीमा पुस्तक औसत रहेको प्रतिकृया दिए । यिनै लामिछानेसँग देश देशावरको चर्चाका वारेमा नेपालप्लसले गरेको कुराकानीको संपादित अंश ।

देश देशावरका निकै राम्रा प्रतिकृयाहरु आइरहेका छन । कस्तो लागिरहेको छ ?

यो गत माघमै बजारमा आउनु पर्ने पुस्तक हो । तर कोभिडका कारणले रोकिएको थियो । यो संक्रमण यती लामो समयसम्म जाला भन्ने लागेकै थिएन । यहि बिचमा मैले पुस्तकको बारेमा साथीभाइहरुको बिचमा शेयर, छलफल गरें पनि । दोस्रो कृती निस्किँदै छ भन्ने खबर लामो समयसम्म गएको हुनाले पनि अलिकति चर्चा चाहिँ भएको छ । तर म के भन्न चाहन्छु भने यो एउटा औसत पुस्तक हो ।

आफ्नो पुस्तकको यत्रोबिधी चर्चा सुनेर, पढेर एकदमै खुशी हुनुहुन्छ होला नि ?

आफूले गरेको सृजना पाठक वा साथीभाइले पढेर प्रतिकृया दिनुभएको छ । यसमा एकदमै खुशी भन्दा पनि रमाइलो लागेको छ । मैले लेखेको किताव मानिसहरुले मगाएर, अनलाइन किनेर पढिरहनु भएको छ । त्यसमा खुशी लागेको छैन भनेर कसरी भन्नु ।

 तपाईंले नै भनिसक्नु भयो यो औसत पुस्तक भनेर । अहिलेसम्म कुनैपनि पुस्तकको यती धेरै चर्चा सुनिएको थिएन । मान्छेहरुले साँच्चै नै किताव मन पराएका हुन त ?

यो कस्तो भने, अहिले सामाजिक सन्जालहरु बढी लोकप्रिय भएका छन् । मान्छेहरुले आफ्ना अनुभव र दिनचर्याहरु यि संजालहरुमा सजिलैसँग बाँड्न पाउँछन् । अर्को कुरा कोभिडका कारणले मान्छेहरु घरमै छन् । दिनभरी घरमा बसेर के गर्ने त ? पढ्ने लेख्ने बाहेकका अरु धेरै विकल्प हुँदैनन । त्यसैले मान्छेहरुको पढ्ने बानी बढेको छ । आफूले चिनेको मान्छेको पुस्तक नै आयो भने साथीहरुले सन्जालमा शेयर गर्ने, एक अर्कालाई भन्ने कुराहरु भइ नै हाल्यो । सयौं होइन कि हजारौं साथीहरुले शेयर पनि गरिरहनु भएको छ । सामाजिक संजालको सकृयताले अलिकति चर्चा बढेको हो जस्तो लाग्छ । तर यहि पुस्तकको मात्रै बढी चर्चा भयो भन्ने त मलाई लाग्दैन । अरु पुस्तकहरुको पनि चर्चा नै छ ।

तपाईंलाई चाहिँ अली बढी नै माया गरे जस्तो देखिन्छ नि होइन र ?

साथीहरुले मायाँ गरेको त मैले महसुस गरिरहेको छु । तर लेखनको कुरा छ नि मैले जहिले पनि आफूलाई कसैले लेखक साहित्यकार भन्दा अप्ठ्यारो लाग्छ । मैले आफूलाई लेखक साहित्यकार ठानेकै छैन । म मात्र लेखन र अध्ययनमा रुची भएको मान्छे हुँँ । म एउटा ब्यापारी हो र ‘एकेडेमिक’ रुपमा इन्जिनियर हो । लेख्ने कुरा मेरो रहर हो । सर्सर्ती संसार र देश देशावर रहरै रहरमा आएका हुन् । मलाई लेखक, साहित्यकार तथा पाठकहरुले देश देशावर एउटा ब्यापारिले लेखेको औंसत पुस्तक हो भनेर भन्दिनु भयो भने मेरो लागि उच्च मुल्यांकन हुन्छ । यती धेरै प्रशंसा र मायाँको बोझ सहन अल्ली गाह्रो हुन्छ कि जस्तो लागेको छ ।

तर सप्पै मान्छेहरुले देश देशावरलाई अहिलेसम्म पढे मध्येका पुस्तकमा सबैभन्दा राम्रो, उत्कृष्ठ कृती भनेर प्रतिकृया दिइरहेका छन् त ?

कतिपय चिनजानका साथीभाइहरुमा मैले नराम्रो पक्ष किन उजागर गरिदिउँ भन्ने सोच होला । तर म केमा खुशी हुन्थें भने यो मैले रहरले लेखेको पुस्तक हो र पढ्ने पाठकहरुले, मलाई माया गर्ने र म प्रती सद्भाव राख्ने पाठकहरुले कमजोरी औंल्याइदिनु भयो भने लेख्न खोज्ने मेरो रहर परीमार्जित हुने थियो भन्ने मलाई लाग्दछ । त्यसैले यस्ता खालका सुझावहरु आउn भन्ने मेरो भित्री चाहना हो ।

आएका छन् कि छैनन त्यस्ता सुझावहरु ?

बिस्तारै आउँदै छन् । कती साथीहरुले ‘हामी तपाईंको आलोचनात्मक पाटो लेख्दैं छौं । तपाईं रिसाउनु त हुन्न नि ?’ भनेर पनि सोध्नु भएको छ ।

जीवा लामिछने रिसाउला कि भनेर किन डराउँछन मान्छेहरु ?

डराएर भन्दा पनि जिस्किएर वा मनले जितेर नै सोधे होलान् जस्तो लाग्दछ । त्यो चाहिँ मलाई अलि गम्भिर भएर पढेको जस्तो र जिम्मेवार पाठकको रुपमा सल्लाह दिए जस्तो लाग्छ । कती साथीहरुले त किताब पढेर गम्भिर रुपमा आलोचनात्मक प्रतिकृया पनि पठाउनु भएको छ । मैले त आलोचनात्मक प्रतिकृया नै आओस भन्ने चाहन्छु ।

तपाईंले माने पनि नमाने पनि तपाईं लेखक भइसक्नु भएको छ । दुई वटा कृति बजारमा आएका छन् । दुबै कृति चर्चाको शिखरमा छन् । यति धेरै मायाँ र गुणगानका प्रतिकृया आइरहँदा डर लागे जस्तो हुँदैन ?

तपाईंले भने जस्तो त्यति धेरै गुणगान पनि आएका छैनन् । केहि साथीहरुले ‘तपाईंको किताव पढें । मलाई राम्रो लाग्यो’ भन्नु भएको छ । यसैलाई गुणगान भन्ने कुरा भएन । तर के हो भने साथीहरु अली आलोचनात्मक पाटो तिर जान चाहनु भएन ।

अर्को कुरा नि, देश देशावरले त किताव बिमोचनको परम्परा नै भत्काए जस्तो देखियो । किताव त एक पटक बिमोचन हुने परम्परा छ जस्तो लाग्छ । देश देशावर त देश देशमा, शहर शहरमा बिमोचन भइरहेको छ !

हाहाहाहा !!! अहिले देश देशावर प्राय: सबै देशहरुमा पुगिसकेको छ । कती देशमा साथीहरुले लगेर जानु भएको छ । कती देशमा अनलाइन मै पनि किन्न पाईन्छ । ति देशका साथीहरुले हामीले किताव पायौं, पढ्दै छौं भनेर सूचना शेयर गर्नु भएको छ । मलाई मायाँ गर्ने साथीहरुले गर्नु भएको छ त्यस्तो .  त्यसलाई बिमोचन भन्दा पनि सूचना शेयर भन्छु म ।

तर सामाजिक संजालका पोस्टहरुमा त बिमोचन नै भनेर लेखेका छन् नी !

यो कस्तो भने ३-४ जना साथीहरुको हातमा किताव पर्‍यो अनी भेट हुँदा सबै जना मिलेर सार्वजनिक गरेको भन्ने अर्थमा लिनुपर्‍यो । त्यो बिमोचन भन्दा पनि एक्साइट्मेन्ट हो ।

यो त तपाईंले नै गर्न लगाएको हो रे त ?

त्यो त हुँदै होइन । मैले किन गर्न लगाउने ? यसो भन्दा स्वतस्फूर्त रुपमा प्रतिकृया दिने साथीहरुको अपमान हुन्छ । यो के भने किताव छाप्ने प्रकाशन गृह, जसले छानिएका पाण्डुलिपी लिएर किताव प्रकाशन गर्नुहुन्छ । किताव बजारमा आइसकेपछि प्रचार प्रसार पनि उहाँहरुले नै गर्नुहुन्छ । यो सामान्य प्रकृया हो ।  यसका लागि लेखकको पनि जिम्मेवारी हुन्छ । विना प्रचार प्रसार पाठकहरुका हातमा कसरी किताव पुग्छ र ? त्यसैले अधिकांश प्रचार प्रसारको काम उहाँहरुले नै गर्नु भएको छ । कुनै पनि साथीभाईलाई यसरी कितावको प्रचार गरिदिनुस् भनेको छैन । प्रकाशन गृहको त यो ब्यापार हो । यसका लागि उहाँहरुले किताव बेच्नै पर्छ । तर मेरो लागि किताव लेखन जिविकोपार्जन गर्ने माध्यम होइन । तै पनि किताव लेखकको रुपमा त्यसको प्रमोशन गर्नु मेरो पनि जिम्मेवारी हुन्छ । तर निरन्तररुपमा मैले केहि गरेको छैन ।

सम्भवत: तपाईंले नसुनेको तर हामीले थाहा पाएको, तपाईंले आफैँ किताव किनेर मान्छेहरुलाई फ्रीमा बाँड्नुहुन्छ भन्ने कुरा के हो ?

मैले पनि सुनेको छु । तर किनेर भन्दा पनि कस्तो हुन्छ भने प्रकाशकले लेखकहरुलाई लेखकस्वका रुपमा दिने चलन हुन्छ । मैले लेखकिय भन्दा पनि त्यसको सट्टा किताब नै दिनुहोस् भन्छु । हुन त यसो हेर्दा त किनेको नै जस्तो देखिन्छ । तिनै कितावहरु यात्राका क्रममा साथीहरुलाई दिन्छु । यस्तो प्राय: सबैले गर्छन् । मेरो हकमा चाहिँ साथीहरुको सर्कल अली बढी भएकोले मैले थोरै बढी गरे जस्तो देखिन्छ होला । यसमा अन्यथा सोच्न जरुरी छ जस्तो लाग्दैन ।

पुस्तक पसलहरु बाटै किनेर बाँडेको त होइन ?

होइन होइन । मलाई प्रकाशन गृहले नै दिन्छ भने मैले किन पुस्तक पसलबाट किनेर बाँड्न पर्‍यो र !

देश देशावर कस्तो खालको किताव हो ?

आफूले घुमेका, देखेका ठाउँहरुको बारेमा लेखिएको हुनाले मैले चाहिँ यसलाई नियात्रा संग्रह नै भन्छु । तर कतिपय लेखक साहित्यकारहरुले यसलाई नियात्राको परिभाषा भन्दा अलिकति बाहिर गएको छ भन्नु भएको छ । नियात्रामा अलिकती निजात्मक कुराहरु बढी आउनु पर्छ भन्ने उहाँहरुको मान्यता हो । तर मलाई के लाग्छ भने सबै निजात्मक कुराहरु भन्दा पनि गएको ठाउँको भूगोल, राजनीति, ईतिहास, त्यहाँको परम्परा र संस्कृती जस्ता कुरामा मलाई रुची लाग्ने भएकाले पाठकहरुलाई पनि मन पर्न सक्छ भन्ने उद्देश्यले मैले आफ्न अनुभूती लेखेको हुँ ।

तपाईंले कतिवटा देशको यात्रा गर्नु भो ?

आधा संसार घुमे हुँला । आधा भन्दा अलि बढी हुन सक्छ । ठ्याक्कै यतिवटा घुमें भनेर त गनेको छैन ।

नेपाल जस्तो कुन देश रहेछ ?

पहाड पर्वत, नदी नाला र भूपरिवेष्ठित पनि भएकोले स्विजरल्याण्ड होला ।

होइन नेपालका जस्तै नेताहरु भएको देश चाहिँ कुन फेला पार्नु भो भन्न खोजेको ?

त्यस्ता देशहरु त धेरै छन् । अफ्रिका तिर पनि धेरै नै छन् । एशियामा पनि छन् ।

तेस्रो कितावको तयारी के छ ?

खास छैन । तेस्रो किताव छिट्टै नै लेखिहाल्छु भन्ने लागेको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक