सोमबार, वैशाख ६, २०७८

राजसंस्था फर्कँदैमा देश विकास हुने हो र ?

निराजन श्रेष्ठ / स्विजरल्याण्ड२०७७ मंसिर २२ गते ०:०३

राजा प्रिथ्वी नारायण शाहले टुक्रिएका राज्य जोडेर एकिक्रित नेपाल बनाए । एक सूत्रमा उनेर नेपाल र नेपालीको शिर उँचो हुने बनाए । त्यसपछि राजसंस्थाले सोचे अनुसार आर्थिक, सामाजिक उन्नती गर्न सकेन । तैपनि नेपाल र नेपाली भनेर आज हाम्रो शिर उँचो बनाउने काम राजसंस्थालेनै गरेको हो ।

सन् २००१ मा राजा बिरेन्द्र शाह राजदरवारभित्रै मारिए । नेपाली सैनिकहरुले सुरक्षा दिँदादिँदै पनि उनका परिवार मारिए । के कसरि मारिए त्यता नजाउँ । स्व राजा बिरेन्द्रका ठाउँमा उनका माइला भाइ पूर्व राजा ज्ञानेन्द्र शाहले २००१ देखि २००८ सम्म सात वर्ष शासन चलाए । सात वर्ष शासन चलाउने क्रममा नेपालमा धेरै राजनीतिक परिवर्तन भए । तर पनि बिकासको सिँढी भने उक्लन सकेन ।

नेपालको पुरानो राजनीतिक पार्टी कांग्रेसले पनि धेरैपटक देश बिकास गर्ने मौका पायो । तर पनि त्यस्तो केहि गरेको देखिएन । देश र जनताको लागि भन्दा पनि व्यक्तिगत स्वार्थ, कुर्सि, पद, पार्टी र झोले कार्यकर्ताको झोला भर्नेमा सिमित रह्यो । देशको सम्पत्ती चुस्ने काम मात्र भयो । एमाले भनिएका पनि त्यस्तै भए ।

माओको सिद्धान्त बोकेर हिँडेका नेपाली माओवादीको दवाबले २००८ मा पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली जनताका लागि २४० वर्ष देखि चलि आएको राजसंस्था वा भनौं शाह राजवंशको अन्त भएको स्वीकारे । त्यसपछि विकशित नेपाल बनाउने भन्दै माओवादीमा प्रचण्ड पथको उदय भयो । देश बनाउने भनेर गाउँगाउँमा भएका युवा, केटाकेटी, पाका र बुढाहरुलाई माओवादीमा सामेल बनाइयो । माओवादी सिद्धान्त नचाहनेहरु, सोझासाझा, निर्दोष कति मरे त कति विदेश पलाएन भए । त्यसको यकिन भने अझै छैन । देश बिकासको रापिलो, ज्वाला सहितको उर्लेर बलेको बिकासको आगो बोकेर माओवादी अघि बढेका थिए । नेपालमा अव परिवर्तन हुनेछ । देश बन्ने छ । विकास हुने छ । सुन्दर नेपाल बन्ने छ । यस्तो आसामा प्रत्येक नेपालीको मुटुको ढुकढुकी चलेको थियो । तर त्यसो भएन । बलेको विकासको आगो बोकेर हिँडेको माओवादी सुस्तायो ।

प्रत्येक घर, गाउँ, सहरबाट देश विकाशको उद्देश्य बोकेर माओवादीमा लागेका लगायत सम्पूर्ण सर्वसाधारण नेपालीहरुको बिचार र भविस्य माथि खेलवाड गरियो । व्यक्तिगत स्वार्थ, पद, पार्टी र झोले कार्यकर्ताको झोला भर्ने काम माओवादीले पनि खुलेआम गरे । विभिन्न पार्टीका मुखियाहरु एक आपसमा फाइदाका लागि मात्र मिल्ने खेल दोहोरिइरह्यो । त्यसपछि व्यक्तिगत स्वार्थलाइ हेरेर देश बनाउने बहानामा माओवादी र एमाले मिलेर नेपाल कमुनिस्ट पार्टी बनाए ।

देश बनाउन संबिधान लेखियो । प्रत्येक महिना मन्त्रि परिवर्तन गर्ने नियम परिवर्तन गरि चार वर्षमा पुर्याइयो । राजा फ्यालेर राष्ट्रपति राखियो । तर मात्र देशको रगत चुस्न बाहेक अरु केहि भएन । देश विकाशको नाउँमा जति परिबर्तन भएता पनि कागजमा मात्र सिमित रह्यो । विकास भने गएको २ दशकमा २० प्रतिशत पनि भएको देखिएन । दिनानुदिन देशका नेताहरु खुलेआम भ्रष्ट हुँदै छन् । खुलेआम बलात्कार, हत्या, स्वास्थ्यमा लापरबाही, असुरक्षा बढिरहेकोले झन् झन् नेपालको स्थिति बिग्रिएको छ । यस्तो देख्दा देख्दै पनि हामी नेपालीहरुले पार्टीको समर्थन गर्न छोडेका छैनौं ।

हालै संसारलाइ हलचल बनाएको कोरोना महामारीले नेपालमा पनि बेथिति बढाएको छ । यस्तो महामारीको बेथितिलाइ भुलेर पदको लागि लुछाचुँडी गर्दैछन् । देश विदेशमा रहेका नेपालीहरुले नेताहरुलाई सतर्क पार्नु र सुधार्नुको साटो आफूले समर्थन गरेको पार्टीलाइ सर्वहारा भन्दै सडकमा उत्रेको देख्दा नेता हैन हामी नेपाली जनता नै अविकसित देश हुनुको मुख्य पात्र हौँ भन्ने लाग्छ । यस्तो बेलामा पनि एकले अर्कोलाइ गालि गलौज गरेका छौँ । पार्टीको समर्थन गर्दै सडकमा निक्लेका छौँ । किन ? यी पार्टीहरुले देशलाइ के दिए ? यो बुझ्न हामीले जरुरि छ । जो सुकै पार्टी होस् राम्रो गर्नेलाइ साथ दिऔं । नराम्रो गर्नेलाइ नछाडौं । होसियार गराऔं ।

कांग्रेश समर्थक वा कार्यकर्ताले अरु पार्टीलाइ । नेकपा समर्थक वा कार्यकर्ताले अरु पार्टीलाइ । माओवादी समर्थक वा कार्यकर्ताले अरु पार्टीलाइ । राप्रपा समर्थक वा कार्यकर्ताले अरु पार्टीलाइ गालि गर्नुको साटो सबै समर्थक र कार्यकर्ता मिलेर नेताहरुलाई खबरदारी गरौँ ।

आजकल फेरि राज संस्था दोहोर्याउन राजसंस्था समर्थकहरु सडकमा आएका छन । के यो उचित छ  र ? राज संस्था आएमा फेरि देश बिकास हुन्छ भन्ने छ ? नेपाली जनता बुझ्ने भएका छौँ । ठण्डा दिमाखले बुझ्न जरुरि छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक