बुधबार, साउन २०, २०७८

वैंक कर्जाको भार र आर्थिक संकटले फ्रान्सका कृषकद्वारा दिनदिनै आत्महत्या

नेपालप्लस२०७७ मंसिर २२ गते ११:१५

वर्षौं देखि आर्थिक संकट भोग्दै आएका फ्रान्सेली कृषकहरुद्वारा आत्महत्या गर्ने क्रम बढेको छ । कृषी क्षेत्रका औजार, श्रम र उपकरणहरुमा बढ्दो महँगि र उत्पादित वस्तुमा कम आए हुन थालेपछि आत्महत्याको क्रम बढेको हो । लगानीको अनुपातमा आय हुनु त परैजाओस कृषी उत्पादनमा गरेको खर्चसम्म उठ्न छाडेपछि ऋण तिर्न नसक्ने र दैनिक गुजारा पुग्ने आयसम्म नभएपछि फ्रन्सेली कृषकहरुले यस्तो अप्रिय बाटो समाउने क्रम बढेको छ ।

फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंको पार्टी ल रेपुब्लिक अँ मास (एलआरइएम) का नेता ओलिभिय डेमिसिनले यदि सरकारले कृषकहरुलाई आर्थिक सहयोग नगरे धेरै कृषकले आत्महत्या गर्ने चेतावनी दिएका छन् । डेमिसिन राष्ट्रिय सभाका सदस्य र संसदको बित्त समितिका सदस्यसमेत हुन् । उनले किसानहरु ठूलो आर्थिक संकटमा परेकोले तिनलाई आर्थिक सहयोग नगरे यो स्थिति आउने चेतावनी दिएका हुन् । यो क्षेत्रले धेरै वर्षदेखि गम्भिर आर्थिक संकट ब्यहोर्दै आएको उल्लेख गर्दै “यो पेशाप्रति कृषकहरुको चाख र धैर्यताको सिमा अन्तिम अवस्थामा पुगिसकेको” बताएका छन् ।

फ्रान्सेली कृषकहरुको सामुहिक संस्था मुचुआलिते सोसियल एर्ग्रिकोल (एम एस ए) को तथ्यांकका अनुसार गम्भिर आर्थिक संकटकै कारण सन् २०१५ मा हरेक दिन एक भन्दा बढी किसानले आत्महत्या गरेका छन् । यसरि आत्महत्या गर्ने कृषकको संख्या सन् २०१५ मा ३७२ जना थिए । कृषिमा काम गर्ने अन्य मजदुरसमेत जोड्दा आत्महत्या गर्नेको संख्या ६०५ पुगेको थियो । ति मध्ये १०९ महिला र ४९६ पुरुष हुन् ।

आर्थिक अध्ययन तथा तथ्यांक विभाग (आइ एन एस ईई) का अनुसार सन् २०१६ मा फ्रान्समा चार लाख ३७ हजार चार सय कृषी फार्म थिए । गएको ३० वर्षमा ति फार्मको संख्या आधा भन्दा बढिले घटेको छ ।

आत्महत्याको तथ्यांक राख्ने निकाय नेशनल सुइसाईड अब्जरभेटोरीले आत्महत्या गर्ने सामान्य नागरिकहरुको तुलनामा कृषकहरुको संख्या उच्च रहेको गत जुनमै सार्वजनिक गरेको थियो । एलआरईएमका अनुसार कृषकहरुले धेरै खाले कठिनाईको सामना गर्नुपर्‍यो । त्यसले तिनको पेशामा असन्तुस्टि बढायो । “कृषीका लगानीकर्तालाई धेरै खाले कठिनाईको सामना गर्दागर्दै अपृय निर्णय लिन बाध्य बनाउँछ” डिसेम्बर एक का दिन राष्ट्रपतीको पार्टी एल आर इ एमका डेपुटी ओलिभिय डेमिसिनले कृषीमन्त्री जुलियँ डेनोरमन्दीलाई बुझाएको रिपोर्टमा उल्लेख छ ।

यो घटना धेरै वर्षदेखि चल्दै आएको छ । किसानहरू पीडित भएका रिपोर्टहरुको थुप्रो लागेको छ । ति मध्ये एक हुन् फ्रान्सको भियन गाउँमा खसिबोका प्रजनन फार्म चलाएका गियोम प्वानो । उनले फ्रान्स ३ टिभीलाई अन्तर्वार्ता दिने क्रममा भावुक हुँदै भने “सन् २०३० सम्म म केवल ऋण चुक्ता गर्नकै लागि काम गरिरहने छु” । आर्थिक कठिनाइहरूको कारण उनको प्रजनन ब्यवशाय हाल टाट पल्टिनबाट जोगाउने सरकारी पद्दतीमा दर्ता गराएका छन् ।

प्रजनन ब्यवशायलाई बदलेर प्वानोले भेडा पालनतिर परिवर्तन गराएका छन् । तर सफल हुनेनहुने टुंगो छैन । बढ्दो आर्थिक संकटले फ्रान्सेली कृषकहरुलाई दोषी साबित गरिरहेको छ । बैंकबाट ऋण लिएकाहरुलाई बैंकले कर्जा तिर्न ताकेता गरिरहेको छ । तर आर्थिक संकटले गर्दा कर्जा तिर्नु त परै जाओस तिनको खर्चपनि उठ्न सकेको छैन । बिक्रि गर्न चाहनेको फार्म बिक्रि हुन्न । यता घाटा पर्‍यो भनेर पालिएका पशु सडकमा खेदेर छोड्न पाइन्न । दाना, घाँस, हेरचाह र स्वास्थ्यको मूल्य यति बढ्यो कि पशुपालनबाट फाईदा हुनै छाड्यो । आर्थिक अवस्था र रोजगारी खस्किने तर महँगी बढ्दै जाँदा मासु खानेको संख्यापनि घट्न थाल्यो । युरोपेली युनियनको खुला आवतजावतले अन्य मुलुकबाट सस्तो उत्पादन भित्रिँदै गयो । तर वस्तुको मूल्य र जनशक्ति भने झन महँगिँदै गयो । “कतिपय अवस्थामा त खर्चनै उठ्न नसक्ने अवस्था भैसकेको छ” गियोम भन्छन् ।

कृषकका यि ब्यापक समस्याले गर्दा फ्रान्समा कृषी फार्मको संख्या घट्दै गएको छ । यसले राज्यलाई मात्रै चिन्ता बढाएको छैन कि कृषकहरुलाई झनै पिरोलेको छ । किनभने वर्षौं काम गरेका, यहि क्षेत्रमा लगानी गरेका र अनुभव भएका कृषकको अन्त जाने ठाउँ छैन । अर्को पेशा अँगाल्न सिपपनि छैन । कृषीमा डुबेको ऋण तिर्न नसक्दा बैंकले कालो सूचीमा राख्नाले अर्को कुनै पेशा गर्दा बैंकले ऋणपनि दिन्न ।

आत्महत्या गर्ने कृषकको संख्या सन् २०१५ मा ३७२ जना थिए । कृषिमा काम गर्ने अन्य मजदुरसमेत जोड्दा आत्महत्या गर्नेको संख्या ६०५ पुगेको थियो । ति मध्ये १०९ महिला र ४९६ पुरुष हुन् ।

आर्थिक अध्ययन तथा तथ्यांक विभाग (आइ एन एस ईई) का अनुसार सन् २०१६ मा फ्रान्समा चार लाख ३७ हजार चार सय कृषी फार्म थिए । गएको ३० वर्षमा ति फार्मको संख्या आधा भन्दा बढिले घटेको छ ।

photo-Ici.fr

“अप्ठ्यारो सर्वप्रथम केबाट आयो भने हामी सजाय पाएका मानिसहरुले जस्तो काम गर्छौं । तर तलब पाउँदैनौं । आज मेरो जागिरले मेरो जीविका चलाउँदैन” गियोम भन्छन् ” हामी कडा मेहनत गर्छौं । किनकि हामी यो पेशालाइ माया र प्रेम गर्छौं । हाम्रो भावना कृषिसित गाँसिएको छ । तर काम गर्ने आकांक्षाकोपनि सीमा हुन्छ । यदि चरम अप्ठेरोको सीमासम्म काम गर्न पर्‍योभने आत्महत्या गर्ने हो । धेरै साथीहरूले आत्महत्या गरिसकेका छन् ।”

यस अवस्थालाई रोकथाम गर्न २०११ देखि आत्महत्या बिरूद्ध एक राष्ट्रिय कार्ययोजना ल्याइएको थियो । बहुआयामिक रोकथाम एकाईहरूको स्थापना “आजिर एकुत (समस्या सुनेर समाधानकालागि कार्य गर्ने) कार्यक्रमको विकास । एमएसए द्वारा स्थापित पछिल्लो सेवा लाई २४ सै घण्टा खुला राखिएको छ । जोखिममा पर्ने किसानहरू आफ्नो जीवन समाप्त गर्नुअघि आफ्नो समस्या बताउन सक्छन् र तिनको समस्या पत्ता लगाएर सहयोगको भूमिका खेलिन्छ । तैपनि यो उहि सुन्ने र रिपोर्ट तयार पार्ने जस्तो देखिएको छ । केहि सुधारका काम गरेपनि क्रिषकका वास्तबिक समस्या समाधान गर्न सफल देखिएको छैन ।

किनकी हामी यहाँको पद्दतीको शिकार भएका छौं । हामी यो अवस्थामा आइपुगेको हाम्रो कारणले होइन । यस्तै गलत पद्दतीले काम गरेको छ ।”

सन् २०१५ मा आत्महत्या गर्नु अघि सहयोग मागेर फोन गर्ने किसानको संख्या १,२१९ थियो । सन् २०१६ मा त्यो संख्या बढेर २,६६४ पुग्यो । यस्तो आँकडा पेश गरेका सांसद हेनरी काबनेलले यसरि सहयोग गर्ने कार्यक्रम ल्याउँदापनि आत्महत्या भैरहेको बताउँदै कृषकलाई सहयोग गर्ने काम अझै कडाईकासाथ प्रभावकारि पार्नुपर्ने बताएका छन् ।

गियोम प्वानोको दिमाखमा कालो बिचार नआएको होइन । तर उनले त्यस्तो बाटो रोजेनन् । “आफूले आफैंलाई समाप्त पार्ने आत्मघाति बाटो रोजिन “उनले भने “मैले आफैंमाथि त्यस्तो गर्नुपर्ने अवस्थामा म केहि ब्यक्तिमाथि आक्रमण गर्ने थिएँ । किनकी हामी यहाँको पद्दतीको शिकार भएका छौं । हामी यो अवस्थामा आइपुगेको हाम्रो कारणले होइन । यस्तै गलत पद्दतीले काम गरेको छ ।”

आफ्नो प्रतिवेदनमा सांसद ओलिभिय डेमिसिनले कृषि क्षेत्रको अवस्था सुधार गर्नका लागि धेरै सिफारिस गरेका छन् । उनले कठिनाईमा परेका किसानको पहिचान गरि कृषकहरुलाई सहयोग गर्न खोलिएका संस्था परिचालन गर्न संयोजकहरुलाई प्रस्ताव गरेका छन् । किसानलाई तालिम दिन, विरामी वा मानसिक रुपमा तनाबमा पुगेकाको स्थिति पत्ता लगाउन, बिभिन्न तालिम दिएर तिनलाई सकारात्मक सोच र कर्मठ बनाउने, आत्महत्याको जोखिम पत्ता लगाउने र संकटमा पुगेको संरचनामा सहयोग पुर्‍याउने कार्यक्रम दिन सुझाव दिएका छन् ।

कृषकहरुको समस्याको जड आर्थिक कारण हो । तिनका समस्या सुन्ने संस्था र ब्यक्तिको भिड जम्मा गरेर मात्रै समस्याको समाधान हुने देखिन्न । भियन ग्रामिण समन्वय संघका अध्यक्षसमेत रहेका गियोम प्वानो भन्छन् “मान्छे एकान्तिक बन्नु, मानसिक तनावमा पुग्नुको कारण आर्थिक, ब्यक्तिगत वा एकांकिपनसँग संवन्धित भएपनि किसानहरु अप्ठेरोमा परेको र असहज परिस्थिति बनेको वर्षौं भैसक्यो । तर संवन्धित निकायले बुझेन । अब भने तिनको बोली चर्किँदै गएको छ” गियोमले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक